Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सञ्चारमा स्वयं मानिसको उपस्थिति र चिठ्ठीपत्रबाहेक अरू विकल्प नरहेको गाउँ याङ्मा
सञ्चारमा स्वयं मानिसको उपस्थिति र चिठ्ठीपत्रबाहेक अरू विकल्प नरहेको गाउँ याङ्मा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, पुस २३, २०७८

चाँदी जस्तै टल्किने हिमालहरू। चारैतिर त्यसको पहिलो दृश्यबाट प्रत्येक दिनको हेराइ शुरुआत हुन्छ। बिहान उठ्नेबित्तिकै दुलही लजाएर घुम्टाले झपक्कै छोपिए जस्तै हिउँले छोपिएका हिमाल देख्दा ताप्लेजुङ्बासी आफूलाई गर्वको महसुस गर्छन्। त्यही हिमालको पीडाले यहाँ मानिसलाई त्यत्तिकै सताएको पनि छ। 

यही पुस १३ र १४ गते हिमाली जिल्लाहरूमा बाक्लो हिमपात भयो। ताप्लेजुङका लेकदेखि बेंसीसम्म हिउँ आइपुग्यो। धेरैको जनजीवन प्रभावित हुन पुग्यो। मिक्खोला गाउँपालिका-५ पापुङका बाबुछोरा चौँरी गोठ सर्ने क्रममा हिमपहिरामा परे। तिनको उद्धारका लागि अल्टिच्युड एयर कम्पनीको हेलिकप्टरमार्फत दुई दिन पहल गर्दा पनि बसेको ठाउँ पत्ता लाग्न सकेन। ओढारमा बसेको ६ दिनमा मात्र उनीहरू आफैँ हिँडेर गाउँ आइपुगे। समुद्र सतहदेखि ४ हजार २०० मिटरको उचाइमा रहेको याङ्मा बस्ती भने हिमपातसँंगै अहिले सम्पर्कबिच्छेद बनेको छ। 

चीनको सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ याङ्मामा  हिमपात भएसंँगै अहिलेसम्म गाउँका समुदायसँग सम्पर्क हुन नसकेको ताम्लिङ शेर्पाले बताए। सदरमुकाम फुङ्लिङदेखि १ दिन सवारी साधन र बाँकी २ दिन पैदल यात्रामार्फत तीन दिनमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङ्गोलाको याङ्मा पुगिन्छ। जिल्लाकै उच्च तथा दुर्गम बस्ती याङ्मामा हिमपात भएसँगै त्यहाँका समुदायसँग सम्पर्कबिच्छेद भएको हो। 

एघार घरका करिब ४० जनाको स्थायी बसोबास  रहेको यहाँको मुख्य पेसा पशुपालन हो। उच्च हिमाली क्षेत्र भएकाले खेतीपाती हुँदैन। सो बस्ती पशुपालनमा पनि याक गोठमा निर्भर रहन्छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का आर्थिक तथा प्राविधिक सहयोगमा याङ्मा क्षेत्रमा ४ सय, ओलाङ्चुङ्गोला क्षेत्रमा ४३५ र घुन्सा क्षेत्रमा ३६ याकको बिमासमेत गरिएको परिषद्का कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए। चीनका विभिन्न क्षेत्रमा नेपाली याक, तिनका बाछा र चौँरी याकबाट उत्पादित छुर्पी, घिउका साथै पशुजन्य वस्तु चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने भएकाले  याङ्मा समुदायले याक गोठ छाड्न सकेको छैन। 

चीनका बजारमा प्रतियाक ६० हजारदेखि १ लाख ५० हजारसम्ममा बिक्री हुने गरेको स्थानीयवासी बताउँछन्। छुर्पी र घिउ प्रतिकिलो १ हजार २ सयमा बिक्री हुने गरेको याङ्माका फिम्जो शेर्पाले बताए। याङ्मा समुदायको प्रमुख आम्दानीको स्रोत नै याक पालन हो। करिब ३ वर्षदेखि भने चीनतर्फको नाका बन्द छ। यसबाट आर्थिक सङ्कटसमेत खेप्दै आएको समुदायलाई अहिले हिमपातले सताएको छ। 

विकास पूर्वाधारबाट धेरै टाढा रहेको बस्तीमा स्वास्थ्य, शिक्षा, सञ्चार र यातायात जस्ता भौतिक पूर्वधार पुग्न सकेको छैन। विगतमा विद्यालय भए पनि विद्यार्थी नभएपछि बन्द भयो। यहाँ अहिलेसम्म स्वास्थ्यचौकीस्थापना भएको छैन। यहाँका मानिस बिरामी भएमा जङ्गलमा भएको जडिबुटी नै औषधोपचारको स्रोत रहिआएको छ। यहाँ अहिले बिजुली बत्तीसमेत छैन। परिषद्ले दिएको सौर्य ऊर्जाले हिमपात तथा घाम नलाग्दा काम गर्दैन। त्यस समयमा अन्धकारमा नै बस्नुपर्ने हुन्छ। 

