Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
विदुर कटुवाल
विदुर कटुवाल बुधबार, असार ३१, २०८३

काठमाडाैं । लोकतन्त्रको वास्तविक शक्ति संसद्, सरकार वा अदालतमा मात्र सीमित हुँदैन । यसको सबैभन्दा जीवन्त आधार स्वतन्त्र प्रेस हो । नागरिकको आवाज राज्यसम्म पुर्‍याउने, सत्तालाई प्रश्न गर्ने, भ्रष्टाचार उजागर गर्ने र सरकारलाई जनताप्रति उत्तरदायी बनाउने काम सञ्चारमाध्यमले गर्छ । त्यसैले प्रेस स्वतन्त्रता कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । पछिल्ला दिन भएका घटनाक्रमले नेपालमा यही लोकतान्त्रिक आधारमाथि प्रहार भइरहेको गम्भीर संकेत दिएका छन् । 

केही दिन अघि मात्र हिमालय टेलिभिजन, कान्तिपुर मिडिया ग्रुप र अनलाइनखबरका कार्यालयको मूलगेट नै अवरुद्ध हुने गरी शंकास्पद रूपमा गाडी पार्किङ गरिनु सामान्य ट्राफिक उल्लङ्घन होइन ।  यो एउटा प्रतीकात्मक सन्देश थियो–सरकारलाई धेरै प्रश्न नगर, नत्र परिणाम भोग्नुपर्छ । झन् सुकुमवासीमाथिको व्यवहार र गणेश नेपालीको आत्मदाहजस्ता संवेदनशील विषयमा सरकारमाथि लगातार प्रश्न उठिरहेका बेला यस्तो घटना हुनु र त्यसपछि प्रहरी प्रशासनले देखाएको निष्क्रियताले राज्य संयन्त्रमाथि नै गम्भीर शंका जन्माएको छ । 

घटनाभन्दा अझ खतरनाक सरकारको प्रतिक्रिया देखियो । प्रहरीलाई बिहानै सूचना दिइयो । तर घण्टौँसम्म गाडी हटाइएन । सञ्चारगृहले आफैँ क्रेन बोलाएर हटाउनुपर्‍यो । अन्ततः घटना केवल अवैध पार्किङमा सीमित गरियो र पाँच सय रुपैयाँ जरिवाना तिराएर गाडी छाडियो । यदि यो केवल पार्किङ थियो भने देशका सबै नागरिकले यस्तै सुविधा पाउँछन् त ? यदि यो नियोजित थिएन भने अनुसन्धान किन भएन ? यिनै प्रश्नले सरकारको नियतमाथि शंका जन्माएको हो । 

लोकतन्त्रमा सरकारको पहिलो दायित्व आलोचना सहनु हो । आलोचनाबाट भाग्ने, आलोचकलाई तर्साउने वा मौन बनाउने सरकार लोकतान्त्रिक हुन सक्दैन । लोकतन्त्रमा पत्रकार सरकारका शत्रु होइनन् । उनीहरू जनताका प्रतिनिधि हुन् । पत्रकारले उठाएका प्रश्न सरकारलाई अप्ठ्यारो लाग्न सक्छन्, तर त्यसको उत्तर तथ्य र कामबाट दिनुपर्छ, त्रास र दबाबबाट होइन । 

यस घटनामा नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रेस युनियन, प्रेस चौतारीलगायत विभिन्न सञ्चारसम्बद्ध संस्थाले प्रेस स्वतन्त्रतामाथिको हमला भएको बताएका छन् । विभिन्न राजनीतिक दलहरूले समेत घटनाको भर्त्सना गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् । यति व्यापक रूपमा उठेको चिन्तालाई सरकारले सामान्य राजनीतिक टिप्पणी भनेर बेवास्ता गर्न मिल्दैन । 

सरकारमाथि उठेका प्रश्न केवल गाडी पार्किङका होइनन् । प्रश्न राज्यको चरित्रका हुन् । नागरिकले सरकारलाई प्रश्न गर्न पाउने कि नपाउने ?  सञ्चारमाध्यमले सत्ता र प्रशासनमाथि निगरानी राख्न पाउने कि नपाउने ? यदि प्रश्न गर्ने अधिकारलाई नै त्रासको वातावरण बनाएर नियन्त्रण गर्न खोजिन्छ भने संविधानमा लेखिएको प्रेस स्वतन्त्रता कागजको अक्षरमा मात्र सीमित हुनेछ । 

