Top Navigation
  • Contact
Main Navigation
बिहीबार, भदौ ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, भदौ ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै आफ्नै नागरिकको पीडासँग विमुख भएको शासक
विदुर कटुवाल
विदुर कटुवाल सोमबार, असार २९, २०८३

काठमाडाैं । दुई तिहाइको सरकारसँग शक्ति छ । संसदमा बहुमत छ । राज्यका सबै संयन्त्र हातमा छन् । तर संकटका बेला उसले देखाएको अनुहार भने असहाय होइन, गैरजिम्मेवार देखिन थालेको छ । 

सुकुम्बासीको झुपडीमा डोजर चलाउन सरकारलाई केही घण्टा लागेन । तर उनीहरूलाई बस्ने ठाउँ खोज्न महिनौँ बितिसक्दा पनि योजना भेटिएन । घर भत्काउन राज्यसँग एक्साभेटर थियो, तर विकल्प दिन नक्सा थिएन । यही नै अहिलेको शासनको वास्तविक अनुहार हो । 

राज्यले नागरिकलाई घरविहीन बनायो । त्यसपछि त्यही नागरिकलाई फकाउन आधा दर्जन मन्त्री खरिपाटी पुगेका छन् । कुनै बेला होल्डिङ सेन्टरमा सबै व्यवस्था छ भन्दै टेलिभिजनका पर्दामा हाँसिरहेका मन्त्रीहरू अहिले तिनै पीडितका सामु हात जोडिरहेका छन् । यो पश्चात्ताप होइन, असफलताको सार्वजनिक स्वीकारोक्ति हो । 

सरकारले सुकुम्बासीलाई फेरि उही पुरानो सपना बेच्न खोजेको छ–लालपूर्जा आउँछ । तर प्रश्न उही छकहाँको लालपूर्जा ? कुन जग्गाको ? कहिले ? कसलाई ? सरकारसँग उत्तर छैन । आश्वासन छ, आधार छैन । 

यसबीच एउटा युवा गणेश नेपालीले आत्मदाह गरे । त्यो घटना केवल एउटा व्यक्तिको मृत्यु थिएन, राज्यप्रति नागरिकको चरम निराशाको विस्फोट थियो । आत्मदाह कुनै सामान्य विरोध होइन, शासनप्रतिको सबैभन्दा पीडादायी अभियोग हो । तर सरकारको संवेदना औपचारिक वक्तव्यभन्दा माथि उठ्न सकेन । न आत्मसमीक्षा भयो, न जिम्मेवारीबोध । 

यति गम्भीर परिस्थिति हुँदा पनि प्रधानमन्त्री र सत्तारूढ दलका शीर्ष नेता सार्वजनिक रूपमा मौन बस्नु आफैंमा राजनीतिक सन्देश हो । संकटका बेला नेतृत्व नागरिकसँग उभिन्छ । यहाँ नेतृत्व भने पर्दाभित्र चार घण्टा बैठक गरेर बसेको खबर सार्वजनिक हुन्छ, तर जनताले सुन्ने गरी एउटा स्पष्ट शब्द पनि बोल्दैन । लोकतन्त्रमा बन्द कोठाको राजनीति भन्दा खुला उत्तरदायित्व ठूलो हुन्छ । 

सरकारले अहिले अपनाएको शैली हेर्दा एउटा खतरनाक प्रवृत्ति देखिन्छ । कमजोर नागरिकमाथि राज्य बलियो देखिन्छ, तर समस्या समाधानमा भने असाध्यै कमजोर ।  झुपडी भत्काउन साहस देखाउने सरकार पुनःस्थापनामा किन निरीह बन्छ ? डोजर चलाउन सजिलो, नीति बनाउन गाह्रो भएकै हो ? 

