Top Navigation
Main Navigation
बिहीबार, असार ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, असार ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • पञ्चशील मानवको मूल आधार–दुःखको मुहानवाट मुक्ति पाउने मूलमन्त्र
पञ्चशील मानवको मूल आधार–दुःखको मुहानवाट मुक्ति पाउने मूलमन्त्र - शारदा शाक्य
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज ५, २०८१

काठमाडौं। अरुको हिंसा नगर्नु, झुटो नबोल्नु, चोरी नगर्नु, व्यभिचारी नबन्नु र मध्यपान नगर्नु नै बुद्ध धर्मको आधारभूत पाँच शीलहरु हुन। जुन भगवान बुद्धले प्रतिपादित गरेको सिद्धान्त हो। जसलाई बुद्धधर्ममा पञ्चशील भन्ने गरिन्छ।

बुद्ध धर्मको महान ग्रन्थ त्रिपिटक अन्तर्गत् रहेका पाँच शीलहरु अधिकांश मानिसको जीवनको लागि मूलआधार हो। जुन मानव जीवनको बालापनदेखि सिक्ने र सिकाउने कार्य हुन्छ। मानिसहरु पञ्चशीलको यही सिद्धान्तमा हिंड्ने गरेको भए निश्चित रुपमा कोही दुःखी हुदैन।

यद्यपि, मानिसहरु पञ्चशील सिद्धान्तमा बुझेर पनि बुझ पचाएर हिंड्ने गरेको पाइन्छ। जुन दुःखको मूल मुहान हो। दुःखको मूल मुहानवाट मुक्ति प्राप्तिका लागि पञ्चशीलको सिद्धान्त पालना गरेमा कोही पनि दुःखी नबन्ने र सवैतिर शान्ति तथा अमैनचयन कायम हुने विश्वास गरिन्छ।

बौद्ध दर्शनको पञ्चशीलमध्ये सबैभन्दा पहिले, शान्तिपूर्ण सहअस्तित्वलाई महत्व दिइएको छ । जसमा प्राणी हिंसाको विरोध गरिएको छ। पञ्चशील आफैंमा कसैलाई बाध्यकारी व्यवस्थाको रुपमा उल्लेख नगरिएकोले यो कुनैपनि धर्ममा अनिवार्य गरिएको छैन। तर, शान्तिपूर्ण सहअस्तित्वले कुनैपनि मानिसले प्राणी हिंशा नगरोस् भन्ने चाहना राख्छ ।

त्यस्तै, दोस्रो शीलको रुपमा आन्तरिक मामलामा अहस्तक्षेप, शीललाई हामीले झुटो बोल्न नहुने विषयसँग जोड्ने गरिन्छ । त्यस्तै, तेस्रो शीलको रुपमा रहेको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मानलाई मान्ने गरिन्छ । यसका अलावा चौथोमा अनाक्रमण र पाँचौं शीलमा समानता सहितको पारस्परिक लाभलाई लिने गरिन्छ।

धेरै मानिसहरुले जन्मिएर आफ्नो बालापन गुजार्ने समयमा नै पञ्चशीलको शिक्षा सिकेको हुन्छ। केवल सिकाउने शैली फरक हुन सक्छ। तर, हामीले बालापनमा सिकेको पञ्चशीलको सिद्धान्त र बौद्ध दर्शनले सिकाउने पञ्चशीलमा कुनै फरक देखिँदैन। मात्रै हामीले घरमा सिकेको पञ्चशील र बौद्ध दर्शनमा सिकाएको पञ्चशीलको ज्ञान प्राप्त गर्ने विधि फरक पाइन्छ ।

शाक्यमुनी भगवान बुद्धले देखाएको बाटोलाई सहज मान्नेहरुले सबैभन्दा पहिले सिक्ने कुराहरु हुन्, चार आर्य सत्य, अष्टाङगिक योग मार्ग, पञ्चशीलको सिद्धान्त आदि । यी सबै दार्शनिक कुराहरु हुन्, जसको एकभन्दा धेरै अर्थ पनि लाग्ने गर्छ । बुद्ध भन्ने नाम नभएर विशेषण शब्द हो। जो ज्ञानी छ वा जसले जानेको छ । त्यो नै बुद्ध हो ।