याङ्मा गाउँमा सञ्चारको पहुँच सहज छैन। सञ्चार आदानप्रदान गर्नुपर्याे भने खोला तरेर २ घण्टा हिँडेपछि बल्ल स्काईको नेटवर्क भेट्न सकिए पनि गत साता बाक्लो हिमपात भएसंँगै याङ्मा समुदाय सम्पर्कमा आउन नसकेको ताम्लिङ शेर्पाले बताए। हिमपात हुनुअघि नै शेर्पा भने सदरमुकाम फुङ्लिङ झरेको थियो। ताम्लिङले भने, “मेरा छोराबुहारी याङ्मामै छन्। एक याक गोठ छ। ७० वटा याक छन्। अहिलेसम्म फोन सम्पर्क भएको छैन।” उनीहरूसँग सम्पर्क हुन सक्दा आफू चिन्ताले निदाउनै नसकेको ताम्लिङले बताए।  

लामो समयसम्म फोन सम्पर्कमा नआउँदा याङ्मा बस्तीबारे आफूलाई पनि चिन्ता हुने फक्ताङलुङ गाउँपालिका-६ घुन्साका सेराप शेर्पाले बताए। उनले भने, “मेरो पनि ससुराली याङ्मा हो तर हिमपात भएयता कोही पनि सम्पर्कमा आएको छैन।” याङ्मा गाउँको समुदायले हिमपात हुनु अगाडि नै आवश्यक पर्ने खाद्य पदार्थ तथा न्यानो कपडा र याकका लागि घाँसको जोहो गरेर राखेकाले हिमपातमा सुरक्षित हुन सक्ने फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन लामाले बताए। उनले भने, “याङ्मा गाउँ जाउँ भने हिउँले बाटो बन्द भएको छ तर हिउँ पर्ने समयमा याक गोठहरू पनि हिमपहिराबाट जोगिन सक्ने ठाउँहरूमा सारिएको छ। ”

वरिपरि हिमालले घेरेको र याङ्मा खोलाको किनार खोँचमा रहेको याङ्मामा कहिलेदेखि बस्ती बस्न थालेको हो भन्ने थाहा नभएको स्थानीयवासी ६५ वर्षीय ताम्लिङ शेर्पाले बताए। सञ्चार सुविधा नहुँदा सूचना आदानप्रदानमा समस्या रहँदै आएको छ। देशमा विकास र परिवर्तनले धेरै गति लिए पनि याङ्मा बस्ती अहिलेसम्म ओझेलमै रहेको ताम्लिङले गुनासो गरे। 

याङ्माकै छाम्जे शेर्पाले पनि सञ्चार सुविधा नहुँदा धेरै समस्या रहेको बताए। भारतको दार्जिलिङलगायत सहरमा अध्ययन गर्ने आफ्ना छोराछोरी र अन्य आफन्तसँग सम्पर्क नहुँदा सधैंँ मनमा पीडा हुने गरेको ताम्लिङ बताए। छोराछोरी र आफन्तसँग एकार्काको खबर तथा सूचना आदानप्रदान गर्न नपाउँदा मनमा चिन्ताले घर गरिरहने पीडा उनी व्यक्त गर्छन। 

उनीहरू जस्तै सञ्चार सुविधा नहुँदाको पीडा याङ्मावासी सबैलाई छ। सञ्चार पहुँच नभएकै कारण मरिमराउ र कुनै संवेदनशील अवस्थाको खबर समयमा नपाउँदा समस्यामाथि समस्या हुने गरेको छ। जरुरी सञ्चार सम्पर्क गर्नुपरेमा एकदिन पैदल हिँडेर ओलाङ्चुङ्गोला पुग्नुपर्छ। ओलाङ्चुङ्गोलामा भने करिब १ वर्षअघि नेपाल टेलिकमले मोबाइलको टावर विस्तार गरेपछि सञ्चार सम्पर्कका लागि सहज भएको छ। मोबाइल टावर राख्नुअघि ओलाङ्चुङ्गोलामा पनि सञ्चारको समस्या उस्तै थियो। 

बर्खामा याङ्मा-ओलाङ्चुङगोला आवतजावत  पनि बन्द हुन्छ। पुस, माघ, फागुन र चैतमा हिमपात हुने भएकाले याङ्मा जान सकिँदैन। याङ्मा खोलामा हिउँदमा काठेपुल लगाएर आउजाउ गर्ने गरिन्छ भने बर्खामा पुल बगाउने हुँदा याङ्मासंँग सम्पर्क टुट्ने गर्छ। याङ्मा गाउँदेखि एक/डेढ घण्टा टाढा डाँडाडाँडामा नेटवर्क खोज्दै जाँदा कुनै बेला स्काई मोबाइलमा सम्पर्क हुने गरेको छ। स्काईमा सम्पर्क भइहाले पनि कुराकानी भने सहजरूपले गर्न पाइँदैन। 

थोरै परिवार र कम जनसङ्ख्याको बस्ती भएकाले याङ्मामा सञ्चारको पहुँच पु¥याउने तत्काल कुनै योजना नभएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ। ओलाङ्चुङगोलाबासीसमेत रहेका फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेनले याङ्मासम्म सञ्चार पहुँच विस्तार गर्ने कुनै योजना नरहेको बताए। 

