Top Navigation
Main Navigation
आइतबार, वैशाख २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, वैशाख २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • जैसीदेवल जस्ता सयौँ सम्पदा अलपत्रमा
जैसीदेवल जस्ता सयौँ सम्पदा अलपत्रमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, मंसिर २८, २०७८
Api Himal

काठमाडौँ । भूकम्पले भत्किएको जैसीदेवल पुनःनिर्माण सुरु भएको साँढे ५ वर्षमा ३ पटक म्याद थपइ भए पनि काम सम्पन्न हुनसकेको छैन।

भूकम्पछिको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अवधि सकिन केही दिन बाँकी रहँदा पनि जैसीदेवल जस्ता सयौँ सम्पदा अलपत्र अवस्थामा छन्।

प्राधिकरणको म्याद आगामी पुस ९ गते सकिँदै छ। प्राधिकरणले भने पुनःनिर्माणका अधिकांश काम सकिएको दाबी गर्दै पुनःनिर्माणका अनुभव आदानप्रदान गर्न अन्तर्राष्ट्रिय सम्मेलनसमेत सम्पन्न गरिसकेको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको जैसीदेवल पुनःनिर्माण शुरु भएको साँढे ५ वर्ष पूरा भएपनि सम्पन्न हुन सकेको छैन। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त जैसीदेवल पुनःनिर्माण पुरातत्व विभागले विसं २०७३ साउनमै शुरु गरेको हो।

Nepal Oil Corporation

सार्वजनिक जानकारीका लागि पुनःनिर्माण गर्दा निर्माण स्थलमा राख्नुपर्ने लागत, अवधि, निर्माण व्यसायी आदिको नाम समावेश हुने जानकारीमूलक सूचना पाटी नराखी अपारदर्शी काम भएको काठमाडौँ महानगरपालिका-२१ वडाका पूर्व वडा अध्यक्ष जुजुकाजी तण्डुकार बताउँछन्।

“नेपाल संवत् ७०४ मा बनेको देवलको पुरानै इट्टा प्रयोग गरेर काम शुरु भएको छ, निर्माण स्थलमा सार्वजनिक जानकारीका लागि राख्नुपर्ने सूचना पाटी राखिएको छैन, निर्माण अघि स्थानीयवासीसँग छलफल समेत गरिएन, निर्माणपछि निर्माण व्यवसायी त अन्तै जान्छन्, निर्माणमा स्थानीयको स्वामित्व हुनुपर्छ”- देवलअघिको किराना पसलबाट पुनःनिर्माणको सूक्ष्म अवलोकन गरिरहेका उनले भने। 

देवल पुनःनिर्माण गरिरहेको निर्माण व्यवसायीले माजुदेग ः र दशअवतार मन्दिरसमेत पुनःनिर्माण गरिरहेकाले काममा अवरोध भइरहेको छ। माजुदेग : काठमाडौँ महानगरपालिकाको ठेक्कामा व्यवसायीेले ठेक्का पाएको हो। 

दशअवतार मन्दिर भने विभागकै ठेक्कामा यही निर्माण व्यवसायीले जिम्मा पाएको हो। वरिपरि फलामको ठण्डी ठड्याएर राखेको वर्षौँसम्म अलपत्र भएको स्थानीयवासी रविना मानन्धरले बताए।

यस क्षेत्रकै ३ वटा सम्पदा पुनःनिर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले कुनै पनि काम समयमा गरको छैन। २१ नं. वडा सदस्य न्हुच्छेदेवी महर्जन फलाम ठड्याएर राखेपनि काम भएको नदेखिने बताउँछन्। ठेक्का गर्ने सरकारी निकाय र निर्माण व्यवसायीलेसमेत वडासँग समन्वय नगरेको जनप्रतिनिधिको भनाई छ। 

पुनःनिर्माणमा पुराना सामग्रीको प्रयोग

विभागले पुराना निर्माण सामग्री टिकाउ हुने भएकाले प्रयोग गरिएको जनाएको छ। विभागका प्रवक्ता रामबहादुर कुँवर अनुसन्धानले प्राचीन निर्माण सामग्री टिकाउ हुने प्रमाणित गरेको बताउँछन्नु। कति पुराना र कति नयाँ सामग्री राखेर पुनःनिर्माण गर्ने भन्ने पारदर्शी रुपमा स्थानीयवासीलाई जानकारी गराइएको छैन।

