Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • कीराले पनि खानु अगाडि प्रार्थना गर्छ 
कीराले पनि खानु अगाडि प्रार्थना गर्छ  - पुष्पकेशरी श्रेष्ठ, निवृत सहप्राध्यापक त्रि.वि.वि., कीट विज्ञ (Entomologist)
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज २७, २०८०

कीराहरु सर्वत्र पाइन्छ । जस्तोसुकै वातावरणमा पनि अनुकुल हुन सक्ने भएकाले कीराहरु जहाँतहीँ देखिएका छन्। हाल विश्वमा करिब दश लाख किराहरु व्याप्त छन्। यिनीहरु मध्ये कुनै चौर, जंगल फूलबारी तथा अन्य स्थानहरुमा पाइन्छन्, त कुनै पानी, ढुंगामुनि, माटो तथा कुहिएको वस्तुहरुमा पनि पाइन्छन्।

केही जातका कीराले मात्र मानिसको बासस्थानमा जीवन चक्र पूर्ण गरेको पाइन्छ। जबकि मानिसले यस्ता कीराहरुलाई हटाउने सक्दो प्रयास गर्दागर्दै पनि सफलतापूर्वक पैतृक बासस्थानमा रहिरहेका हुन्छन् ।

हुन त यी कीराहरुले हाम्रो हानी मात्र नगरी बाली विरुवा नाश गर्ने अन्य कीरालाई खाईदिने तथा फूलको परागशेचन क्रियामा मद्दत गर्ने गर्दछन्। केहि कीराहरु औषधियुक्त पदार्थ बनाउन र खाद्यका रुपमा पनि प्रयोग भइआएका छन्। यस लेखमा (आँखा फोडुवा) अंग्रेजीमा म्यान्टीड (Praying Mantid) वा म्यान्टीस (Praying Mantis) कीराको बारेमा जानकारी दिन खोजेकी छु।

यो कीरा फटेङ्ग्रा जस्तो हरियो देखिन्छ। आँखाले त्रिभुजाकार टाउको अधिकांश भाग ओगटेको हुन्छ। घाँटी लामो र अघिल्लो खुट्टामा धारिलो तीखो काँडैकाडा हुन्छ। काँडेदार खुट्टाले शिकार पक्रने र च्याप्ने काम गर्छ। पछिल्लो दुई जोडी सुरिलो खुट्टाले मात्र हिँड्ने काम गर्छन्।

अघिल्लो दुबै खुट्टा प्रणाम गरेको अबस्थामा बसी एकोहोरो हेरिरहने, बाधा पुर्याएमा पखेटा फैलाई तर्साउन खोज्ने स्वभावको हुन्छ। टाउको उठाई अघिल्लो काँडेदार दुबै खुट्टा प्रार्थना गरे झै बस्ने हुनाले अंगे्रजीमा यसलाई “प्रेयिङ्ग म्यान्टीस” भनिन्छ।

दूरदर्शक भएर टाढा हेरिरहने हुँदा नै ग्रीक भाषामा यस कीराको नामाकरण “म्यान्टीस” अर्थात “भविष्यवक्ता” भन्ने गरिन्छ र ईस्लामिक देशहरुमा उनीहरुको धार्मिकस्थल “मक्का” तिर हेरि पार्थना गरेका हुन भनि विश्वास गर्ने गरेको पाइन्छ।

कीट समुहको डिक्टोयोण्टेरा वर्गमा पर्ने साङ्लोको नातेदार यो कीरा मांशाहारी हुन्छन्। पहाडी भेगमा भन्दा तराई, गरम भेगतिर बढी पाइने, नेपालमा करिब पाँच किसिमभन्दा बढी पाइएको छ। यी मध्ये साधारण देखापर्ने हरियो ठूलो म्यान्टीस रेलिजिवसा (Mantis Religiosa) वैज्ञानिक नाम हो।

हरियो घाँस तथा वरिपरिका अन्य वातावरणसँग मिल्न सक्ने खुबी भएकाले यी शत्रुबाट बच्ने र शिकार फँसाउने युक्तिमा सिपालु हुन्छन्। शरीरको रंग पनि कुनै हरियो पात, कुनै सुकेको पात त, कुनै काठ जस्तै हुन्छ।

