Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • किन एमालेभित्रको दोहोरी रोचक बन्दै छ ?
किन एमालेभित्रको दोहोरी रोचक बन्दै छ ? दोहोरीको अन्त्य कहिले ?
विदुर कटुवाल
विदुर कटुवाल आइतबार, साउन ३१, २०८३

काठमाडौं । नेकपा एमालेभित्र यतिबेला देखिएको राजनीतिक दोहोरी सामान्य असन्तुष्टि वा नेतृत्व परिवर्तनको बहसमा मात्रै सीमित छैन । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछाड्ने स्पष्ट सन्देश दिइरहेका छन् भने महासचिव शंकर पोखरेलसहितका नेताहरूले वर्तमान राजनीतिक संकटको जिम्मेवारी र सरकारको कार्यक्षमतामाथि प्रश्न उठाइरहेका छन् । यही विरोधाभासले एमालेभित्रको आन्तरिक संघर्षलाई थप रोचक बनाएको छ । 

अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्ति हेर्दा उनी नेतृत्वमाथि उठेको प्रश्नलाई सामान्य राजनीतिक बहसका रूपमा स्वीकार गर्ने पक्षमा छैनन् । इलाम पुगेर उनले पार्टी कार्यालयको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने कुरा गर्नु ‘मजाक’ भएको टिप्पणी गरे । नेतृत्व परिवर्तनको माग गर्नेहरूलाई अनुशासनको दायरामा बस्न चेतावनी दिँदै उनले पार्टीमा बस्ने हो भने पार्टीको नीति, विधि र अनुशासन मान्नुपर्ने बताए । 

ओलीको सन्देश स्पष्ट छ–नेतृत्वमाथि प्रश्न उठाउन पाइँदैन भन्ने होइन, तर पार्टीको विधि र संस्थागत प्रक्रियाभन्दा बाहिर गएर नेतृत्व हटाउने अभियान चलाउन पाइँदैन । उनले आफू अर्को महाधिवेशनसम्मका लागि कार्यकर्ताबाट अत्यधिक मतसहित निर्वाचित भएको स्मरण गराउँदै नेतृत्व छाड्ने कुनै संकेत पनि दिएका छैनन् । बरु केन्द्रीय कमिटी बैठकपछि पार्टीलाई अझ दृढ अनुशासनका साथ अघि बढाउने घोषणा गरेका छन् । 

तर यही बेला एमालेका महासचिव शंकर पोखरेलको अभिव्यक्तिले पार्टीभित्रको अर्को पक्ष देखाउँछ । पोखरेलले हिजो जुन समस्या देखाएर नेतृत्व बदल्न खोजिएको थियो, ती समस्या आज किन समाधान भएनन् ?’ भन्ने प्रश्न उठाएका छन् । सडकका खाल्डा, सार्वजनिक सेवामा लामो लाइन, मलको अभाव र विदेशिने युवाको लर्कोलाई राजनीतिक परिवर्तनको आधार बनाइए पनि सत्तामा पुगेपछि न्यूनतम कार्यक्षमता देखाउन नसकिएको उनको टिप्पणी छ । 

यो अभिव्यक्ति केवल सरकारको आलोचना होइन । यसको राजनीतिक अर्थ अझ गहिरो छ । किनकि नेतृत्व परिवर्तनको बहस चलिरहेको पार्टीका महासचिवले नै वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि सार्वजनिक गरिरहेका छन् । उनले भूराजनीतिक असन्तुलन, असुरक्षा, साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलबली र बढ्दो निराशाको विषय उठाएका छन् । अर्थात्, पोखरेलले समस्या केवल सरकार सञ्चालनको कमजोरीमा होइन, समग्र राजनीतिक दिशामै रहेको संकेत गरेका छन् । 

यहीँबाट एमालेभित्रको दोहोरी रोचक बन्छ । ओलीको प्रश्न छ–अध्यक्ष हटाउने अधिकार कसले दियो ? पोखरेलको प्रश्न छ–हिजो देखाइएका समस्या आज किन समाधान भएनन् ?

दुवै प्रश्नको लक्ष्य फरक देखिए पनि केन्द्रमा एउटै विषय छ–एमाले अब कुन दिशामा जाने ? 

नेतृत्वको प्रश्न कि कार्यक्षमताको ? 