देवल निर्माण हेर्नुहुने विभागका इन्जिनीयर पूणर्बहादुर श्रेष्ठ निर्माण व्यवसायीसँग भएको सम्झौता अनुसार जीणर् नभएका सामग्री प्रयोग गर्न सकिने व्यवस्था गरिएको बताउँछन्।  “निर्माण अवधि, निर्माण लागत, निर्माण व्यवसायीको नाम लगायत जानकारी दिने सूचना पाटी राख्न पटक पटक भनिए पनि व्यवसायीले राखेका छैनन्”-उनले भने। 

निर्माण कम्पनी प्राकृतिक र सानो सुवाल र एसपी जेभीले देवल पुनःनिर्माण गरिरहेको हो। देवल पुनःनिर्माणमा पुराना र नयाँ दुवैथरी निर्माण सामग्री प्रयोग गर्ने सम्झौता भएको छ। नयाँ ८० र पुराना २० प्रतिशत सामग्री प्रयोग गर्ने सम्झौतामा उल्लेख छ। तलदेखि माथिसम्म नयाँ र पुराना दुवैथरी निर्माण सामग्री मिसाएर काम हुने जनाइएको छ।

चौँथोपटक म्याद थप्ने तयारी

विसं २०७४ असार मसान्तसम्म देवल पुनःनिर्माण सक्नुपर्ने निर्माण व्यवसायीसँगको सम्झौता पत्रमा उल्लेख थियो। २०७३ साल साउन २८ गते देवल पुनःनिर्माणको सम्झौता भएको थियो। सम्झौता भइसकेपछि बेलायतको दुरहाम विश्वविद्यालय र विभाग लगायतको समूहले देवल क्षेत्रमा उत्खनन् गरेपछि काममा ढिलाइ भएको निर्माण व्यवसायी पक्षको दावी छ।

तोकिएको समयमा पुनःनिर्माण नसकिएपछि २०७६ माघ मसान्तसम्म पहिलोपटक म्याद थपिएको थियो। प्राधिकरणका सचिवस्तरको निणर्य अनुसार पुनःनिर्माणको म्याद थपिएको विभागका अधिकारीहरुले जनाएका छन्। 

पहिलोपटक थपिएको समयमा पनि काम सकाउन निर्माण व्यवसायीले ध्यान दिएनन्। २०७७ साल असार ५ गतेको निणर्य अनुसार २०७७ चैतसम्म दोस्रोपटक म्याद थपिएको थियो। 

एकै स्थानमा एउटै निर्माण व्यवसायीलाई ३ वटा सम्पदा पुनःनिर्माणको ठेक्का दिने र नसक्दा कारबाही पनि नगर्ने सरकारी निकायका कारण निर्माण व्यवसायीमा हामीले जे गरेपनि हुन्छ भन्ने भावनाको विकास भएको स्थानीय युवा श्याम खड्गी बताउँछन्। 

दोस्रोपटक थपिएको समयमा पुनःनिर्माण सम्पन्न नभएपछि तेस्रोपटक म्याद थपका लागि निर्माण व्यवसायीले २०७८ असार मसान्तसम्मको म्याद माग गरेकामा असोज मसान्तसम्म थप गरिएको थियो। यो समयमा पनि निर्माण व्यवसायीले काम सकेका छैनन्। तेस्रोपटक कोरोनाका कारण काम गर्न नसकिएको भन्दै निर्माण व्यवसायीले म्याद चौँथोपटक थपको माग गरिरहेका छन्।

कोरोनाको दोस्रो लहर भन्दै अर्थ मन्त्रालयको २०७८ भदौ ३ गतेको निर्णय अनुसार आगामी चैत मसान्तसम्म चौँथोपटक म्याद थप गर्ने तयारी भएको छ। हाल देव पुनःनिर्माणको ७० प्रतिशत भौतिक प्रगति भएको विभागका प्रवक्ता कुँवरले सुनाए। देवल पुनःनिर्माणको लागत ५ करोड ४६ लाख ६० हजार ७२८ रहेको छ। 

