Top Navigation
Main Navigation
मंगलबार, असार २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, असार २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री जसपाको प्रतिबद्धता
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री जसपाको प्रतिबद्धता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, कात्तिक १९, २०७९

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने शासकीय स्वरुपको अवधारणासहित पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार प्रमुख वा राष्ट्रप्रमुख हुनुपर्ने बताएको हो।

अध्यक्ष यादवले भने, “समानुपातिक प्रतिनिधित्व हुने संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको शासकीय स्वरुपमार्फत राजनीतिक स्थायित्व कायम गर्ने पार्टीको एजेण्डा छ ।”

अध्यक्ष यादवले लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्दै तीव्ररूपले आर्थिक विकास र समृद्धिको दिशातर्फ अघि बढ्नका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्ने पार्टीको नीति रहेको बताएको छ् ।

jasapa upendra yadav1667649464.jpg

जसपाले संविधानमा रहेका त्रुटि र अपूर्णतालाई संविधान संशोधनमार्फत पूरा गर्दै सर्वस्वीकार्य बनाउँदै राष्ट्रको उत्थानमा केन्द्रित हुने जनाएको छ ।

“नेपालमा बहुमतको सरकार र अल्पमतको विपक्षको परम्परागत लोकतन्त्रको मान्यता असफल भइसकेको परिप्रेक्ष्यमा समानुपातिक प्रतिनिधित्व हुने संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको शासकीय स्वरुपमार्फत राजनीतिक स्थायित्व कायम गर्न सकिन्छ”, जसपाको प्रतिबद्धतापत्रमा भनिएको छ ।

पाँच भागमा केन्द्रित जसपाको प्रतिबद्धतापत्रमा राजनीतिक, आर्थिक विकास, सामाजिक रुपान्तरण र औद्योगिकीकरणको विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ ।

सबै तहको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र संवैधानिक अङ्ग सञ्चालन गर्ने, सङ्घमा दुई सदनात्मक तथा प्रदेश र विशेष संरचना एक सदनात्मक व्यवस्थापिका सभा हुने राज्य व्यवस्था अवलम्बन गरिनुपर्ने जसपाको नीति छ ।

अध्यक्ष यादवले राजनीतिकरूपमा विगतमा भएका विभिन्न आन्दोलनबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रही बाँकी मुद्दालाई सम्बोधन गर्नका लागि संसद्बाट प्रयास गरिने बताए ।

जसपाले स्वतन्त्र र निष्पक्ष न्यायालय सङ्घीय संरचनाअनुरुप हुनुपर्ने, विद्यमान निर्वाचन प्रणाली महँगो र भड्किलो भएकाले आर्थिकरूपले सरल र सस्तो समानुपातिक निर्वाचन प्रणाली अपनाइनु पर्नेमा जोड दिएको छ ।

राष्ट्रिय एकतालाई बलियो बनाउँदै सबै समुदायको समानुपातिक प्रतिनिधित्व र पहुँच हुने गरी संवैधानिक र कानुनी व्यवस्था गरिनुपर्ने नीति लिएको जसपलाले समावेशी लोकतन्त्र, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, अप्पसङ्ख्या एवं पिछडिएका र बहिष्करणमा परेका समुदायको हक अधिकार सुनिश्चित हुने, महिला र फरक क्षमता भएकाहरूको सामाजिक सुरक्षाको सुनिश्चिततालगायत विषयलाई प्रतिबद्धतापत्रमा समेटेको छ ।

शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्ने, देशभित्र रोजगारी सिर्जना गरी युवा पलायन रोक्दै आर्थिक समृद्धिको यात्रामा ऊर्जा, पर्यटन कृषि, औद्योगिकीकरणलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने जसपाले एजेण्डा अघि सारेको छ ।

त्यसैगरी राष्ट्रिय हित अनुकूल विदेश नीति अवलम्बन गर्दै सुशासन प्रवद्र्धनमा ध्यान दिने प्रतिबद्धतापत्रमा भनिएको छ । जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले सङ्घीयतालाई थप सुदृढ गर्दै संविधानको संशोधनमार्फत समेट्न बाँकी रहेका विषयलाई प्राथमिकता दिएर पार्टीले चुनावी प्रतिबद्धतापत्र ल्याएको बताए।

जसपाले मधेसी समुदायको राष्ट्रिय पहिचान र अधिकारको प्रत्याभूति गर्ने गरी नागरिकता समस्याको समाधन गर्ने नीति लिएको छ । मधेसी समुदायलाई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका निम्ति संयुक्त राष्ट्रसङ्घको घोषणाअनुरुपको आम्मनिर्णयको अधिकार हुने व्यवस्था हुनुपर्ने अवधारणा जसपाले अघि सारेको छ ।

जसपाले पाँच वर्षभित्र ऊर्जा शक्तिमा आत्मनिर्भर हुने नीति अवलम्बन गरी आगामी पाँच वर्षमा १० हजार मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बीमा कम्पनी आदिमा रहेको कोषलाई विद्युत् उत्पादनमा लगाउन प्रेरित गर्ने जसपाले जनाएको छ ।

हाल विद्यमान स्थायी लेखा ९प्यान०मा आधारित कारोबारको थ्रेसहोल्ड २० लाखबाट रु ५० लाख बनाउने र साना व्यावसायीको लेखाप्रणाली तथा व्यवसाय नवीकरणलाई सहज र सरल बनाउने नीति लिइएको छ ।

त्यसैगरी जसपाले ज्येष्ठ नागरिकलाई यातायातमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने अवधारणा ल्याएको छ । नेपाललाई पर्यटकीय दृष्टिकोणले अनतर्राष्ट्रिय गन्तव्य केन्द्रका रूपमा विकसित गर्दै यस क्षेत्रलाई रोजगारी र विदेशी मुद्रा आर्जनको स्रोतका रूपमा विकास गर्ने प्रतिबद्धतपत्रमा भनिएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १७:३८
##upendrayadav #jasapa
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ?
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ? शनिबार, जेठ ३०, २०८३
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ?
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ? शुक्रबार, जेठ २९, २०८३
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै बिहीबार, जेठ २८, २०८३
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ? शुक्रबार, जेठ २२, २०८३
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ?
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ? बिहीबार, जेठ २१, २०८३
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला?
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला? सोमबार, जेठ १८, २०८३
मानवअधिकार आयोगको प्रतिवेदनले हल्लियाे राज्यसत्ता
मानवअधिकार आयोगको प्रतिवेदनले हल्लियाे राज्यसत्ता बुधबार, जेठ १३, २०८३
किन एमालेमा अध्यक्ष ओली अल्पमतमा परे ?
किन एमालेमा अध्यक्ष ओली अल्पमतमा परे ? आइतबार, जेठ १०, २०८३
बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता
बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता आइतबार, जेठ ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
  • नंः २ नामी बहस
  • नंः ३ जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै
विचार
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्