Top Navigation
Main Navigation
सोमबार, साउन ६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन ६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पार्टी विधिविपरीतको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी : नेता रावल
पार्टी विधिविपरीतको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी : नेता रावल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असोज २७, २०७९

काठमाडौ । नेकपा (एमाले) का नेता डा भीम रावलले पार्टीले विधिविपरीत गरेको टिकट वितरणको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी रहेको बताएको छ ।

नेता डा रावलले आयोजना गरेको पत्रकार सम्मेलनमा अछाम क्षेत्र नं १ अन्तर्गतका स्थानीय तह र वडाबाट सिफारिस भई आए पनि पार्टी नेतृत्वले आफूलाई टिकट नदिएर कार्यकर्ताको अपमान गरेको बताएको हो ।

उनले भने, “मैले स्वाभिमान, सुशासन र न्यायका पक्षमा उठाएको आवाजमा ऐक्यबद्धता जनाउँदै आएकाले मलाई टिकटबाट वञ्चित गरिएको छ, मैले निर्वाचन क्षेत्रमा असोज ७ गते आयोजना गरेको भेला नेतृत्वले रोक्न खोजेको थियो, मलाई निर्वाचनमा हराउन सकिँदैन भन्ने प्रतिवेदन आएपछि टिकट दिइएन, यो षड्यन्त्रपूर्ण स्वेच्छाचारी निर्णय हो”।

पार्टीका नेता, कार्यकर्तालाई प्रताडित गर्नेलाई हेटौँडामा टिकट दिइएको उल्लेख गर्दै नेता रावलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कालाई बिहान पार्टी प्रवेश गराएर दिउँसो टिकट दिइएको सुनाउँदै पार्टीमा विधि विपरीतका यस्ता कदमका विरुद्ध आफू सधैँ उभिँदै आएको उनको भनाइ थियो ।

Nepal Oil Corporation

उनले भने, “पार्टी अध्यक्ष केपी शर्मा ओली संवेदनशील विषयमा छलफल हुँदा पनि संसद्मा जानुभएन, आफूलाई बोल्न मन लागेका बेलामात्र जानुभयो, पार्टी सिद्धान्त र नीति उहाँले अनुसरण गर्नुभएन, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आधाआधा समय प्रधानमन्त्रीको गोप्य सहमति गरेर ओलीले मुख्य गल्ती गर्नुभयो, त्यहाँबाट धेरै समस्या आए।” 

सवारी साधनबाट देवनागरी लिपि हटाउने, युनिफिकेसन चर्चका नाममा ओली प्रधानमन्त्री निवासबाट होटलमा डेरा सरेर होलीवाइन खुवाउने, एमसिसी प्रकरण, प्रतिनिधिसभा विघटन असंवैधानिक भएकोलगायत विषयको विरोध गरेकाले आफूलाई तारो बनाइएको उल्लेख गर्दै नेता रावलले स्वाभिमान र राष्ट्रियताका पक्षमा विचार राखेकैले टिकटबाट वञ्चित गरिएको बताएका हुन् ।

ओली नेतृत्वको सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश भएको नक्शा प्रकाशन नगरेर पनि गल्ती गरेको उनको भनाइ थियो। पार्टीमा नाफाखोरलाई जिम्मेवारी दिइएको उल्लेख गर्दै उनले पहिले नेकपा र पछि एमाले विभाजनको मुख्य दोषी पनि नेतृत्वमा भएकाले ओली नै रहेको निष्कर्ष सुनाएका थिए ।

नेता डा रावलले भने, “ओलीले आफैँ समस्याको भुमरी सिर्जना गरेर दोष अरुलाई थोपर्न टिकट वितरणमा स्वेच्छाचारी निर्णय गर्नुभयो, बहुमतप्राप्त सरकारलाई पार्टी नीतिअनुरूप चलाउने जिम्मेवारी पूरा गर्न नसक्नु ओलीकै दोष हो”।

