Top Navigation
  • Contact
Main Navigation
आइतबार, कात्तिक ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, कात्तिक ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रास्वपामा ‘विधि’ ढल्यो: प्रश्न गर्नेलाई पार्टी छाड्न धम्की, बन्दसूचीमा पहुँच र पावरको खेल
रास्वपामा ‘विधि’ ढल्यो: प्रश्न गर्नेलाई पार्टी छाड्न धम्की, बन्दसूचीमा पहुँच र पावरको खेल
विदुर कटुवाल
विदुर कटुवाल शुक्रबार, माघ २, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक भएसँगै ‘विधि, पारदर्शिता र मेरिटोक्रेसी’को नारामाथि गम्भीर प्रश्न उठेको छ । 

आन्तरिक प्रतिस्पर्धामा अब्बल अंक ल्याएका उम्मेदवारलाई पछाडि पारेर कमजोर अंक प्राप्त गरेका, तर पहुँच र पावर नजिकका व्यक्तिलाई अग्रस्थानमा राखिएको आरोप पार्टीभित्रैबाट उठेको छ ।

आन्तरिक मूल्यांकन र प्राइमरी निर्वाचनको नतिजा सार्वजनिक गर्न माग गर्दा नेतृत्वबाट पार्टी छाड्न धम्की दिइएको एक पार्टी सदस्यले गुनासो गरेका छन् । ‘हामीले पारदर्शी विधिका लागि पार्टी बनायौं । तर आज प्राप्ताङ्क माग्दा राजीनामा देऊ, पार्टी छोड भनेर धम्की आउँछ,’ ती सदस्यले बताए ।

रास्वपाले समानुपातिक उम्मेदवार बन्न कात्तिक २२ गतेदेखि आवेदन आह्वान गरेको थियो । पुस ५ गतेसम्म ४१८ जनाले आवेदन दिएका थिए । तर पुस १४ गते निर्वाचन आयोगमा बुझाइएको ११० जनाको बन्दसूचीमा आन्तरिक प्रतिस्पर्धामा राम्रो प्रदर्शन गरेका धेरै उम्मेदवार पछाडि पारिएको आरोप छ ।

आदिवासी जनजाति कोटाबाट एक नम्बरमा रहेकी टासी ल्याजोम शेर्पालाई हटाएर सहकोषाध्यक्ष बसुमाया तामाङलाई अगाडि ल्याउन खोजिएको आरोप लागेको छ । शेर्पाले भने आफूले बन्दसूचीबाट नाम फिर्ता नलिएको स्पष्ट पारेकी छन् । ‘मैले निवेदन नदिँदै मेरो नाम कसरी हटाइयो ?’ उनले प्रश्न गरिन् । आफूमाथि राजनीतिक र व्यक्तिगत आरोप लगाएर बदनाम गर्न खोजिएकोप्रति पनि उनले आपत्ति जनाएकी छन् ।

यसैगरी आन्तरिक प्रतिस्पर्धामा राम्रो अंक ल्याएकी रञ्जु दर्शनालाई पछिल्लो क्रममा राखिएको, पार्टी स्थापनाकालदेखि सक्रिय केन्द्रीय सदस्य कुसुम श्रेष्ठमाथि पनि अन्याय भएको गुनासो पार्टीभित्र छ । जनजाति कोटामै अब्बल अंक ल्याएकालाई पछि पारेर केही नयाँ अनुहारलाई अगाडि राखिएको भन्दै नेतृत्वको भूमिकामाथि प्रश्न उठाइएको छ ।

बन्दसूचीमा भएको अन्याय र अनियमितताबारे केन्द्रीय अनुशासन आयोगमा १३ बुँदे ध्यानाकर्षण पत्र दर्ता गरिएको छ । उजुरीमा उम्मेदवार छनोट प्रक्रिया अपारदर्शी, पहुँच र पैसामुखी भएको आरोप लगाइएको छ । अनलाइन मतदान प्रणाली कमजोर हुँदा दूरदराजका सदस्यहरूको मताधिकार हनन भएको, नयाँ भित्र्याइएका व्यक्तिलाई प्राथमिकता दिइएको तथा समावेशिताको मर्म विपरीत निर्णय भएको दाबी गरिएको छ ।

उजुरीमा भनिएको छ, ‘समानुपातिक प्रणाली सबै वर्ग, जाति र क्षेत्रको प्रतिनिधित्वका लागि हो । तर बन्दसूचीमा सुकिला–मुकिला, सेलिब्रेटी र पहुँचवालामात्र समेटिनुले विधिको धज्जी उडाइएको छ ।’

नेतृत्वबाट पार्टी छोड्न धम्की दिएको आरोपबारे सहमहामन्त्री विपिनकुमार आचार्यले अनभिज्ञता जनाएका छन् । उनले प्राइमरी निर्वाचन मात्र आधार नभई लिडरसिप एकेडेमी, राजनीतिक निकटता लगायतका पक्षसमेत मूल्यांकनमा समेटिने बताएका छन् । ‘किन को अगाडि र किन को पछाडि पर्‍यो भन्ने जानकारी पाउनु सदस्यको अधिकार हो,’ उनले भने ।

आचार्य स्वयं उम्मेदवार छनोट समितिको संयोजक रहेकै अवस्थामा समानुपातिक बन्दसूचीको खसआर्यतर्फ एक नम्बरमा परेपछि विवादमा तानिएका थिए । उनले समानुपातिकबाट नाम फिर्ता लिएर प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरेका छन् ।

बन्दसूचीमा सेलिब्रेटी, व्यापारी घरानाका व्यक्तिलाई प्राथमिकता दिइएको भन्दै पार्टीभित्र र बाहिर व्यापक विरोध भएपछि सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नेको संख्या बढेको छ । तर निर्वाचन आयोग स्रोतका अनुसार हालसम्म दुई जनाले मात्र औपचारिक रूपमा नाम फिर्ता लिएका छन् ।

समानुपातिक बन्दसूची विवादले रास्वपाको आन्तरिक लोकतन्त्र, पारदर्शिता र विधिमाथि गम्भीर प्रश्न उठाएको छ । यही मोडेल प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा पनि लागू हुने संकेतले पार्टीभित्र असन्तुष्टि अझ गहिरिँदै गएको देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  ०७:२२
##विदुर कटुवाल
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु शुक्रबार, असोज ३०, २०८३
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ?
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ? शुक्रबार, असोज ३०, २०८३
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ? 
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ?  बुधबार, असोज २८, २०८३
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो सोमबार, असोज १९, २०८३
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो सोमबार, असोज १९, २०८३
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर आइतबार, असोज १८, २०८३
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्