Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • व्यक्तिमै अल्झिएको एमाले
व्यक्तिमै अल्झिएको एमाले
विदुर कटुवाल
विदुर कटुवाल बुधबार, साउन २०, २०८३

काठमाडौं । एमाले नेपालको कम्युनिस्ट आन्दोलनले आफूलाई सधैं विधि, पद्धति, सामूहिक नेतृत्व र लोकतान्त्रिक केन्द्रीयताको पक्षधर शक्ति भनेर प्रस्तुत गर्दै आउने दलमा एक हो । विशेषगरी नेकपा एमालेले आफ्नो राजनीतिक पहिचान नै संस्थागत निर्णय, अनुशासन र संगठनात्मक संस्कृतिमाथि निर्माण गरेको दाबी गर्दै आएको छ ।

तर, कोशी र बागमती प्रदेशमा सरकार गठनसँगै विकसित पछिल्ला घटनाक्रमले भने एमालेभित्रको वास्तविक संकट विचार वा नीतिको नभई व्यक्ति केन्द्रित नेतृत्वको बन्दै गएको संकेत गरेका छन् । अहिलेको विवाद मुख्यमन्त्री को बन्ने भन्ने सामान्य प्रतिस्पर्धा होइन, पार्टीभित्र निर्णय कसले गर्ने र कसको निर्णय अन्तिम हुने भन्ने प्रश्नमा केन्द्रित भएको छ । 

साउन ९ गते एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा सहमति भएपछि त्यसको कार्यान्वयन सहज हुने अपेक्षा गरिएको थियो । तर, सहमति कार्यान्वयनको पहिलो चरणमै एमालेभित्र असन्तुष्टि सतहमा आयो । बाहिर गठबन्धन बने पनि पार्टीभित्र एकमत बन्न सकेन । यसको प्रत्यक्ष प्रभाव कोशी र बागमती प्रदेशमा देखियो । 

कोशीमा एमालेकै नेतृत्वमा सरकार चलिरहेका बेला मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाएर नयाँ नेतृत्व ल्याउने प्रयास सुरु भयो । अध्यक्ष ओलीले कार्कीको ठाउँमा अर्का नेतालाई अघि सार्न खोजे भने कार्कीले संस्थागत निर्णयबिना राजीनामा नदिने अडान लिए । त्यसपछि छलफलको श्रृंखला चल्यो । शीर्ष नेताहरू विराटनगर पुगे, प्रदेश नेतृत्व गुण्डु बोलाइयो, पटक–पटक वार्ता भए। तर, विवाद समाधान भएन । बरु मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान सुरु भयो । यही घटनाले एउटा गम्भीर प्रश्न उठायो–यदि पार्टीको संस्थागत निर्णय नै अन्तिम हो भने नेतृत्व परिवर्तनका लागि यति धेरै व्यक्तिगत दबाब किन आवश्यक पर्‍यो ?

बागमतीमा अवस्था अझ नाटकीय बन्यो । संसदीय दलका नेता जगन्नाथ थपलियामाथि सरकार बनाउन नसकेको आरोप लाग्यो । उनको विकल्पमा अर्को नेता अघि सार्ने प्रयास भयो । अध्यक्ष निवासमै भएको लामो छलफल तनावपूर्ण बन्यो र थपलिया अस्वस्थ भएर अस्पताल पुग्नुपर्‍यो । लोकतान्त्रिक दलभित्र नेतृत्व चयनको विषय यस्तो मनोवैज्ञानिक दबाबको कारण बन्नु आफैंमा अस्वस्थ राजनीतिक संस्कृतिको संकेत हो । यसले एमालेभित्र अहिले बहस नीति र कार्यदिशाभन्दा पनि नेतृत्वको चाहनाअनुसार शक्ति सन्तुलन मिलाउनेतर्फ केन्द्रित भएको देखाउँछ । 

दुवै प्रदेशका घटनालाई जोड्ने साझा सूत्र एउटै छ–निर्णय प्रक्रियाभन्दा व्यक्ति निर्णायक बन्दै गएको अनुभूति । औपचारिक संरचना, संसदीय दल, प्रदेश कमिटी र पार्टीका वैधानिक निकायभन्दा शीर्ष नेतृत्वको चाहना बढी प्रभावशाली देखिएको आरोप केवल बाहिरबाट होइन, पार्टीभित्रबाटै उठ्न थालेको छ । यही कारण अहिलेको विवादलाई सामान्य गुटगत प्रतिस्पर्धा भनेर मात्र व्याख्या गर्न सकिँदैन ।

राजनीतिक दलभित्र मतभेद हुनु अस्वाभाविक होइन । नेतृत्वका आकांक्षी हुनु पनि स्वाभाविक हो । तर, ती मतभेद समाधान गर्ने प्रक्रिया संस्थागत हुनुपर्छ । निर्णय सामूहिक हुनुपर्छ । जब निर्णयभन्दा व्यक्तिको इच्छा ठूलो हुन थाल्छ, तब संगठनभित्र विश्वासको संकट सुरु हुन्छ । एमाले अहिले त्यही मोडमा उभिएको देखिन्छ । 