युनिफिकेसन चर्चको होलीवाइन प्रकरणपछि देशव्यापी रूपमा संस्कृतिविरुद्ध आक्रमण भएको उल्लेख गर्दै नेता डा रावलले धर्मान्तरणका काम भएकाप्रति जिम्मेवार निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए ।

आफूले पाँच दशक पसिना बगाएको एमाले पार्टी नछोड्ने उल्लेख गर्दै नेता रावलले स्वेच्छाचारी निर्णयको भने समयको गति र पार्टीको मतिअनुसार विरोधमा उत्रिने विचार राखेका हुन् । पार्टीमा राजनीतिक र वैचारिक सङ्घर्ष जारी राख्ने घोषणासमेत उनले गरेका छन् ।
 
पाँच दशक पार्टीमा योगदान गरेका घनश्याम भुसालको क्षेत्रमा पार्टी नेता, कार्यकर्तालाई प्रताडित गर्ने कित्ताका दीपक बोहरालाई टिकट दिएपछि भुसालले स्वतन्त्र उठ्न गरेको निर्णय सही रहेको विश्लेषण पनि उनले पत्रकार सम्मेलनमा सुनाउँदै यस्ता कदमका विरुद्ध सबैले विद्रोह गर्ने नेता रावलको भनाइ थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १८:५५
##bhimrawal
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच भेटवार्ता
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच भेटवार्ता आइतबार, साउन ५, २०८२
नेपालमा कम्यूनिण्ट पार्टी एउटै निर्माण गर्नुपर्छ : वामदेव गौतम
नेपालमा कम्यूनिण्ट पार्टी एउटै निर्माण गर्नुपर्छ : वामदेव गौतम शुक्रबार, साउन ३, २०८२
नेकपा एस र बामदेवकाे समूहबीच एकता हुँदै
नेकपा एस र बामदेवकाे समूहबीच एकता हुँदै शुक्रबार, साउन ३, २०८२
केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटाे खुला 
केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटाे खुला  शुक्रबार, साउन ३, २०८२
संसद विचौलियाहरुको खेलमैदान बन्यो : अध्यक्ष प्रचण्ड
संसद विचौलियाहरुको खेलमैदान बन्यो : अध्यक्ष प्रचण्ड बिहीबार, साउन २, २०८२
साउन १६ गते कोदो दिवस मनाउँने निर्णय
साउन १६ गते कोदो दिवस मनाउँने निर्णय बुधबार, साउन १, २०८२
भिजिट भिसामा सेटिङ्गकासाथ गएका प्रमाणहरु सार्बजनिक हुँदासम्म पनि सरकार मौन किन ?
भिजिट भिसामा सेटिङ्गकासाथ गएका प्रमाणहरु सार्बजनिक हुँदासम्म पनि सरकार मौन किन ? मंगलबार, असार ३१, २०८२
मलाई स्वर्ग र नर्क देखाएर सरकारबाट हटाए जस्तै, भ्रष्टाचार गर्न दिन्छु, भ्रष्टाचारीलाई बचाउँछु भनेको सावित भएको छ : प्रचण्ड
मलाई स्वर्ग र नर्क देखाएर सरकारबाट हटाए जस्तै, भ्रष्टाचार गर्न दिन्छु, भ्रष्टाचारीलाई बचाउँछु भनेको सावित भएको छ : प्रचण्ड सोमबार, असार ३०, २०८२
तीन वटै तहका सरकारलाई अमरेशको प्रश्नै प्रश्न?
तीन वटै तहका सरकारलाई अमरेशको प्रश्नै प्रश्न? आइतबार, असार २९, २०८२
लाेकप्रिय समाचार
  • नंः १ संघीयताको यो आठ वर्षमा गाउँघरमा आमूल परिवर्तन भएको छ : अध्यक्ष विरेन्द्रकुमार मगर
  • नंः २ उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’
  • नंः ३ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ४ कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल 
  • नंः ५ नामी साप्ताहिक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्