Top Navigation
  • Contact
Main Navigation
शनिबार, भदौ २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, भदौ २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ?
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ?
विदुर कटुवाल
विदुर कटुवाल बुधबार, साउन १३, २०८३

काठमाडाैं । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनाले दुई युवाको ज्यान लियो ।  दर्जनौं सर्वसाधारण र सुरक्षाकर्मी घाइते भए, विभिन्न स्थानमा आगजनी, तोडफोड, राजमार्ग अवरोध र कफ्र्युको अवस्था सिर्जना भयो । अझै हिंसा फैलिने त्रास बढेको छ ।

तर यो घटनाले केवल सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छैन, सरकारको संकट व्यवस्थापन क्षमता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक परिपक्वता र प्रधानमन्त्रीको नेतृत्व शैलीमाथि पनि गम्भीर बहस जन्माएको छ ।

लोकतान्त्रिक शासन व्यवस्थामा कुनै पनि सरकारको वास्तविक मूल्याङ्कन संकटका बेला हुन्छ । नागरिक त्रसित हुँदा सरकारको पहिलो दायित्व अवस्था नियन्त्रणमा लिनु, तथ्य सार्वजनिक गर्नु, पीडितलाई न्यायको भरोसा दिलाउनु र समाजलाई थप विभाजित हुनबाट जोगाउनु हो  । तर कप्तानगन्ज घटनामा सरकार प्रारम्भदेखि नै प्रतिक्रियामूलक देखियो । हिंसा फैलिइसकेपछि कफ्र्यु, निषेधाज्ञा, अधिकारी हेरफेर र छानबिन समिति गठन गरियो । यसले सरकार घटनाको नेतृत्व गरिरहेको भन्दा घटनाको पछाडि दौडिरहेको देखायो ।

घटनामा सबैभन्दा धेरै प्रश्न रास्वपाका सांसदहरूको भूमिकामाथि उठ्यो । सांसद लालविक्रम थापा घटनास्थल पुगेर भावनात्मक अभिव्यक्ति दिए । जनप्रतिनिधि पीडितको पक्षमा उभिनु स्वाभाविक हो, तर साम्प्रदायिक संवेदनशीलता भएको घटनामा प्रयोग गरिएका शब्दले जनआक्रोश नियन्त्रण गर्नेभन्दा थप उत्तेजित बनाएको भन्ने विश्लेषण व्यापक रूपमा भयो । त्यसको भोलिपल्ट अर्का सांसद दीपककुमार साहले आफ्नै सरकारका गृहमन्त्रीसमक्ष प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीमाथि कारबाहीको माग गरे । यसले सरकारभित्र समन्वयको अभाव मात्र होइन, आफ्नै प्रशासनमाथि आफ्नै सांसदको सार्वजनिक अविश्वास पनि उजागर गर्‍यो ।

यस घटनाले रास्वपाको एउटा पुरानो राजनीतिक शैली पनि उजागर गरेको देखिन्छ । विपक्षमा हुँदा सरकारमाथि प्रश्न उठाउने शैली सत्तामा पुगेपछि पनि नबदलिएको आभास भयो । सरकार सञ्चालनको अर्थ निरन्तर विरोध होइन । संस्थागत संयम, निर्णय क्षमता र जिम्मेवारी वहन गर्नु हो । कप्तानगन्ज घटनामा त्यो परिपक्वता पर्याप्त रूपमा देखिएन ।

यसबीच प्रधानमन्त्रीले फेसबुकबाटै सन्देश जारी गरे । उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरे, घाइतेको उपचार, पीडितलाई न्याय, दोषीलाई कारबाही र सामाजिक सद्भाव कायम राख्न आग्रह गरे । भाषणको शब्द चयन सन्तुलित देखिए पनि त्यसले अर्को प्रश्न जन्माएको छ–यो संकट व्यवस्थापनको नेतृत्व थियो कि संकटपछि गरिएको राजनीतिक क्षति नियन्त्रणको लागि थियो ?

प्रधानमन्त्रीले सरकार सुरुदेखि नै उपस्थित थियो, तर त्यो पुग्दो भएन भन्ने स्वीकारोक्ति हो । सरकारको कमजोरीको स्वीकारोक्ति हो । यदि सरकारको उपस्थिति पर्याप्त थिएन भने त्यसको राजनीतिक जिम्मेवारी कसले लिने ? सरकारले कहाँ चुक्यो ?  किन सुरक्षा संयन्त्र प्रभावकारी हुन सकेन ? किन हिंसा फैलिनुअघि नियन्त्रण हुन सकेन ? 

