Top Navigation
  • Contact
Main Navigation
शनिबार, साउन ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
शनिबार, साउन ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रास्वपामा ‘विधि’ ढल्यो: प्रश्न गर्नेलाई पार्टी छाड्न धम्की, बन्दसूचीमा पहुँच र पावरको खेल
रास्वपामा ‘विधि’ ढल्यो: प्रश्न गर्नेलाई पार्टी छाड्न धम्की, बन्दसूचीमा पहुँच र पावरको खेल
विदुर कटुवाल
विदुर कटुवाल शुक्रबार, माघ २, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक भएसँगै ‘विधि, पारदर्शिता र मेरिटोक्रेसी’को नारामाथि गम्भीर प्रश्न उठेको छ । 

आन्तरिक प्रतिस्पर्धामा अब्बल अंक ल्याएका उम्मेदवारलाई पछाडि पारेर कमजोर अंक प्राप्त गरेका, तर पहुँच र पावर नजिकका व्यक्तिलाई अग्रस्थानमा राखिएको आरोप पार्टीभित्रैबाट उठेको छ ।

आन्तरिक मूल्यांकन र प्राइमरी निर्वाचनको नतिजा सार्वजनिक गर्न माग गर्दा नेतृत्वबाट पार्टी छाड्न धम्की दिइएको एक पार्टी सदस्यले गुनासो गरेका छन् । ‘हामीले पारदर्शी विधिका लागि पार्टी बनायौं । तर आज प्राप्ताङ्क माग्दा राजीनामा देऊ, पार्टी छोड भनेर धम्की आउँछ,’ ती सदस्यले बताए ।

रास्वपाले समानुपातिक उम्मेदवार बन्न कात्तिक २२ गतेदेखि आवेदन आह्वान गरेको थियो । पुस ५ गतेसम्म ४१८ जनाले आवेदन दिएका थिए । तर पुस १४ गते निर्वाचन आयोगमा बुझाइएको ११० जनाको बन्दसूचीमा आन्तरिक प्रतिस्पर्धामा राम्रो प्रदर्शन गरेका धेरै उम्मेदवार पछाडि पारिएको आरोप छ ।

आदिवासी जनजाति कोटाबाट एक नम्बरमा रहेकी टासी ल्याजोम शेर्पालाई हटाएर सहकोषाध्यक्ष बसुमाया तामाङलाई अगाडि ल्याउन खोजिएको आरोप लागेको छ । शेर्पाले भने आफूले बन्दसूचीबाट नाम फिर्ता नलिएको स्पष्ट पारेकी छन् । ‘मैले निवेदन नदिँदै मेरो नाम कसरी हटाइयो ?’ उनले प्रश्न गरिन् । आफूमाथि राजनीतिक र व्यक्तिगत आरोप लगाएर बदनाम गर्न खोजिएकोप्रति पनि उनले आपत्ति जनाएकी छन् ।

यसैगरी आन्तरिक प्रतिस्पर्धामा राम्रो अंक ल्याएकी रञ्जु दर्शनालाई पछिल्लो क्रममा राखिएको, पार्टी स्थापनाकालदेखि सक्रिय केन्द्रीय सदस्य कुसुम श्रेष्ठमाथि पनि अन्याय भएको गुनासो पार्टीभित्र छ । जनजाति कोटामै अब्बल अंक ल्याएकालाई पछि पारेर केही नयाँ अनुहारलाई अगाडि राखिएको भन्दै नेतृत्वको भूमिकामाथि प्रश्न उठाइएको छ ।

बन्दसूचीमा भएको अन्याय र अनियमितताबारे केन्द्रीय अनुशासन आयोगमा १३ बुँदे ध्यानाकर्षण पत्र दर्ता गरिएको छ । उजुरीमा उम्मेदवार छनोट प्रक्रिया अपारदर्शी, पहुँच र पैसामुखी भएको आरोप लगाइएको छ । अनलाइन मतदान प्रणाली कमजोर हुँदा दूरदराजका सदस्यहरूको मताधिकार हनन भएको, नयाँ भित्र्याइएका व्यक्तिलाई प्राथमिकता दिइएको तथा समावेशिताको मर्म विपरीत निर्णय भएको दाबी गरिएको छ ।

उजुरीमा भनिएको छ, ‘समानुपातिक प्रणाली सबै वर्ग, जाति र क्षेत्रको प्रतिनिधित्वका लागि हो । तर बन्दसूचीमा सुकिला–मुकिला, सेलिब्रेटी र पहुँचवालामात्र समेटिनुले विधिको धज्जी उडाइएको छ ।’

नेतृत्वबाट पार्टी छोड्न धम्की दिएको आरोपबारे सहमहामन्त्री विपिनकुमार आचार्यले अनभिज्ञता जनाएका छन् । उनले प्राइमरी निर्वाचन मात्र आधार नभई लिडरसिप एकेडेमी, राजनीतिक निकटता लगायतका पक्षसमेत मूल्यांकनमा समेटिने बताएका छन् । ‘किन को अगाडि र किन को पछाडि पर्‍यो भन्ने जानकारी पाउनु सदस्यको अधिकार हो,’ उनले भने ।

आचार्य स्वयं उम्मेदवार छनोट समितिको संयोजक रहेकै अवस्थामा समानुपातिक बन्दसूचीको खसआर्यतर्फ एक नम्बरमा परेपछि विवादमा तानिएका थिए । उनले समानुपातिकबाट नाम फिर्ता लिएर प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरेका छन् ।

बन्दसूचीमा सेलिब्रेटी, व्यापारी घरानाका व्यक्तिलाई प्राथमिकता दिइएको भन्दै पार्टीभित्र र बाहिर व्यापक विरोध भएपछि सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नेको संख्या बढेको छ । तर निर्वाचन आयोग स्रोतका अनुसार हालसम्म दुई जनाले मात्र औपचारिक रूपमा नाम फिर्ता लिएका छन् ।

समानुपातिक बन्दसूची विवादले रास्वपाको आन्तरिक लोकतन्त्र, पारदर्शिता र विधिमाथि गम्भीर प्रश्न उठाएको छ । यही मोडेल प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा पनि लागू हुने संकेतले पार्टीभित्र असन्तुष्टि अझ गहिरिँदै गएको देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  ०७:२२
##विदुर कटुवाल
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ?
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ? शुक्रबार, साउन ८, २०८३
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म आइतबार, साउन ३, २०८३
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु बुधबार, असार ३१, २०८३
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै सोमबार, असार २९, २०८३
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि...
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि... बुधबार, असार २४, २०८३
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय शुक्रबार, असार १९, २०८३
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ? सोमबार, असार १५, २०८३
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ? शनिबार, असार १३, २०८३
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ बुधबार, असार १०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
  • नंः २ मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला
  • नंः ३ हरियो साउनको महिमा र यसको महत्व
  • नंः ४ लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म
  • नंः ५ नामी साप्ताहिक
विचार
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्