काठमाडौं। हटी नटी अनुपम श्रेष्ठ नेपालकी चर्चित व्युटिसियन, कलाकार तथा ट्रान्स जेन्डर समुदायकी प्रेरणादायी व्यक्तित्व हुन्। सौन्दर्यकला, फेसन र मनोरञ्जन क्षेत्रमार्फत उनले आफ्नो अलग पहिचान स्थापित गरेकी छन्।
अनुपम श्रेष्ठले व्युटी तथा मेकअपको क्षेत्रमा दक्षता हासिल गदैंगर्दा धेरै व्यक्तिहरूलाई सौन्दर्य सेवामार्फत आकर्षित गरेकी छन्। उनले विभिन्न सांस्कृतिक, सामाजिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएकी छन्। आफ्नो प्रतिभा, आत्मविश्वास र संघर्षशील जीवनयात्राका कारण उनी ट्रान्स जेन्डर समुदायका लागि प्रेरणाको स्रोत बनेकी हुन्।
समाजमा अझै पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति विद्यमान विभेद र पूर्वाग्रहका बीच अनुपम श्रेष्ठले आफ्नो पहिचानलाई गर्वका साथ स्थापित गर्दै समानता, सम्मान र मानव अधिकारको पक्षमा आवाज उठाउँदै आएकी छन्। उनको जीवनकथा केवल व्यक्तिगत सफलताको कथा मात्र नभई विविधता र समावेशिताको सन्देश पनि हो।
कलात्मक व्यक्तित्व, सौन्दर्य व्यवसायप्रतिको समर्पण र सामाजिक चेतनाका कारण अनुपम श्रेष्ठ आज धेरै युवापुस्ताका लागि प्रेरणादायी नाम बनेकी छन्। उनले आफ्नो मेहनत, सिर्जनशीलता र सकारात्मक सोचमार्फत समाजमा ट्रान्स जेन्डर समुदायको सम्मानजनक उपस्थितिलाई थप बलियो बनाउने काम गरिरहेकी छन्।
आफ्नो पहिचानलाई स्वीकार गर्दै आत्मविश्वासका साथ अघि बढ्नु नै सफलताको पहिलो खुड्किलो हो भन्ने सन्देश अनुपम श्रेष्ठको जीवनयात्राले प्रस्तुत गर्ने गरेको छ। जुन उनको खुबी र दक्षता हो। यतिखेर ४० बर्षको शुभजन्मोत्सवले पनि अनुपमको जीवनयात्राले अनुपम नै बनाएको छ।
४० बर्षको शुभ–जन्मोत्सवको अवसरमा विश्वविख्यात नेपाली फोटोग्राफर तथा फ्रेमर च्याङ्बा लामाले सुस्वास्थ्य, दिर्घायुको कामना सहित बधाई अनि शुभकामना भनेका छन्। लामाको अनुपमसंग धेरै पुरानो चिनाजानी हो। लामाले अनुपम ट्रान्स जेन्डर समुदायकै अनुपम नै हो भनेर अनुपमको ४० औं शुभजन्मोत्सवको अवसरमा खुशी व्यक्त गरेका छन्। उनको सुस्वास्थ्य, दिर्घायु र सफलताको लागि भगवानसंग प्रार्थना गरेको भनेका छन्।
प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३ ०८:२६