देवलको ऐतिहासिकता

देवल नेपाल संवत् ७०४ मा कान्तिपुर राज्यका बडा हाकिम लक्ष्मीनारायण जोशीले निर्माण गरेको हो। जोशीदेवल हुँदै कालान्तरमा अपभ्रंश भई जैसीदेवल नाम रहन गएको भनाई यहाँका स्थानीयवासीको छ।

ककनी, रानीपौवा, जीतपुरफेदी, दगुर्नेपानीदेखिका जैसी बाहुनको निधन हुँदा शव टेकुमा जलाउन ल्याउँदा यहाँ बसेर कपाल काट्ने, सेतो कपडा फेर्ने, सक्खर, दही चिउरा खाने गरेकाले पनि यो देवललाई जैसीदेवल नामकरण गरिएको भन्ने अर्काथरीको भनाई छ।

विसं १९८९ मा देवशम्शेरले देवलको जीर्णोद्धार गरेपछि यसलाई देवजागेश्वर महादेव पनि भन्न थालिएको स्थानीय ८६ वर्षीय वृद्ध शङ्करमान रञ्जितकारले जानकारी दिए। त्यसअघि देवलमा स्थापना गरिएको महादेवलाई जागेश्वर महादेव भनिन्थ्यो। 

विसं २०१५ मा अञ्चलाधीश विष्णुमणि आचार्यको नेतृत्वमा स्थानीयवासीले फेरि देवलको जीर्णोद्धार गरे। त्यतिबेला जीर्णोद्धारको काममा संलग्न हुनेलाई अञ्चलाधीश कार्यालयले ज्याला स्वरुप गहुँ दिएको उनको स्मरणमा ताजा छ।

जीर्णोद्धारपछि त्यसै वर्ष तत्कालीन महारानी रत्नराज्यलक्ष्मीले ३ हजार लिटर पानी अट्ने सिमेन्टको पानी ट्याङ्की बनाइदिएको छ। २०४५ सालको भूकम्पले चर्किएको देवल २०६३ सम्म बन्न नसकेपछि स्थानीयवासीको सक्रियतामा विभाग र काठमाडौँ महानगरपालिकाको सक्रियतामा २८ लाखको लागतमा जीर्णोद्धार भएको थियो। 

तत्कालीन समयमा बचेको पैसाले नजिकैको कृष्णमन्दिर पनि जीर्णोद्धार गरिएको पूर्व वडा अध्यक्ष तण्डुकारले सुनाए। रातो मच्छेन्द्रनाथ राख्ने उद्देश्यले निर्माण गरिएको देवलमा पछि नराखिएको जैसीदेवल युथ क्लबका सदस्य राजेन्द्र मानन्धरले बताए। 

भक्तपुरको पाँचतले मन्दिर पनि रातो मच्छेन्द्रनाथ राख्नकै लागि बनाइएकामा पछि पाटनमा राखिएको स्थानीयवासीको भनाइ छ। रातो मच्छेन्द्रनाथ पाटनमा राखिएपछि यस ठाउँ जोशी एवम् जैसीदेवलकै रुपमा प्रसिद्ध भयो। 

ऐतिहासिक सम्पदा पुनःनिर्माण वर्षौँदेखि अलपत्र हुँदा स्थानीयवासी भने दुःखी छन्। सधैँ फलामको डण्डा ठड्याएको देखिएपनि कहिल्यै नबनेकोमा स्थानीयवासीले चर्को गुनासो गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १८:४९
प्रतिक्रिया दिनुहोस्
थप समाज
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन मंगलबार, वैशाख २३, २०८२
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न मंगलबार, वैशाख २३, २०८२
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन शनिबार, वैशाख २०, २०८२
ललितपुरमा शुरु भयाे जात्रा
ललितपुरमा शुरु भयाे जात्रा शनिबार, वैशाख २०, २०८२
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर बुधबार, वैशाख १७, २०८२
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति सोमबार, वैशाख १५, २०८२
बस सञ्चालनपछि छायाे खुशीयाली
बस सञ्चालनपछि छायाे खुशीयाली बुधबार, वैशाख १०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ४ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ५ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्