रंगीन फूलमा बस्ने म्यान्टीडको पखेटा फूलपाती झैं रंगीन र च्याप्टो हुन्छ। पुतली तथा अन्य कीराहरु फूल भनी झुक्किँदा यिनीहरुको आहारा बन्दछन्। वातावरण अनुसार शरीरको रंग बदल्न यी सक्षम हुन्छ। रंग बदल्ने काम दिन र रात दुबै समयमा गर्न सक्दछन्।

अन्य कीराहरुमा झैं म्यान्टीडको पनि संयुक्त आँखा र तीन वटा साधारण आँखा हुन्छन्। संयुक्त आँखाले दूरदर्शन यन्त्रको काम गर्ने हुँदा नै टाढा केही चलमलाएको देख्नासाथ एकटकले उतै हेर्दै सुस्त सुस्तरी अघि बढी उक्त स्थानमा पुगी, शिकारले चाल पाउनु अघि नै आहारा अबस्था बारे पत्तो दिने गर्दछ।

छातीदेखि घाँटीसम्म चेतनशील रौं हुन्छ। यी रौं ले शिकारको अवस्था बारे पत्तो दिन्छ। यी रौंहरु हटाएमा म्यान्टीडले शिकारको अवस्था पत्ता लगाउन सक्दैन। तीन वटा साधारण आँखाले ताप–सूचकको काम गर्दछ। 

फटेङ्ग्रा झ्याउँकीरी झैं यिनीहरु कहिल्यै कराएको सुनिदैन । नजिकै समाउन खोज्दा मात्र “हुस” आवाज निकाल्ने गर्दछ। लाटो भएपनि यिनीहरुको ध्वनि सुन्ने प्रणाली प्राणी जगतमा बेजोड मानिन्छ। प्रायः प्राणीहरुको कान टाउकोमा र पेटको दुबैतिर हुने गर्दछ। तर यिनीहरुको कान पछिल्लो खुट्टाको बिचमा हुन्छ।

यो करिब एक मि.लि. लामो धर्सो आकारको हुन्छ। कान नभएको म्यान्टीड पनि हुन्छ। कान नभएकाहरुको पखेटा सानो र छोटो हुन्छ। कुनै म्यान्टीडको पखेटा (बच्चा बाहेक) छोटो वा पखेटा नै छैन भने कान भएको बहिरो भनि थाहा पाउन सकिन्छ। भालेको पखेटा लामो हुने हुँदा सुक्ष्म ध्वनि सुन्ने क्षमता हुन्छ। पोथीको पखेटा छोटो हुने भएकाले सुक्ष्म ध्वनि सुन्ने क्षमता हुँदैन। यीनै कारणले पनि पोथी शत्रुको शिकार हुने गर्दछ ।

वातावरणसँग मिल्ने खुबी भएको कारणले नै शत्रु तथा शिकार फसाउँने युक्ति नै यसको मुख्य सम्पत्ति हुन आएको पाइन्छ। शिकार फसाउन आफ्नो शरीरसँग मिल्ने वातावरणमा अघिल्लो दुबै खुट्टा जोडेर प्रार्थना गर्ने अवस्थामा बसी शिकार पर्खने गर्दछ। शिकार फेला पर्नासाथ हिँड्ने खुट्टा चल्नु अघि नै कीरा पक्रने खुट्टाले समाती लुछालुछ गरी खाने गर्दछ। शिकार खाइसकेपछि फेरी पहिलेकै अवस्थामा बस्ने गर्दछ।

यिनीहरुका मुख्य शत्रु चरा, चमेरा र छेपारा हुन्। आफूतिर शत्रु आएको देख्नासाथ कीरा समात्ने खुट्टा र पखेटा सकेसम्म फैलाई उग्ररुप देखाउने गर्दछ। कुनै कुनैको पखेटामा आँखा जस्तो ठूलो ठूलो गोलो आकार हुन्छ। उडिरहेको बेला शत्रु देख्नासाथ कीरा पक्रने खुट्टा र पखेटा फैलाई उड्दा गोलो आकार डरलाग्दो आँखा झैं देखिनाले शत्रु तर्सने गर्दछ।