त्यसैले जसले जीवनलाई बुझेको छ। त्यो नै बुद्ध हो । त्यसैले शाक्य मुनी बुद्धभन्दा पनि पहिले धेरै बुद्धहरुले जीवनको अस्तित्व बुझिसकेका थिए। तर, उनीहरु केवल अर्हत् भए भने शाक्य मुनी बुद्धले आफूले पाएको ज्ञान प्रसार गरे । त्यसैले अर्हत् र बोधिसत्वमा फरक पाइन्छ। आफूले ज्ञान पाएपछि त्यत्तिमा सीमित हुनुलाई अर्हत् हुनु भनिन्छ भने त्यसलाई प्रसार पनि गर्नुलाई बोधिसत्व मानिन्छ ।

शाक्य मुनी बुद्धले ज्ञानपाएपछि आफ्ना शिष्यहरुलाई ४ आर्यसत्यको बारेमा बताए । जुन उनले आफ्नो कठोर तपस्याबाट प्राप्त गरेका थिए । यसप्रकार रहेको छ :-

१. मानिसको जीवनमा दुःख छ - यसको अर्थ हुन्छ, जरामृत्युको कारण मानिसमा दुःख पैदा हुन्छ । मानिसले कुनै पनि कुरा प्राप्त गरेपछि त्यसमा आशक्ति राख्न थाल्छ, मानिस सधैं तन्नेरी हुँदा, रोगमा, मृत्युमा, प्रियतमभन्दा टाढा हुँदा या अरु कुरामा पनि सबैमा दुःख छ। यसको अर्थ हो। सबै कुरामा दुःख छ।

२. दुःखको कारण छ - यी सबै दुःखहरुको कारण पनि छ । तृष्णा या चाहना दुःखको मुख्य कारण हो । तृष्णा पूरा हुन नसकेपछि त्यसैको लागि पनि मानिसले फेरि संसारमा सशरीर आउने गर्छ। त्यो नै दुःखको कारण हो । त्यसैले दुखको कारण नै तृष्णा या चाहना हो।

३. दुःखको अन्त्य हुनसक्छ - यो दुःखबाट मुक्त हुन सकिन्छ । तृष्णाबाट मुक्ति पाउनु नै दुःखबाट मुक्ति पाउनु हो।

 ४. दुःख निरोधको मार्गहरु छन् -बुद्धले नै तृष्णाबाट मुक्त हुनको लागि आर्य अष्टांग मार्ग देखाएका छन्। सोही अष्टाङ्ग मार्ग अन्तर्गत् निम्न विषयहरु पर्छन्। सम्यक दृष्टिः चार आर्य सत्यमा विश्वास गर्नु । सम्यक संकल्पः मानसिक र नैतिक विकासको प्रतिज्ञा गर्नु। सम्यक वाकः हानिकारक कुरा नगर्न र झूट नबोल्नु । सम्यक कर्म : हानिकारक कर्महरू नगर्नु । सम्यक जीविका कुनै पनि स्पष्टतः या अस्पष्टतः हानिकारक व्यापार नगर्नु। सम्यक प्रयासः कमजोरीलाई आफै सुधार्ने कोसिस गर्नु ।

सम्यक स्मृति - स्पष्ट ज्ञानबाट देख्ने मानसिक योग्यता पाउनको कोसिस गर्नु। सम्यक समाधि : निर्वाण पाउनु वा स्वयंमा गायब हुनु। यी विषयहरुहरु मध्ये धेरै कुराहरु घरमा नै पारिवारिक रुपमा गर्न सकिने कामहरु हुन् । त्यसैले पञ्चशील सिद्धान्तलाई पालन गर्न र गराउन सकेमा सर्वत्र शान्ति नै शान्ति हुने गर्दछ।

नामी साप्ताहिकवाट

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०८:५७
प्रतिक्रिया दिनुहोस्
थप समाज
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द बुधबार, जेठ २७, २०८३
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते मंगलबार, जेठ १९, २०८३
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण सोमबार, जेठ १८, २०८३
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति आइतबार, जेठ १७, २०८३
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन शनिबार, जेठ १६, २०८३
पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा
पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा बुधबार, जेठ १३, २०८३
कटारी प्रादेशिक अस्पतालमा संकट सुरु
कटारी प्रादेशिक अस्पतालमा संकट सुरु बुधबार, जेठ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
  • नंः २ नामी बहस
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
  • नंः ५ कांग्रेस लास र दासको पार्टी होइन, त्यै हिम्मतमा त्यै नैतिक धरातलमा उभिएर आज बोल्न सकिरहेका छौं ।
विचार
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्