Top Navigation
Main Navigation
आइतबार, वैशाख २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, वैशाख २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • पूर्णबहादुरको सारङ्गीले रुवाए धरधरी
पूर्णबहादुरको सारङ्गीले रुवाए धरधरी - मधु शाही
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, मंसिर ३, २०८१

काठमाडौँ । “हेलो ! मधु जी नमस्कार । फिल्म प्रदर्शन भएको तीन दिन भइसक्यो, केही लेखिदिनु पर्यो”, तिहारताका चलचित्र पूर्णबहादुर सारङ्गीका ‘हिरो’ विजय बरालले फोनमार्फत भनेको थियो ।

उनको फोन आउँदा मर्दी हिमालको पदयात्रामा थिएँ । नेटवर्कको समस्याले आवाज राम्रोसँग सुनिएन। मैले काठमाडौँ फर्किएपछि लेखौँला भनेर फोन राखिदिएँ ।

चार दिनको पदयात्रा पूरा गरेर काठमाडौ फर्किंदा फिल्मको बारेमा चर्चा नगर्ने सायदै कोही थिए। चर्चा मात्रै होइन फिल्म हेरेर सामाजिक सञ्जालका भित्तामा आँसु खसालेका दृश्य पनि सँगसँगै राखिरहेका थिए ।

नेपाली कलाकारिता क्षेत्रमा विजय बराल नौलो नाम होइन तर यो तहको चर्चा सायद पहिलोपटक भएको होला। अझ भनौँ उनी एकाएक ‘चर्चित’ भए । सामाजिक सञ्जालमा चलचित्र हेरेर रुँदै हलबाट निस्किने दृश्यले बरालको अभिनयको तारिफ जताततै भइरहेको थियो। मैले चलचित्र हेरेकी थिइनँ । त्यसैले रुने कुरा पनि भएन !

हल सबै ‘हाउसफुल’ थिए । एक साता धैर्य गरे । यद्यपि हल भरिएकै छ । जसरी बरालले फिल्म चलेन भनेर फोन गरेको थियो, मैले उसै गरी उनलाई फोन गरेर भने, “विजयजी फिल्म हेर्न पाइनँ, सबै हाउसफुल छ । कसरी समीक्षा गरौँ ?,” उनले निकै हार्दिकताले भने, “म मिलाउँछु नि !”

बराल अभिनयले जति अब्बल छन्, यति नै लचिलो मानवीय स्वभाव छ । झन्डै १६ वर्षदेखि मण्डला थिएटरमा उनले रङ्गकर्मीका रुपमा निरन्तर गर्दै आएको सङ्घर्ष र अभिनयप्रतिको लगाव मैले प्रत्यक्ष देख्ने र लेख्ने अवसर पाएको छु।

अभिनय नै सबैथोक मान्ने कलाकारमध्ये उनी पनि एक हुन् । जतिबेला नाटक मञ्चन गरी थिएटरबाट बाहिर निस्किन्थे उनको म प्रति उल्टो प्रश्न हुन्थ्यो, “मधुजी, मलाई प्रशंसा गरेर नलेख्नु । जे महसुस हुन्छ यथार्थ आलोचनात्मक लेख्नु है !”

जुन कलाकारले कटु आलोचनालाई पचाउन सक्दैन ऊ धारिलो हुँदैन । विजय बराल यस सन्दर्भमा असाध्यै लचिलो कलाकार हो। उनी अभिनीत पूर्णबहादुरको सारङ्गीको लोकप्रियताले यसको पुष्टि गरिसकेको छ।

पूर्णबहादुरको सारङ्गी भनौँ या विजय बरालको सारङ्गी पर्यायवाची जस्तै छ अहिले, किनकि चलचित्रमा विजय बराल आफू हराएर पूर्णबहादुर पात्रका रुपमा उत्रिएको छ ।

सायद उनी ओशोले कलाकारको सन्दर्भमा भनेको भनाइबाट प्रभावित छन्। कुनै सन्दर्भमा ओशोले भनेको छ, “जीवन अभिनय गरे जस्तै गरी जिउनु र अभिनय जीवन जिए जस्तै गरी गर्नु !” बरालले दिलोज्यान लगाएर यस फिल्ममा पात्र अनुकूल अभियन गरेको छ तर प्रश्न यतिमै टुङ्गिँदैन । एउटा चलचित्र के हो ? कल्पना, यथार्थ घटना, समाजको ऐना, रुपान्तरणको प्रयास वा व्यापार ?