यिनीहरुमा पोथीले भाले खाने प्रवृत्ति पाइने हुनाले भालेहरु पोथीदेखि सतर्क हुन्छन्। आकारमा पोथी भालेभन्दा मोटो र लामो हुन्छ। भाले आफ्नो ज्यान जाने थाहा हुँदाहुँदै पनि समागम गर्न अग्रसर हुन्छ। समागमको समयमा भाले सुस्त सुस्तरी करिब एक से.मि.दुरी आधा घण्टा लाग्ने गरी पोथीतिर बढ्दछ। नजिक पुग्नासाथ अचानक उफ्रि ढाडमा चढी खुट्टाले च्यापी समागममा तल्लीन हुन्छ।

पोथीले भाले बसेको थाहा पाउनसाथ फरक्क फर्की भालेको टाउको खान्छ। तै पनि टाउको विना नै भाले समागममा तल्लीन रहन्छ। यिनीहरुका पेटमा हुने स्नायुकेन्द्रले पेटको हरेक कार्यको सञ्चालन गर्ने हुँदा, स्नायुकेन्द्र सक्रिय रहेसम्म यो जातीको टाउको विनाको भालेलाई अर्को पोथीको ढाडमा राखिदिएमा पनि भाले समागम गर्न सक्षम नै हुन्छ।

पोथी एकदम भोकाएको र गर्भवती भएको अवस्थामा पतिभक्षक वा भाले भक्षक हुने गर्छन्। भालेले समागम गर्न आउँदा पोथीले आहारा खाइरहेको छ भने भालेलाई आक्रमण गर्दैन। त्यो भाले भाग्यमानी हुन्छ।

म्यान्टीडको अनौठो आकार र प्रकृतिले गर्दा यिनीहरुप्रति विभिन्न धारणाहरु राखेको पाइन्छ। काँडेदार खुट्टा भएकाले यसले आँखा फोड्छ भन्ने कारणले यसको नाम नै आँखाफोडुवा रहेको हुनुपर्छ। यसको र्याल आँखामा परेमा आँखा अन्धो हुन्छ। गाईवस्तुले घाँस सँगसँगै यो कीरा खाएमा गाईवस्तु मर्छ भन्ने धारणा पाइन्छ। यिनै कारणले गर्दा यिनीहरुलाई देख्नासाथ डराउने र मार्ने गरिन्छ ।

यिनीहरु आर्थिक महत्वका कीरा हुन्। यिनीहरुले बालीनाशक कीरा फटेङ्ग्रा, सलह, झुसिलकीरा आदि खाने गर्दछन्। कहिलेकाहीँ उपयोगी मौरी पनि खाने गर्दछ। यिनीहरुको उपयोगिताको कारणले नै अमेरिकामा म्यान्टीड, चीन तथा युरोपबाट ओसारी पालेका थिए। यिनीहरुबाट नै म्यान्टीडको उपयोगिता बारे विश्वव्यापी प्रचार पनि गरेका थिए। 

यस्ता उपयोगी कीराको संख्यामा कमी हुँदै गएमा नेपाल जस्तो कृषिप्रधान देशमा कृषिले थोरै भएपनि आर्थिक महत्वका सहयोगी गुमाउनु पर्ने अवस्था आउछ। बेलैमा यिनीहरुको संरक्षणतिर पनि ध्यान जानु आवश्यक देखिन्छ।

अनि याे पनि : 

नामी साप्ताहिक

प्रकाशित मिति २०८० साल असाेज १२ गते शुक्रबार   

  

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १३:१३
##pushpakesharishrestha #mantid #mantis
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी शनिबार, असोज १०, २०८३
महिनावारी सुकेपछि हुने चर्को गर्मी
महिनावारी सुकेपछि हुने चर्को गर्मी सोमबार, असोज ५, २०८३
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न शनिबार, असोज ३, २०८३
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प बुधबार, भदौ २४, २०८३
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ?
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ? मंगलबार, भदौ १६, २०८३
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग मंगलबार, भदौ ९, २०८३
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत मंगलबार, साउन १२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ रूम नं १९४
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्