केही वर्षअघिसम्म विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का सहयोगमा सञ्चालित स्याटेलाइटमार्फत एसटिएम प्रविधिको टेलिफोन सेवा बिग्रिएपछि हाल याङ्मा सञ्चार पहुँच बाहिर छ। छेतेनका अनुसार याङ्मासम्म कुनै सूचना आदानप्रदान गर्नुपरेमा मानिस नै जानुपर्ने र चिठ्ठीपत्र पठाउनुपर्ने अवस्था छ। याङ्मा गाउँसम्म केही सूचना पुर्याउनु परेमा मान्छे नै गएर सूचना दिने वा चिठ्ठी पठाउनुपर्ने हुन्छ। कुनै पनि सञ्चारमाध्यमको नेटवर्क नचल्ने हुँदा सञ्चार प्रवाहमा स्वयं मानिसको उपस्थिति र चिठ्ठीपत्रबाहेक अरू विकल्प नरहेको छेतेनले बताए।    

प्रायः याक गोठमा समय बिताउने याङ्माबासीले गोठमा रहँदा पनि सूचना आदानप्रदान गर्न डाँँडामा निस्केर ठूलो आवाजमा कराउनुपर्छ वा सुसेली हाल्नुपर्छ। ठूलो आवाज र सुसेली सुनेपछि बल्ल एउटा गोठदेखि अर्को गोठसम्म आवश्यक सूचना आदानप्रदान हुने गरेको स्थानीयवासी याक गोठाला कान्देग्याबु शेर्पाले बताए।  

स्थानीय शैलीको खबर आदानप्रदानले हालसम्म सञ्चार चले पनि अहिलेको सूचना र प्रविधिका समयमा पूरै गाउँबस्ती सञ्चारविहीन हुनु अन्धकारको संसारमा रहनुसरह भएको कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष विष्णुकुमार लिम्बू बताउँछन्। हाल तीनै तहका सरकार तथा नेपाल टेलिकमले याङ्माका बासिन्दालाई सञ्चार सुविधा पुर्याउनका लागि आवश्यक पहल गर्नुपर्ने लिम्बूको सुझाव छ। 

हाल ताप्लेजुङमा २० मोबाइल टावर सञ्चालन भइरहेको जिल्ला दूरसञ्चार कार्यालयले जनाएको छ। नौ वटा टावरमा फोरजी सेवा सञ्चालनमा रहेको दूरसञ्चार कार्यालय प्रमुख शिवकुमार सिंहले बताए। एघार टावरले टुजी सेवा सञ्चालन हुँदै आएको छ। अहिले सञ्चारको पहुँज नपुगेको याङ्मा क्षेत्रमा मोबाइल सेवा पु¥याउन सरोकार पक्षसँग समन्वय गरिने प्रमुख सिंहले बताए। 

गत असोजको दोस्रो साता जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले  जिल्लाका १० स्थानमा सञ्चार पूर्वाधार तथा उपकरण व्यवस्था गर्न नेपाल टेलिकमको ध्यानाकर्षण गराएको थियो। पूर्वमन्त्री भट्टराईले टेलिकमका महाप्रबन्धक डिल्ली अधिकारीलाई भेटी सोसम्बन्धी मागपत्र बुझाउँदै टेलिफोनको गुणस्तर सुधार तत्काल गर्न आग्रह गरेको थियो। 

ताप्लेजुङ  पर्यटन, कृषि, ऊर्जा, व्यापारलगायत क्षेत्रमा अत्यन्तै राम्रो सम्भावनायुक्त जिल्ला भए पनि आधुनिक सूचना र सञ्चारको सहज पहुँच नहुँदा यहाँका व्यापार, व्यवसाय र पर्यटनको क्षेत्र मात्र नभएर सर्वसाधारणको दैनिक जीवन पर्ने समस्यामा छ। जिल्लामा अप्टिकल फाइबार तत्काल जिल्ला पुर्याउनका साथै टेलिफोन सम्पर्क नहुने स्थानमा तत्काल सुधार गर्न आग्रह गरिएकोे छ। 

मैवाखोला गाउँपालिका वडा नं २ ढुङ्गेसाँघु, मेरिङ्देन गाउँपालिका वडा नं ६ नाल्बु, फक्ताङलुङ-६ लुवाडाँडा, आठराई गाउँपालिका फूलबारी, फुङलिङ नगरपालिका दोखु, देउलिङ्गे, मिक्खोला-५ किलिङ, सिरिजङ्घा गाउँपालिका वडा नं ५ खेवाड, सिदिङ्वा गाउँपालिका वडा नं १ कालीखोला, फक्ताङ्लुङ-७ याङ्मालगायत क्षेत्रमा टेलिफोन टावर राख्न माग गरिएको छ। 

जिल्लाका विभिन्न क्षेत्रमा माग  गरिएको मोबाइल टावर राख्ने हो भने सबै क्षेत्रमा सञ्चारको पहुँच पुग्ने जनाइएको छ।   
 

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १३:१७
##Yangma #Taplejung
प्रतिक्रिया दिनुहोस्
थप समाज
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्