यो विवादको अर्को महत्त्वपूर्ण पक्ष आफ्नै नेताहरूको सार्वजनिक अभिव्यक्ति हो । उपमहासचिव योगेश भट्टराईले प्रदेश सरकार फेरबदलको समय र प्रक्रियामाथि प्रश्न उठाउँदै ूपारा उही पुरानैू भएको टिप्पणी गरेका छन् । यो टिप्पणी केवल सरकार परिवर्तनप्रति असहमति होइन, पार्टीभित्र निर्णय प्रक्रिया कसरी सञ्चालन भइरहेको छ भन्ने चिन्ताको सार्वजनिक अभिव्यक्ति पनि हो । जब शीर्ष तहका नेताहरूले नै पार्टीभित्र पर्याप्त छलफल नभएको गुनासो सार्वजनिक गर्न थाल्छन्, त्यसले संगठनभित्र संवाद कमजोर भएको संकेत गर्छ । 

एमालेले विगतमा आफूलाई अन्य दलभन्दा फरक देखाउने एउटा आधार विधि र अनुशासनलाई बनाएको थियो । तर, पछिल्ला घटनाले त्यही दाबीलाई चुनौती दिइरहेका छन् । यदि प्रदेश सरकार गठनजस्तो राजनीतिक विषयमा पनि संस्थागत प्रक्रियाभन्दा व्यक्तिगत प्राथमिकता निर्णायक बन्ने हो भने त्यसले पार्टीको संगठनात्मक संस्कृतिमाथि गम्भीर प्रश्न उठाउँछ । 

अझ महत्त्वपूर्ण कुरा, अहिलेको विवादले जनतामा जाने राजनीतिक सन्देश हो । आम मतदाताले सरकार परिवर्तनभन्दा बढी दलको निर्णय प्रक्रिया हेर्छन् । पार्टीभित्र निरन्तर शक्ति संघर्ष, हस्ताक्षर अभियान, सार्वजनिक असन्तुष्टि र नेतृत्व परिवर्तनको रस्साकस्सी देखिँदा जनतामा स्थायित्व र सुशासनप्रतिको विश्वास कमजोर हुन सक्छ । विपक्षी दलले भन्दा आफ्नै व्यवहारले पार्टीको छवि कमजोर बनाउने जोखिम यतिबेला एमालेले बोकेको छ । 

प्रदेश सरकार गठनको अंकगणित अन्ततः मिल्ला । मुख्यमन्त्री पनि चयन होलान् । तर, अहिले देखिएको विवादले एउटा गम्भीर राजनीतिक प्रश्न भने छाडेको छ-एमाले संस्थाले चल्ने पार्टी रहिरहने हो कि व्यक्तिको इच्छाले चल्ने पार्टीमा रूपान्तरण हुँदै जाने हो ? यही प्रश्नको उत्तरले पार्टीको आगामी राजनीतिक यात्रा निर्धारण गर्नेछ । 

कम्युनिस्ट पार्टीको बल केवल लोकप्रिय नेतृत्वमा होइन, संस्थागत निर्णय प्रणालीमा हुन्छ । नेतृत्व परिवर्तन भइरहन्छ, तर संस्था बलियो रह्यो भने पार्टी टिक्छ । संस्था कमजोर भएर व्यक्ति नै सबैथोक बन्न थाल्यो भने तत्काल शक्ति देखिए पनि दीर्घकालमा त्यसले संगठनलाई विभाजित बनाउँछ । कोशी र बागमतीका पछिल्ला घटनाले एमालेलाई यही मोडमा उभ्याइदिएका छन् । 

त्यसैले अहिलेको विवादलाई केवल मुख्यमन्त्रीको कुर्सीको लडाइँ भनेर बुझ्नु पर्याप्त हुँदैन । यो एमालेको संगठनात्मक चरित्र, नेतृत्व शैली र भविष्यको राजनीतिक दिशासँग जोडिएको प्रश्न हो । यदि पार्टीले समयमै विधि, पद्धति र सामूहिक निर्णय प्रक्रियालाई पुनः स्थापित गर्न सकेन भने आज प्रदेशमा देखिएको व्यक्ति केन्द्रित विवाद भोलि राष्ट्रिय राजनीतिमै एमालेको सबैभन्दा ठूलो चुनौती बन्न सक्छ । 

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १२:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ?
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ? आइतबार, साउन १७, २०८३
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ?
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ? आइतबार, साउन १७, २०८३
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ?
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ? शुक्रबार, साउन १५, २०८३
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ?
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ? बुधबार, साउन १३, २०८३
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता सोमबार, साउन ११, २०८३
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ?
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ? शुक्रबार, साउन ८, २०८३
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म आइतबार, साउन ३, २०८३
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु बुधबार, असार ३१, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
  • नंः ५ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्