Top Navigation
Main Navigation
बुधबार, माघ २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, माघ २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकार र प्रदेश पुनः नामाकरण सङघर्ष समितिवीच पाँच बुँदे सहमति
सरकार र प्रदेश पुनः नामाकरण सङघर्ष समितिवीच पाँच बुँदे सहमति कोशी प्रदेश
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, माघ २६, २०८०
koshi province

विराटनगर, मोरङ । कोशी प्रदेश सरकार र प्रदेश नं १ पुनः नामाकरण संयुक्त सङघर्ष समितिवीच विहानदेखि बसेको वार्तामा पाँच बुंदे सहमती कायम भएको छ।

प्रदेश सरकार वार्ता समितिका संयोजक भौतिक पूर्वाधार  विकास मन्त्री कमलप्रसाद जवेगु, पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र सदस्य सचिव आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल र संयुक्त सङ्घर्ष समितिका सदस्यहरुवीच भएको वार्तापछि उक्त्त जानकारी दिइएको हो।

सहमतीमा प्रदेशको पुनः नामारकण सम्वन्धमा सहमती हुने राजनीतिक वातावरण बनाउने एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल वढाउने, आन्दोलन पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनैतिक गतिविधि अगाडि वढाउने र सरकारकोतर्फबाट कुनैपनि प्रकारको बल प्रयोग नगर्ने, पहिचानको आन्दोलनको क्रममा भएका घाइतेहरुको उपचारको व्यवस्थापन, परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रवन्ध गर्नेछ।

यस्तै अन्य सहमतीमा पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरुको रिहाई र मुद्दा चलाईएका व्यक्तिहरुको मुद्दा फिर्ताको प्रक्रिया प्रदेश सरकारले आगाडि वढाउने र अर्को वार्ताको मिति दुवै पक्षका वार्ता समितिका संयोजकहरुकोले आपसमा समन्वय गरी फागुन १० गते भन्दा अगाडि वस्ने गरी समय र स्थान निर्धिारण गरिने निर्णय भएको छ।

वार्ता समितिका संयोजक मन्त्री जबेगुले सञ्चारकर्मीहरुसँग कुरा गर्दै वार्ताले प्रदेश सभाका सदस्यहरुले आफ्नो क्षेत्रमा राजनैतिक गतिविधि गर्न पाउनुका साथै सरकारले सहमतीलाई कार्यान्वयन गर्न अगाडि वढ्ने जानकारी दिएका हुन्।

वार्ता समितिका सदस्य मन्त्री उप्रेती वार्तापछि सरकारले संसदभित्र सहमती खोज्ने, दलहरुलाई नामाकरणमा सहमती गराउने जस्ता गतिविधि गर्ने बताए।

पुनः नामाकरण सङघर्ष समितिका अध्यक्ष डकेन्द्र सिंह थेगिमले  नामाकरण विषयमा प्रदेश सभा सदस्यहरुलाई आफ्नो क्षेत्रमा बोलाउने छलफल गर्ने आन्दोलनरत पक्षले शान्तिपूर्ण गतिविधि गर्ने सहमती  भएको विचार राखेका थिए।

वार्तामा पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिका अध्यक्ष थेगिम, किरात याक्थुङ चुम्लुङका उपाध्क्ष गोविन्दवहादुर आङबुहाङ, किरात राई यायोखाका उपाध्यक्ष  युबराज राई,  नेपाल आदिवासी जनजाति महासंघका महासचिब दिवस राई र  नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा सहभागी थिए।

यसैगरी अन्य सहभागीहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञचका अध्यक्ष कुमार लिङदेन मिराक,  लिम्बु संघ समाजबादी उपाध्यक्ष पदम लिम्बु, किराँती राष्ट्रिय मोर्चाका महासचिव अर्जुन जमेली राई, लिम्वुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावती, राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव पदम जबेगु र नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय महासचिव चन्द्रकुमार चौधरी थिए। 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १५:५०
##province1 #koshiprovince #koshistate #state #koshi #pradesh1 #nepal
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभा निर्वाचन: फागुन ३ देखि १७ गतेसम्म देशभर मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्दै आयाेग
प्रतिनिधिसभा निर्वाचन: फागुन ३ देखि १७ गतेसम्म देशभर मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्दै आयाेग बुधबार, माघ २९, २०८२
मुस्ताङकाे एक मतदानस्थलमा जम्मा ३६ मतदाता
मुस्ताङकाे एक मतदानस्थलमा जम्मा ३६ मतदाता बुधबार, माघ २९, २०८२
यस्ता छन् नेपाली कम्युनिस्ट पार्टीका प्रतिबद्धता ? 
यस्ता छन् नेपाली कम्युनिस्ट पार्टीका प्रतिबद्धता ?  बुधबार, माघ २९, २०८२
जेन–जी आन्दोलनबाट जन्मिएको ‘नयाँ राजनीतिक शक्ति’ नेकपा हो : प्रचण्ड
जेन–जी आन्दोलनबाट जन्मिएको ‘नयाँ राजनीतिक शक्ति’ नेकपा हो : प्रचण्ड बुधबार, माघ २९, २०८२
लोकप्रियतावादले लोकतन्त्र र समाजवादमाथि निरन्तर प्रहार प्रहार: प्रचण्ड
लोकप्रियतावादले लोकतन्त्र र समाजवादमाथि निरन्तर प्रहार प्रहार: प्रचण्ड मंगलबार, माघ २८, २०८२
कुन-कुन जिल्लाकाे मतपत्र छपाइ सकियाे ?
कुन-कुन जिल्लाकाे मतपत्र छपाइ सकियाे ? मंगलबार, माघ २८, २०८२
जापानको भ्रमण पूरा गरि राष्ट्रपति पौडेल स्वदेश फिर्ता
जापानको भ्रमण पूरा गरि राष्ट्रपति पौडेल स्वदेश फिर्ता बुधबार, माघ २२, २०८२
निर्वाचनकाे लागि  कांग्रेसका केन्द्रीय प्रतिनिधि जिल्ला जिल्लमा 
निर्वाचनकाे लागि कांग्रेसका केन्द्रीय प्रतिनिधि जिल्ला जिल्लमा  बुधबार, माघ २२, २०८२
निर्वाचन सुरक्षा लागि चारै सुरक्षा निकाय फिल्डमा
निर्वाचन सुरक्षा लागि चारै सुरक्षा निकाय फिल्डमा बुधबार, माघ २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सम्पदाहरू जल्दै गर्दा दुखेको मन
  • नंः २ अर्थतन्त्रलाई चलायमान बनाउन ‘उदयपुर एक्स्पो-२०८२’
  • नंः ३ हिउँदे फलफुलबाटै उदयपुरमा वर्षमै ३१ करोड भित्रियाे
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ खाेटाङ र उदयपुर जाेड्ने  सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन
विचार
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्