साहित्यकार अमर न्यौपानले किताब जात्राको छैटौँ संस्करणको संवादका क्रममा भनेको छ कि साहित्य समाजको ऐना हो भनेर मात्रै पुग्दैन, समाज रुपान्तरण र परिवर्तनका आधार सिर्जना गर्ने क्रान्ति पनि हो ।

लेखक न्यौपानेको बुझाइ सापटी लिने हो भने पूर्णबहादुरको सारङ्गी रुपान्तरण र क्रान्तिभाव जागरणमा चुकेको छ। समाजको अत्यन्त पिँधमा पारिएका दलित समुदायको प्रतिनिधित्व गर्ने पात्र हो, पूर्णबहादुर ।

उसले आफू अपमानित भइरहेको समाजबाट उन्मुक्त हुन नसकेको बेला छोराको चम्किलो भविष्य कसरी पूरा गर्न सक्छ ? चलचित्रले यो प्रश्नलाई भगवानको भरोसा छोडिदएको छ ।

छोराले पूर्णबहादुरलाई पटक पटक सोध्छ, “तिमीलाई किन हेप्छन् बा ?” खासमा चलचित्रले यसको उत्तर दिनुपर्ने हो तर एउटा गाइने समुदायको गरिबी देखाएर मानवीय संवेदना बटुल्न खोज्दै चलचित्र व्यावसायिक बनाउनु न्यायोचित छैन।

चलचित्रले उठाउने मुद्दा र पात्रहरुमा सकारात्मक रुपान्तरण ल्याउन जरुरी थियो, यदि साहित्य रुपान्तरणको आधार हो भने। चलचित्र समाजको दर्पण मात्रै हो भने त्यो दर्पण नेपाली समाजलाई देखाइरहन जरुरी छैन, थिएन।

हाम्रो समाजले जातीय तथा लैङ्गिक आधारमा हुने हिंसा र अपमान, गरिबी, सीमान्तकृत हुनुको पीडाबारे हाम्रो समुदाय बेखबर वा अञ्जान छैन । बरु त्यो पीडा ‘कठै’ वा ‘विचरा’मा सीमित छ । अझ अगाडि भन्ने हो भने यो विचारमा मात्रै कैद छ।

गणतान्त्रिक शासन व्यवस्था अपनाएको डेढ दशक नाघेको समाजले अब ती दलित र सीमान्तकृत पात्रलाई विचरा वा कठै वा विचारमा होइन, राज्य र समुदायले उसमाथि गर्दै आएको विभेदको आत्मग्लानी महसुस गरी व्यवहारमै ‘सुध्रिएको’ महसुस गर्न वा गराउन जरुरी छ।

हामीले भुल्नु हुँदैन, पूर्णबहादुरले सारङ्गी बजाएर कला पस्किएको यो समाजले कहिल्यै इज्जत गरेन। बरु त्यही सारङ्गीकै कारण उसमाथि जातीय विभेदको चरम प्रातडना सहन बाध्य पारेको छ । र, यदाकदा भन्ने गरिन्छ,“दलित समुदायले आफ्नो जात, थर र पेसामाथि गर्व गर्न सिक्नुपर्छ।”

चलचित्र पूर्णबहादुरको सारङ्गीले पनि डाक्टर पढेपछि छोरोले गौरवका साथ सारङ्गी समाएको दृश्य देखिन्छ। कुनै पनि सम्प्रदायको जात, धर्म र थरमाथि न कथित दलित न कथित गैरदलित ।