अझ चिन्ताको विषय, प्रहरीले अनुसन्धानमा चासो नदिएको, माथिल्लो तहबाट निर्देशन नआएको भन्दै प्रक्रिया अघि नबढाएको र सम्बन्धित सवारीका विवरण पत्ता लगाउने काममा समेत अस्वाभाविक ढिलाइ भएको विवरण सार्वजनिक भएको छ । यस्ता घटनाले राज्य संयन्त्र निष्पक्ष कानुनी संस्थाभन्दा पनि राजनीतिक प्रभावमा चलिरहेको हो कि भन्ने आशंका पैदा गर्छ । लोकतन्त्रमा यस्तो सन्देश अत्यन्त घातक हुन्छ । 

गणेश नेपालीको आत्मदाह, सुकुमवासीमाथिको व्यवहार र अन्य सार्वजनिक सरोकारका विषयमा उठेका प्रश्नको उत्तर दिनुपर्ने सरकार, यदि ती प्रश्न उठाउने मिडियामाथि नै दबाब सिर्जना गर्नेतर्फ लाग्छ भने त्यो लोकतन्त्रको आत्मामाथिको प्रहार हो । सरकारको आलोचना हुनु असफलता होइन । आलोचना सहन नसक्नु असफलता हो । 

इतिहासले देखाएको छ–प्रेसमाथि नियन्त्रण गर्न खोज्ने प्रत्येक शासन अन्ततः नागरिकबाट टाढिएको छ । पञ्चायतदेखि विभिन्न निरंकुश शासनसम्म सबैले सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोजे । तर सत्यलाई कहिल्यै स्थायी रूपमा रोक्न सकेनन् । स्वतन्त्र प्रेसमाथि आक्रमण गर्ने सरकारले केही समयका लागि समाचारलाई नियन्त्रण गर्न सक्छ, तर जनमतलाई कहिल्यै नियन्त्रण गर्न सक्दैन ।

आज आवश्यकता सरकारको प्रतिरक्षात्मक मौनता होइन, पारदर्शी जवाफदेहिता हो । यदि सरकार निर्दोष छ भने स्वतन्त्र न्यायिक वा उच्चस्तरीय छानबिन गठन गरी सत्य सार्वजनिक गरोस् । दोषी जोसुकै भए पनि कानुनी कारबाही होस् । तर यदि सरकार मौन रहन्छ, अनुसन्धानलाई कमजोर बनाउँछ वा घटनालाई सामान्य पार्किङको विषयमा सीमित गर्न खोज्छ भने उसैले आफ्नैमाथिको शंका गहिरो बनाइरहेको हुनेछ । 

संविधानले प्रेसलाई दिएको स्वतन्त्रता सरकारको कृपा होइन । नागरिकले संघर्ष गरेर प्राप्त गरेको अधिकार हो । त्यस अधिकारमाथि हुने कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप लोकतान्त्रिक मूल्य–मान्यताविरुद्धको कदम हो । त्यसैले सञ्चारमाध्यमलाई तर्साउने, प्रश्न गर्ने आवाजलाई दबाउने वा आलोचनालाई अपराधजस्तो व्यवहार गर्ने सरकार लोकतन्त्रको रक्षक होइन, लोकतन्त्रको शत्रु हो । 

सरकारले समयमै बुझ्नुपर्छ–प्रेसलाई डर देखाएर सत्ता टिक्दैन । जनताको विश्वास, पारदर्शिता र उत्तरदायित्वबाट मात्रै लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्रको सबैभन्दा ठूलो सुरक्षा कवच स्वतन्त्र प्रेस हो। त्यस कवचलाई कमजोर पार्ने कुनै पनि सरकार अन्ततः आफ्नै लोकतान्त्रिक वैधता कमजोर बनाइरहेको हुन्छ । 

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  ०६:५१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ? 
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ?  बुधबार, असोज २८, २०८३
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो सोमबार, असोज १९, २०८३
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो सोमबार, असोज १९, २०८३
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर आइतबार, असोज १८, २०८३
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ५ दम्भ होइन, धैर्य र मधुरता प्रिय
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्