एमालेभित्रको अहिलेको बहसलाई केवल ‘ओली हटाउने कि नहटाउने’ भनेर बुझ्नु अपूरो हुन्छ । यसको पछाडि पार्टीको भावी नेतृत्व, संगठनात्मक शक्ति, आगामी निर्वाचनको रणनीति र जनतामा पार्टीको विश्वसनीयताको प्रश्न जोडिएको छ । 

ओली पक्षका लागि अहिले सबैभन्दा ठूलो चुनौती पार्टीलाई विभाजन वा नेतृत्वविरोधी ध्रुवीकरणबाट जोगाउनु हो । त्यसैले ओलीले अनुशासनको प्रश्नलाई अगाडि सारेका छन् । उनका लागि पार्टीभित्रको असन्तुष्टि यदि संस्थागत प्रक्रियाबाट बाहिर जान थाल्यो भने त्यो नेतृत्वविरुद्धको मात्र नभई संगठनकै संकट बन्न सक्छ । 

तर असन्तुष्ट पक्षका लागि अर्को तर्क छ–पार्टीको अनुशासनको नाममा नेतृत्वमाथि प्रश्न गर्नै नपाइने हो भने राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रको अर्थ के रहन्छ ?

यही प्रश्न एमालेभित्र विस्तारै ठूलो हुँदै गएको देखिन्छ । ओलीले ‘मनपरितन्त्र चल्दैन’ भनेका छन् । असन्तुष्ट पक्षले सम्भवतः त्यसैको अर्को अर्थ लगाउन सक्छ–एक व्यक्तिको नेतृत्वलाई चुनौती दिन नपाइने व्यवस्था पनि त मनपरितन्त्रकै अर्को रूप हुन सक्छ । 

त्यसैले एमालेभित्रको आगामी बहस अनुशासन बनाम अराजकताको मात्रै होइन, अनुशासन र आन्तरिक लोकतन्त्रको सीमारेखा कहाँ हो ? भन्ने प्रश्नमा समेत केन्द्रित हुनेछ । 

पोखरेलको पोस्ट किन अर्थपूर्ण छ ? 

एमालेका महासचिव पोखरेल पार्टीको सामान्य नेता होइनन् । उनी संगठन सञ्चालनको महत्वपूर्ण जिम्मेवारीमा छन् ।  त्यसैले उनले सार्वजनिक रूपमा उठाएका प्रश्नलाई व्यक्तिगत असन्तुष्टि भनेर मात्र खारेज गर्न सजिलो छैन । 

विशेषगरी ‘हिजो जुन समस्या देखाएर नेतृत्व बदल्न खोजिएको थियो’ भन्ने वाक्य आफैंमा राजनीतिक रूपमा अर्थपूर्ण छ । यसले विगतको नेतृत्व परिवर्तनको बहसलाई वर्तमान सरकारको कार्यक्षमतासँग जोडेको छ । उनको प्रश्नले एउटा राजनीतिक विरोधाभास देखाउँछ–जुन समस्यालाई परिवर्तनको औचित्य प्रमाणित गर्न प्रयोग गरियो, सत्ता परिवर्तनपछि पनि ती समस्या उस्तै रहे भने परिवर्तनको उपलब्धि के भयो ? 

पोखरेलले त्यसको समाधानका लागि आर्थिक सबलीकरण, दैनिक समस्याको समाधानसँगै दीर्घकालीन विकास, सहमति–सहकार्यको राजनीति तथा संविधान र कानुनको पालना गर्नुपर्ने सुझाव दिएका छन् । 

तर प्रश्न यहाँ पनि उठ्छ–यी सुझाव वर्तमान सत्ताप्रति लक्षित हुन् कि आफ्नै पार्टी नेतृत्वप्रति ? यही अस्पष्टताले उनको अभिव्यक्तिलाई थप राजनीतिक बनाएको छ । 

ओलीको चेतावनी र पोखरेलको प्रश्न

ओलीले असन्तुष्टिलाई अनुशासनको भाषामा सम्बोधन गरेका छन् । पोखरेलले भने असन्तुष्टिलाई समस्याको कारण र समाधान खोज्ने भाषामा प्रस्तुत गरेका छन् । 

ओली भन्छन्–पार्टीमा बस्ने हो भने पार्टीको अनुशासन मान्नुपर्छ । पोखरेल भन्छन्–हिजो देखाएर नेतृत्व बदलिएको समस्या आज किन समाधान भएन ? यी दुई भनाइ एउटै पार्टीका शीर्ष नेताबाट आएका हुन् । त्यसैले एमालेभित्रको राजनीतिक दूरी कति छ भन्ने अनुमान गर्न यति नै काफी हुन्छ । 

तर यसलाई तत्कालै ओलीविरुद्ध खुलेको विद्रोह मान्नु पनि हतार हुनेछ । पोखरेलले प्रत्यक्ष रूपमा ओलीको राजीनामा मागेका छैनन् । बरु सरकारको कार्यक्षमता, राजनीतिक सहमति र राष्ट्रिय संकटको समाधानमा जोड दिएका छन् । 

त्यसैले अहिलेको अवस्था खुला विद्रोहभन्दा बढी दबाबको राजनीति जस्तो देखिन्छ । 

अब निर्णायक मोड कहाँ ? 

