Top Navigation
Main Navigation
बुधबार, माघ ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, माघ ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकार र प्रदेश पुनः नामाकरण सङघर्ष समितिवीच पाँच बुँदे सहमति
सरकार र प्रदेश पुनः नामाकरण सङघर्ष समितिवीच पाँच बुँदे सहमति कोशी प्रदेश
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, माघ २६, २०८०
koshi province

विराटनगर, मोरङ । कोशी प्रदेश सरकार र प्रदेश नं १ पुनः नामाकरण संयुक्त सङघर्ष समितिवीच विहानदेखि बसेको वार्तामा पाँच बुंदे सहमती कायम भएको छ।

प्रदेश सरकार वार्ता समितिका संयोजक भौतिक पूर्वाधार  विकास मन्त्री कमलप्रसाद जवेगु, पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र सदस्य सचिव आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल र संयुक्त सङ्घर्ष समितिका सदस्यहरुवीच भएको वार्तापछि उक्त्त जानकारी दिइएको हो।

सहमतीमा प्रदेशको पुनः नामारकण सम्वन्धमा सहमती हुने राजनीतिक वातावरण बनाउने एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल वढाउने, आन्दोलन पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनैतिक गतिविधि अगाडि वढाउने र सरकारकोतर्फबाट कुनैपनि प्रकारको बल प्रयोग नगर्ने, पहिचानको आन्दोलनको क्रममा भएका घाइतेहरुको उपचारको व्यवस्थापन, परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रवन्ध गर्नेछ।

यस्तै अन्य सहमतीमा पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरुको रिहाई र मुद्दा चलाईएका व्यक्तिहरुको मुद्दा फिर्ताको प्रक्रिया प्रदेश सरकारले आगाडि वढाउने र अर्को वार्ताको मिति दुवै पक्षका वार्ता समितिका संयोजकहरुकोले आपसमा समन्वय गरी फागुन १० गते भन्दा अगाडि वस्ने गरी समय र स्थान निर्धिारण गरिने निर्णय भएको छ।

वार्ता समितिका संयोजक मन्त्री जबेगुले सञ्चारकर्मीहरुसँग कुरा गर्दै वार्ताले प्रदेश सभाका सदस्यहरुले आफ्नो क्षेत्रमा राजनैतिक गतिविधि गर्न पाउनुका साथै सरकारले सहमतीलाई कार्यान्वयन गर्न अगाडि वढ्ने जानकारी दिएका हुन्।

वार्ता समितिका सदस्य मन्त्री उप्रेती वार्तापछि सरकारले संसदभित्र सहमती खोज्ने, दलहरुलाई नामाकरणमा सहमती गराउने जस्ता गतिविधि गर्ने बताए।

पुनः नामाकरण सङघर्ष समितिका अध्यक्ष डकेन्द्र सिंह थेगिमले  नामाकरण विषयमा प्रदेश सभा सदस्यहरुलाई आफ्नो क्षेत्रमा बोलाउने छलफल गर्ने आन्दोलनरत पक्षले शान्तिपूर्ण गतिविधि गर्ने सहमती  भएको विचार राखेका थिए।

वार्तामा पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिका अध्यक्ष थेगिम, किरात याक्थुङ चुम्लुङका उपाध्क्ष गोविन्दवहादुर आङबुहाङ, किरात राई यायोखाका उपाध्यक्ष  युबराज राई,  नेपाल आदिवासी जनजाति महासंघका महासचिब दिवस राई र  नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा सहभागी थिए।

यसैगरी अन्य सहभागीहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञचका अध्यक्ष कुमार लिङदेन मिराक,  लिम्बु संघ समाजबादी उपाध्यक्ष पदम लिम्बु, किराँती राष्ट्रिय मोर्चाका महासचिव अर्जुन जमेली राई, लिम्वुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावती, राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव पदम जबेगु र नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय महासचिव चन्द्रकुमार चौधरी थिए। 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १५:५०
##province1 #koshiprovince #koshistate #state #koshi #pradesh1 #nepal
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी मंगलबार, माघ ७, २०८२
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता मंगलबार, माघ ७, २०८२
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल मंगलबार, माघ ७, २०८२
प्रतिनिधिसभा निर्वाचनकाे आज उम्मेदवारी दर्ता 
प्रतिनिधिसभा निर्वाचनकाे आज उम्मेदवारी दर्ता  मंगलबार, माघ ७, २०८२
आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदै
आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदै सोमबार, माघ ६, २०८२
६३ दलका ३ हजार २१३ समानुपातिक उम्मेदवार
६३ दलका ३ हजार २१३ समानुपातिक उम्मेदवार आइतबार, माघ ५, २०८२
यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम
यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम शनिबार, माघ ४, २०८२
नेपाली काँग्रेस विभाजन हुनु राम्रो होइन्:  प्रचण्ड
नेपाली काँग्रेस विभाजन हुनु राम्रो होइन्:  प्रचण्ड शनिबार, माघ ४, २०८२
भाेलिदेखि नियमित रुपमा राष्ट्रियसभाको हिउँदे अधिवेशन हुने
भाेलिदेखि नियमित रुपमा राष्ट्रियसभाको हिउँदे अधिवेशन हुने शनिबार, माघ ४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ओलीको निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा बालेन 
  • नंः २ यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम
  • नंः ३ प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ विभाजित कांग्रेस: वैधानिकतामा निर्वाचन आयोगको कठिन परीक्षा
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्