Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पार्टी विधिविपरीतको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी : नेता रावल
पार्टी विधिविपरीतको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी : नेता रावल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असोज २७, २०७९

काठमाडौ । नेकपा (एमाले) का नेता डा भीम रावलले पार्टीले विधिविपरीत गरेको टिकट वितरणको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी रहेको बताएको छ ।

नेता डा रावलले आयोजना गरेको पत्रकार सम्मेलनमा अछाम क्षेत्र नं १ अन्तर्गतका स्थानीय तह र वडाबाट सिफारिस भई आए पनि पार्टी नेतृत्वले आफूलाई टिकट नदिएर कार्यकर्ताको अपमान गरेको बताएको हो ।

उनले भने, “मैले स्वाभिमान, सुशासन र न्यायका पक्षमा उठाएको आवाजमा ऐक्यबद्धता जनाउँदै आएकाले मलाई टिकटबाट वञ्चित गरिएको छ, मैले निर्वाचन क्षेत्रमा असोज ७ गते आयोजना गरेको भेला नेतृत्वले रोक्न खोजेको थियो, मलाई निर्वाचनमा हराउन सकिँदैन भन्ने प्रतिवेदन आएपछि टिकट दिइएन, यो षड्यन्त्रपूर्ण स्वेच्छाचारी निर्णय हो”।

पार्टीका नेता, कार्यकर्तालाई प्रताडित गर्नेलाई हेटौँडामा टिकट दिइएको उल्लेख गर्दै नेता रावलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कालाई बिहान पार्टी प्रवेश गराएर दिउँसो टिकट दिइएको सुनाउँदै पार्टीमा विधि विपरीतका यस्ता कदमका विरुद्ध आफू सधैँ उभिँदै आएको उनको भनाइ थियो ।

उनले भने, “पार्टी अध्यक्ष केपी शर्मा ओली संवेदनशील विषयमा छलफल हुँदा पनि संसद्मा जानुभएन, आफूलाई बोल्न मन लागेका बेलामात्र जानुभयो, पार्टी सिद्धान्त र नीति उहाँले अनुसरण गर्नुभएन, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आधाआधा समय प्रधानमन्त्रीको गोप्य सहमति गरेर ओलीले मुख्य गल्ती गर्नुभयो, त्यहाँबाट धेरै समस्या आए।” 

सवारी साधनबाट देवनागरी लिपि हटाउने, युनिफिकेसन चर्चका नाममा ओली प्रधानमन्त्री निवासबाट होटलमा डेरा सरेर होलीवाइन खुवाउने, एमसिसी प्रकरण, प्रतिनिधिसभा विघटन असंवैधानिक भएकोलगायत विषयको विरोध गरेकाले आफूलाई तारो बनाइएको उल्लेख गर्दै नेता रावलले स्वाभिमान र राष्ट्रियताका पक्षमा विचार राखेकैले टिकटबाट वञ्चित गरिएको बताएका हुन् ।

ओली नेतृत्वको सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश भएको नक्शा प्रकाशन नगरेर पनि गल्ती गरेको उनको भनाइ थियो। पार्टीमा नाफाखोरलाई जिम्मेवारी दिइएको उल्लेख गर्दै उनले पहिले नेकपा र पछि एमाले विभाजनको मुख्य दोषी पनि नेतृत्वमा भएकाले ओली नै रहेको निष्कर्ष सुनाएका थिए ।

नेता डा रावलले भने, “ओलीले आफैँ समस्याको भुमरी सिर्जना गरेर दोष अरुलाई थोपर्न टिकट वितरणमा स्वेच्छाचारी निर्णय गर्नुभयो, बहुमतप्राप्त सरकारलाई पार्टी नीतिअनुरूप चलाउने जिम्मेवारी पूरा गर्न नसक्नु ओलीकै दोष हो”।

युनिफिकेसन चर्चको होलीवाइन प्रकरणपछि देशव्यापी रूपमा संस्कृतिविरुद्ध आक्रमण भएको उल्लेख गर्दै नेता डा रावलले धर्मान्तरणका काम भएकाप्रति जिम्मेवार निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए ।

आफूले पाँच दशक पसिना बगाएको एमाले पार्टी नछोड्ने उल्लेख गर्दै नेता रावलले स्वेच्छाचारी निर्णयको भने समयको गति र पार्टीको मतिअनुसार विरोधमा उत्रिने विचार राखेका हुन् । पार्टीमा राजनीतिक र वैचारिक सङ्घर्ष जारी राख्ने घोषणासमेत उनले गरेका छन् ।
 
पाँच दशक पार्टीमा योगदान गरेका घनश्याम भुसालको क्षेत्रमा पार्टी नेता, कार्यकर्तालाई प्रताडित गर्ने कित्ताका दीपक बोहरालाई टिकट दिएपछि भुसालले स्वतन्त्र उठ्न गरेको निर्णय सही रहेको विश्लेषण पनि उनले पत्रकार सम्मेलनमा सुनाउँदै यस्ता कदमका विरुद्ध सबैले विद्रोह गर्ने नेता रावलको भनाइ थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १८:५५
##bhimrawal
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ४ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्