एमालेको आगामी केन्द्रीय कमिटी बैठकले धेरै प्रश्नको दिशा तय गर्न सक्छ । ओलीले बैठकपछि पार्टीलाई ‘दृढ अनुशासन’का साथ अघि बढाउने बताएका छन् । त्यसको अर्थ असन्तुष्ट नेताहरूलाई संस्थागत रूपमा जवाफ दिने तयारी पनि हुन सक्छ ।
तर त्यसले समस्या समाधान गर्छ कि झन् बढाउँछ भन्ने मुख्य प्रश्न हो । 

यदि नेतृत्वले असन्तुष्ट आवाजलाई केवल अनुशासनहीनता भनेर कारबाहीको बाटो रोज्यो भने असन्तुष्टि भूमिगत हुन सक्छ । र, यदि नेतृत्वले प्रश्नहरूलाई राजनीतिक बहसको रूपमा स्वीकार गर्‍यो भने एमालेभित्र नेतृत्व, नीति र भविष्यबारे नयाँ संवाद सुरु हुन सक्छ । अहिले एमालेले रोज्नुपर्ने बाटो यही दुईमध्ये एक हो । 

किनकि पार्टीभित्रको असन्तुष्टि केवल केही नेताको व्यक्तिगत महत्वाकांक्षा हो भने त्यसको राजनीतिक औचित्य कमजोर हुन्छ । तर असन्तुष्टिको पछाडि संगठन, सरकार र जनतासँग जोडिएका वास्तविक प्रश्न छन् भने त्यसलाई अनुशासनको डण्डाले मात्र समाधान गर्न सकिँदैन । 

दोहोरीको अन्त्य कहिले ?

एमालेभित्र अहिले दुईवटा कथा एकसाथ चलिरहेका छन् । पहिलो कथा–ओली निर्वाचित अध्यक्ष हुन्, महाधिवेशनसम्म नेतृत्व परिवर्तनको खेल स्वीकार्य छैन । दोस्रो कथा–नेतृत्वको वैधानिकता आफ्नो ठाउँमा छ, तर राजनीतिक कार्यक्षमता र जनविश्वासको प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । 

यी दुई कथाबीचको टकराव नै एमालेभित्रको आगामी राजनीतिक संघर्षको आधार बन्न सक्छ । ओलीले नेतृत्व छाड्दिनँ भनेका छन् । असन्तुष्ट पक्षले नेतृत्वमाथि प्रश्न उठाउन थालेको छ । महासचिवले सरकार र वर्तमान राजनीतिक अवस्थामाथि प्रश्न गरेका छन् । उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरूले पनि नेतृत्वको विकल्प खोज्नुपर्ने बहसमा आफूलाई जोडिरहेका छन् । 

यसको अर्थ एमालेभित्रको दोहोरी अब क्यान्टिनको टेबलमा सीमित रहने सम्भावना कम हुँदै गएको छ । अब त्यो बहस केन्द्रीय कमिटी, संगठन र अन्ततः महाधिवेशनको राजनीतिक मैदानमा पुग्नेछ । त्यसैले प्रश्न अहिले ‘ओली हट्छन् कि हट्दैनन् ?’ मात्र होइन । 

ठूलो प्रश्न हो–ओली नेतृत्वमा एमाले पुरानै ढाँचामा अघि बढ्छ कि एमालेभित्रै नयाँ नेतृत्व, नयाँ कार्यशैली र नयाँ राजनीतिक दिशाको खोजी सुरु हुन्छ ? यही प्रश्नको उत्तर खोज्दै एमालेभित्रको दोहोरी अझै केही समय चल्ने देखिन्छ । अन्त्य हुने सम्भावना छैन् । 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  ०७:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता शुक्रबार, असोज ९, २०८३
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ?
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ? बुधबार, असोज ७, २०८३
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार मंगलबार, असोज ६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ रूम नं १९४
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्