सत्तामा पुगेपछि धेरै नयाँ अनुहार पुराना सरकारकै बानीमा ढल्किएका छन् । फरक केवल भाषणको शैली हो, शासनको चरित्र होइन । चुनावअघि जनताको सरकार भन्नेहरू आज जनताकै आक्रोशबाट जोगिन सुरक्षाको घेरा खोजिरहेका छन् । परिवर्तनको राजनीति गर्नेहरूले पुरानै सत्ताको भाषा बोल्न थालेपछि नागरिकको निराशा स्वाभाविक हुन्छ । 

सरकारका सचिवालय र मन्त्रीका सहयोगीमाथि पत्रकारलाई समाचार संकलन गर्न अवरोध गरेको, मानवअधिकारकर्मीप्रति असहिष्णु व्यवहार देखाएको आरोप पनि गम्भीर छन् ।  आलोचना सुन्न नसक्ने सरकार अन्ततः आफ्नै प्रशंसामा सीमित हुन्छ । लोकतन्त्रमा सूचना रोक्ने प्रवृत्ति सधैँ कमजोर शासनको लक्षण मानिन्छ । 

प्रधानमन्त्रीको मौनता झन् अर्थपूर्ण देखिन्छ ।  जनताको घर भत्किँदा, आत्मदाहका घटना भइरहँदा, महँगीले निम्न वर्ग थिचिँदा र सडकमा आक्रोश बढिरहँदा नेतृत्व सार्वजनिक रूपमा अनुपस्थित हुनु केवल सञ्चारको कमजोरी होइन, राजनीतिक नेतृत्वकै संकट हो । 

आज सरकारसँग एउटा विकल्प छ–गल्ती स्वीकार गरेर समाधानको बाटो समात्ने । तर यदि यही शैली जारी रह्यो भने डोजरले भत्किएका झुपडीभन्दा ठूलो क्षति सरकारको विश्वसनीयतामा हुनेछ । जनताको भरोसा एक पटक भत्किएपछि त्यो कुनै मन्त्रीको सान्त्वना, कुनै आश्वासन वा कुनै गोप्य बैठकले पुनः निर्माण गर्न सक्दैन ।

जनताले सरकारलाई शासन गर्न म्यान्डेट दिएका हुन्, मौन बस्न होइन । सुकुम्बासीलाई घरविहीन बनाउने, आत्मदाहका घटनालाई औपचारिकतामा सीमित गर्ने र त्यसपछि मन्त्रीहरूलाई हात जोड्न पठाउने शैलीले राज्य बलियो होइन, दिशाहीन देखिन्छ । 

सत्ता टिकाउने आधार प्रहरी, डोजर वा बहुमत होइन । जनताको विश्वास हो । त्यो विश्वास अहिले चर्को दरले क्षय भइरहेको छ । सरकार अझै पनि मौन रहने हो भने इतिहासले यसलाई सुधारको अवसर गुमाएको मात्र होइन, आफ्नै नागरिकको पीडासँग विमुख भएको शासनका रूपमा दर्ज गर्नेछ । प्रधानमन्त्री बालेन्द्र शाह उर्फ बालेन आफ्नै नागरिकको पीडासँग विमुख हुने शासक हुनेछन् । 

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  ०८:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
देउवा कांग्रेसको धर्मनिरपेक्षतासम्बन्धी धारणा बदल्ने संकेतः सहि की गलत ? 
देउवा कांग्रेसको धर्मनिरपेक्षतासम्बन्धी धारणा बदल्ने संकेतः सहि की गलत ?  सोमबार, भदौ १, २०८३
किन एमालेभित्रको दोहोरी रोचक बन्दै छ ?
किन एमालेभित्रको दोहोरी रोचक बन्दै छ ? आइतबार, साउन ३१, २०८३
देउवाकाे वक्तव्य र मन्तव्यकाे सन्देश के हाे ?
देउवाकाे वक्तव्य र मन्तव्यकाे सन्देश के हाे ? शुक्रबार, साउन २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि
  • नंः २ प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
  • नंः ३ प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
  • नंः ४ किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
  • नंः ५ बागमती प्रदेश मुख्यमन्त्रीको सपथ ग्रहण
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्