कसैले न घृणा गर्न जरुरी छ न गर्व नै । यो मानवले आर्जेको कुनै पनि तत्व होइन, केवल मान्यताबाहेक तर त्यही थर, जात र पेसाले मान्छेको अस्तित्वमाथि नै प्रश्न गर्ने अवस्था सिर्जना हुन्छ भने त्यो सारङ्गी पुस्तान्तरण गर्नुको कुनै अर्थ छैन।

दलित अधिकारकर्मी भन्छन्,“कथित दलित समुदायमाथिका विभेद राज्यद्वारा नीतिबद्ध बनाएर गरिएको विभेद हो। पूर्णबहादुर कुसल कला साधक हुन् । उनी सिर्जना सुनाएर आयआर्जन गर्छन् । उनी मगन्ते होइनन्।”

हो, चलचित्रले पूर्णबहादुरलाई मगन्ते बनाएको छ । जुन समाजले सारङ्गी बजाउनेलाई मगन्ते भन्दै आएकै थियो त्यही यथार्थ देखाइएको छ । खाँचो त पूर्णबहादुर मगन्ते होइनन्, उनी एक अब्बल र कर्मशील कलाकार हुन् भनेर साबित गराउनु थियो।

चलचित्रमा पूर्णबहादुरले छोरालाई पढाएर चिकित्सक बनाएपछि उसले भोगे जस्तै अपमान र विभेद के अब उसको छोराले सहनु पर्दैन ? भन्ने जवाफको थियो ।

हाम्रो समाजमा प्रशस्तै घटना घटिरहेका छन् जातका आधारमा । यो ‘ब्राह्मणवादी’ सोचको पराकाष्ठा हो। समाजमा विद्यमान यो सोच चिरेर मान्छेले मान्छेमाथि गरिएको अमानवीय आचरणप्रति लज्जाबोध गराउनुपर्ने अहम् मुद्दालाई चलचित्रका निर्देशक (सरोज पौडेल)ले बेवास्ता गरेको देखिन्छ ।

आँसु बेच्न सजिलो छ, यदि ढङ्ग पुग्यो भने । पूर्णबहादुरको सारङ्गीले नेपाली चलचित्रको इतिहास नै रच्यो यस हिसाबले। अभियनले रुवाएको चलचित्रमा विषयवस्तु भने कुनै अनौठो र अपरिचत होइन ।

दलित समुदायको रोदनलाई सिँढी बनाएर सत्तामा पुगेपछि सबै भुले जस्तै चलचित्र पूर्णबहादुरको सारङ्गीले पनि समाजको चरम विभेदमा परेको समुदायमाथि न्याय गर्ने उद्देश्य गौण ठानेको देखिन्छ ।

कलाकारको अभिनयले रोदनको व्यापार गर्दैमा चलचित्रले इतिहास रच्न सक्छ तर सफल र चमत्कारपूर्ण चलचित्र भन्न सुहाउँदैन। पूर्णबहादुरको सारङ्गीले उठाउनुपर्ने थुप्रै सामाजिक मुद्दाहरु कलाकारको आँसुसँगै विलीन भएका छन्। अर्थहीन भएका छन्।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १९:४२
##purnabahadurkosarangi #sarangi #purnabahadur #film
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा शनिबार, वैशाख १९, २०८३
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार आइतबार, चैत २२, २०८२
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो !
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो ! शुक्रबार, चैत १३, २०८२
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक बुधबार, चैत ४, २०८२
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स आइतबार, फागुन १०, २०८२
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक मंगलबार, फागुन ५, २०८२
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
  • नंः २ सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
  • नंः ३ कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
  • नंः ४ बालेन सरकारको एक महिनाः १०० बुँदे महत्त्वाकांक्षामा कार्यान्वयन कति ?
  • नंः ५ नामी साप्ताहिक
विचार
सरकारको महिना दिन: असफलता र सफलता   
सरकारको महिना दिन: असफलता र सफलता    NamiNews- नामीन्यूज
पहिलो माया अमर माया
पहिलो माया अमर माया दीपक विवश आँशु
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्