Top Navigation
Main Navigation
आइतबार, वैशाख २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, वैशाख २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • पर्यटकलाई पर्खिरहेकाे छ लमजुङकाे घलेगाउँ
पर्यटकलाई पर्खिरहेकाे छ लमजुङकाे घलेगाउँ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, भदौ २४, २०८१

लमजुङ । प्राकृतिक विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल। अनि फेदमा घलेहरुको बाहुल्यता रहेको गाउँ। ऐतिहासिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको गाउँ हो यो ।

जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुन्दी सतहदेखि दुई हजार सय मिटर उचाइमा अवस्थित घलेगाउँ क्व्होलासोथर गाउँपालिका-३ मा पर्दछ ।

यस गाउँमा जिल्लाभरमै सबैभन्दा बढी पर्यटक आउने गर्छन् ।  मुलुककै पहिलो स्मार्ट भिलेज, खुसी गाउँ र दक्षिण एसियाकै नमूना गाउँको रुपमा परिचित छ । जिल्लाका धेरै गुरुङ गाउँहरुले पर्यटकीय सम्भावना बोकेका छन । यीमध्ये घलेगाउँ फरक शैली र पर्यटन क्षेत्रमा फड्को मार्दै जिल्लाकै उदारणीय गाउँको रुपमा परिचित छ ।

यतिबेला यहाँका स्थानीय एवं घरबास (होमस्टे) सञ्चालकहरु पर्यटकको पखाईमा छन् । दैनिक दुई सय देखि तीन सय पर्यटक आगमन हुने यहाँ  वर्खा लागेसँगै पर्यटकको आगमन ह्वात्तै घटेपछि सुनसान जस्तै बनेको छ । त्यसैले घरवास सञ्चालकहरु यतिबेला वर्खायाम सकिने क्रमसँगै पर्यटकको स्वागत, सत्कार गर्न आतुर भएका हुन् ।

ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव तथा घरवास सञ्चालक दीर्घराज घलेले असार लागेसँगै पर्यटक नहुँदा सुनसान रहेको यस गाउँमा अब वर्खा सकिन लागेकाले मौसम सफा हुने, यहाँ आउने बाटोहरु सफा हुने भएकाले पर्यटक आउने बेला हुन लागेको बताए।

यहाँका घरवास सञ्चालकले यतिबेला सुत्ने कोठाहरु सफा गर्ने, पर्यटकका लागि आवश्यक सामग्री तयार गर्न थालेको उनको भनाइ छ। घरवास सञ्चालक हेमकुमारी गुरुङले भने, “वर्खा लागेर तीन महिना पर्यटक ठप्प जस्तै हुँदा दुई चार पैसासमेत आम्दानी छैन, अब वर्खा सकिन लाग्यो पर्यटक आउने र आम्दानी हुने पर्खाइमा छौँ ।”  यहाँका अधिकांश घरवास सञ्चालकको मुख्य आम्दानीको स्रोत नै पर्यटन हो।

यहाँ पर्यटकीय सिजनमा प्रति घरवासले ५० हजारभन्दा बढी आम्दानी गर्छन् । पर्यटक नहुँदा फुर्सदिला बनेका घरवास सञ्चालक पर्यटक पर्खदै उनीहरुका लागि आवश्यक अर्गानिक सामग्रीको तयारीमा व्यस्त छन्। गाउँमा आएका पर्यटकलाई स्थानीयले स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा लगाइदिने गर्दछन्।

अनि गुन्द्रुक, मकै भटमास, कोदोको सेलरोटी, चियालगायत परिकारहरु खुवाउँछन्। स्वागत र विभिन्न परिकारहरु पर्यटकलाई दिएपछि गुरुङ संस्कृतिको गीत तथा नाचहरु प्रस्तुत गरी पर्यटकलाई भरपूर मनोरञ्जन दिलाउँछन्।

पर्यटकलाई घरमा लगेर गुरुङ संस्कारमा आधारित घाटु, कृष्ण चरित्र नाच, घ्याबे्र, लामा, सोरठीलगायतका परम्परागत नृत्यहरु प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो । यसबाट आफ्ना संस्कार र संस्कृतिको जर्गेना हुने र पर्यटकले यसबारे जानकारीसँगै मनोरञ्जन लिने गरेको पर्यटन व्यवस्थापन समिति, घलेगाउँका अध्यक्ष तथा क्होलासोथर गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर घलेले बताए।

पर्यटकको पर्खाइमा बसेका घलेगाउँबासीहरु पर्यटक आगमन हुँदा उत्साहित हुने उनको भनाई छ। घलेगाउँमा घरवासको क्षमताभन्दा बढी पर्यटक आउने बेलामा अन्य छिमेकी गाउँका घरवासमा पठाउने गरेको उनले जानकारी दिए ।

उक्त समितिका अनुसार विसं २०५७ बाट सञ्चालनमा आएको यस घरबासमा यतिबेला ४४ घरमा घरवास (होमस्टे) सञ्चालनमा छन्। एक रातमा तीन सय जना बास बस्ने क्षमता छ । साथै यहाँ २ वटा होटल सञ्चालनमा छन् ।

घरवासमा पुगेका पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइ राख्न जुटेका उनीहरुको जातिय पहिचानसहित सांस्कृतिक नृत्य प्रस्तुत गर्ने गर्दछन् ।

विसं २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो।

स्मार्ट भिलेज तथा खुसी गाउँ घोषणा केही वर्षअघि भइसकेको छ । नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गमथलो तथा घलेराजाले अन्तिम राज्य सञ्चालन भएको गाउँ हो यो । यस गाउँमा करिब एक सय ३५ घरधुरी छन्। 

यहाँबाट ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु हिमाल, ७ हजार ८ सय ३५ मिटरमा रहेको ङादीचुली (डा हर्क हिमाल), ७ हजार ९ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६ हजार ९ सय ६३ मिटर उचाइको माछापुच्छ्रे हिमाल, ७ हजार ८ सय ९३ मिटर उचाइको हिमालचुली, ६ हजार ९ सय ८६ मिटर उचाइको लमजुङ हिमाल र ६ हजार ६ सय ७२ मिटर उचाइको बुद्व हिमाल देखिन्छ।

यहाँ अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ । घलेगाउँमा प्रतिव्यक्ति एक रातको १ हजार ३ सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ ।

साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन्। घलेगाउँ काठमाडौंँबाट तनहुँको डुम्रे बजार हुँदै बेँसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहरसम्म १ सय १० किमीको दूरीमा रहेको छ ।

बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०७:२०
##ghalegaun #lamjung #tourist
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी सोमबार, वैशाख १४, २०८३
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति बुधबार, वैशाख ९, २०८३
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा शनिबार, वैशाख ५, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक मंगलबार, वैशाख १, २०८३
बोल्नै नपर्ने खाजा घर
बोल्नै नपर्ने खाजा घर मंगलबार, वैशाख १, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
रुप्सेले कसको मन लोभ्याउँदैन र ?
रुप्सेले कसको मन लोभ्याउँदैन र ? आइतबार, चैत १५, २०८२
दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने
दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने आइतबार, चैत १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
  • नंः २ सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
  • नंः ३ कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
  • नंः ४ बालेन सरकारको एक महिनाः १०० बुँदे महत्त्वाकांक्षामा कार्यान्वयन कति ?
  • नंः ५ नामी साप्ताहिक
विचार
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति शारदा बजगाईँ
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? NamiNews- नामीन्यूज
सरकारको महिना दिन: असफलता र सफलता   
सरकारको महिना दिन: असफलता र सफलता    NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्