प्रधानमन्त्रीको स्टाटसमा यी प्रश्नहरूको स्पष्ट जवाफ छैन् । त्यसैले प्रधानमन्त्रीको सम्बोधनलाई धेरैले घटनाको राजनीतिक असर कम गर्ने प्रयासका रूपमा बढी र संकट व्यवस्थापनको स्पष्ट रोडम्यापका रूपमा कम बुझेका छन् । पीडितप्रति सहानुभूति व्यक्त गर्नु आवश्यक हुन्छ, तर त्यससँगै राज्य किन असफल भयो भन्ने जवाफ पनि नागरिकले खोजिरहेका हुन्छन् । भावनात्मक अपिलले मात्र राजनीतिक उत्तरदायित्व पूरा हुँदैन ।

प्रधानमन्त्रीले सरकार छ भन्ने अनुभूति दिलाउने छन् भन्ने मात्र छ ।  तर यथार्थमा नागरिकले सोधिरहेको प्रश्न उल्टो छ–यदि सरकार थियो भने अवस्था यहाँसम्म किन पुग्यो ? सरकारको उपस्थिति हिंसा फैलिनुअघि देखिनुपर्थ्यो, गोली चलेपछि र आगजनी भइसकेपछि होइन । त्यसैले प्रधानमन्त्रीको सम्बोधनले सरकारको सक्रिय नेतृत्वभन्दा ढिलो आएको सार्वजनिक प्रतिक्रिया जस्तो देखिएको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ ? 

सरकारको प्रशासनिक तयारीले पनि गम्भीर प्रश्न उठाएको छ । घटना हुँदा जिल्ला प्रहरी प्रमुख र प्रदेश प्रहरी प्रमुख बिदामा थिए । सशस्त्र प्रहरीको जिल्ला नेतृत्वसमेत रिक्त थियो । यस्तो संवेदनशील सीमावर्ती जिल्लामा सुरक्षा नेतृत्व नै अपूर्ण हुनु केवल प्रशासनिक कमजोरी होइन, राजनीतिक नेतृत्वको पनि असफलता हो । संकट व्यवस्थापनको पहिलो आधार पूर्वतयारी हो, घटनापछि दोषी खोज्नु होइन ।

घटनाको निष्कर्ष स्वतन्त्र छानबिनले नै निकाल्नुपर्छ ।  गोली चलाउनु आवश्यक थियो वा थिएन, आदेश कसले दियो, बल प्रयोग कानुनसम्मत थियो वा थिएन भन्ने विषय अनुसन्धानकै दायरामा छन् । यदि सुरक्षाकर्मी दोषी छन् भने उनीहरू कानुनअनुसार कारबाहीको भागीदार हुनुपर्छ । तर त्यत्तिकै आवश्यक कुरा, संकटलाई राजनीतिक रूपमा कसरी व्यवस्थापन गरियो भन्ने प्रश्न पनि हो ।

कप्तानगन्ज गोलीकाण्डले एउटा स्पष्ट सन्देश दिएको छ–सत्ता परिवर्तनले मात्र शासनशैली परिवर्तन हुँदैन । नयाँ राजनीतिक शक्ति भन्दै आएको रास्वपाले पुराना दलभन्दा फरक संकट व्यवस्थापन देखाउने अवसर पाएको थियो । तर घटनापछि सांसदहरूको अभिव्यक्ति, सरकारको ढिलो प्रतिक्रिया र प्रधानमन्त्रीको ढिलो सम्बोधनले नेतृत्वभन्दा राजनीतिक प्रदर्शन बढी देखिएको भन्ने आलोचना जन्माएको छ । 

सरकारको मूल्याङ्कन शब्दले होइन, समयमै लिइएका निर्णयले हुन्छ । शोक व्यक्त गर्नु राज्यको दायित्व हो, तर शोक व्यक्त गरिसकेपछि त्यस अवस्थासम्म पुर्‍याउने कमजोरीको जिम्मेवारी पनि राज्यले नै लिनुपर्छ । अन्यथा, सम्बोधनहरू जनताका लागि संवेदना कम र राजनीतिक मञ्चन बढी देखिन सक्छन् ।

कप्तानगन्ज अब केवल एउटा गोलीकाण्डको नाम होइन । यसले वर्तमान सरकार, रास्वपा र प्रधानमन्त्रीको नेतृत्व क्षमतामाथि लागेको सबैभन्दा गम्भीर राजनीतिक परीक्षणको रूप लिएको छ । यो परीक्षणको नतिजा भाषणले होइन, न्याय, जवाफदेहिता र प्रभावकारी संकट व्यवस्थापनले मात्र तय गर्नेछ । 

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  ०६:५८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः २ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ३ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः ४ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ५ शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
विचार
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्