Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, साउन ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विवादकाे कारण कांग्रेसमा दुई समूह  
विवादकाे कारण कांग्रेसमा दुई समूह  
विदुर कटुवाल
विदुर कटुवाल मंगलबार, चैत १७, २०८२

काठमाडौं । आन्तरिक मतभेद र समानान्तर गतिविधिबीच नेपाली कांग्रेस १५औँ महाधिवेशनको तयारीमा औपचारिक रूपमा अघि बढेको छ। संस्थापन पक्षले स्पष्ट कार्यतालिका तय गर्दै तयारी तीव्र पारेको छ भने संस्थापनइतर समूह अझै पनि रणनीतिक मौनतामा देखिएको छ।

कांग्रेसले २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। तर, उक्त निर्णयप्रति इतर पक्षले खुला समर्थन वा विरोध कुनै पनि स्पष्ट धारणा सार्वजनिक नगर्दा पार्टीभित्रको अन्योल अझ गहिरिँदै गएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेले महाधिवेशन तयारीलाई तीव्र बनाइएको जानकारी दिँदै भने, “हामी महाधिवेशन सफल बनाउन केन्द्रित छौँ। पार्टीका सबै संयन्त्र त्यसैमा परिचालित भएका छन्।”

नेतृत्व र वैधानिकताको विवाद

महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वको वैधानिकतामाथि विवाद भने झन् जटिल बन्दै गएको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिए पनि असन्तुष्ट समूह सर्वोच्च अदालत पुगेको छ।

संस्थापनइतर पक्षका नेता श्याम घिमिरे भन्छन्, “अदालतले यो विवाद टुंग्याउनु अनिवार्य छ। कसको नेतृत्वमा महाधिवेशन गर्ने भन्ने नै मुख्य प्रश्न हो।”

उनका अनुसार, सर्वोच्चको निर्णयपछि मात्र पार्टी स्पष्ट दिशामा अघि बढ्नेछ। “जसको पक्षमा फैसला आउँछ, महाधिवेशन त्यही नेतृत्वमा जान्छ,” उनले बताए।

एकताको आवश्यकता, अन्तर्घातको आरोप

निर्वाचनमा कमजोर नतिजापछि पार्टीभित्र एकताको आवश्यकता झन् टड्कारो रूपमा उठिरहेको छ। सह–महामन्त्री योगेन्द्र चौधरीले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिँदै भने, “नेपाली कांग्रेस सबैको साझा घर हो। कसैलाई बाहिर राखेर पार्टी बलियो बन्न सक्दैन।”

तर, उनले संस्थापनइतर पक्षप्रति असन्तुष्टि पनि प्रकट गरे। “आधिकारिकता स्वीकार गरेर चुनाव लडिसक्दा पनि भ्रम फैलाउने काम भइरहेको छ,” उनले भने, जसले अन्तर्घातको आशंका बलियो बनाएको संकेत गर्छ।

सभापति दौड: आकांक्षी धेरै, समीकरण अनिश्चित

महाधिवेशन नजिकिँदै जाँदा सभापतिका आकांक्षीहरूको सूची पनि लामो बन्दै गएको छ। संस्थापन पक्षभित्रै प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ भने इतर पक्षमा पनि नेताहरूबीच सहमति बन्न सकेको छैन।

पूर्णबहादुर खड्का, शेखर कोइराला र कृष्णप्रसाद सिटौला जस्ता प्रभावशाली नेताहरू सभापति दौडमा देखिएका छन्। अन्ततः महाधिवेशन प्रतिनिधिहरूको मतले नै नेतृत्व तय गर्ने भए पनि, त्यसअघि शक्ति सन्तुलन कसरी मिल्छ भन्ने महत्वपूर्ण हुने देखिन्छ।

समानान्तर गतिविधिले बढायो चुनौती

पार्टीभित्रको विभाजन व्यवहारमै पनि देखिन थालेको छ। पछिल्लो समय दुवै पक्षले अलग–अलग कार्यक्रम, विज्ञप्ति र गतिविधि सञ्चालन गर्दै आएका छन्।

पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारी प्रकरणमा समेत दुवै पक्षले छुट्टाछुट्टै धारणा सार्वजनिक गरेका थिए। त्यस्तै, चैत १४ गते संस्थापन पक्षले आयोजना गरेको संसदीय सचेतना कार्यक्रममा नवनिर्वाचित सांसदलाई स्वागत गरिएको थियो भने इतर पक्षले चैत १६ गते समान प्रकृतिको कार्यक्रम आयोजना गर्‍यो।

महाधिवेशनअघि नै शक्ति परीक्षण

समग्रमा, नेपाली कांग्रेस १५औँ महाधिवेशनको तयारीमा जुट्दा पार्टीभित्रको शक्ति सन्तुलन, वैधानिकताको विवाद र नेतृत्वको प्रतिस्पर्धा एकसाथ सतहमा आएका छन्। महाधिवेशन केवल संगठनात्मक प्रक्रिया मात्र नभई नेतृत्व र विचारको निर्णायक संघर्ष बन्ने संकेत देखिएको छ।

अदालतको फैसला, आन्तरिक सहमति र शक्ति समीकरण-यी तीनै तत्वले अबको कांग्रेसको दिशा तय गर्नेछन्। महाधिवेशनअघि नै पार्टीभित्रको शक्ति परीक्षण झन् तीव्र हुने निश्चित देखिन्छ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  ०७:१९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
देउवाकाे वक्तव्य र मन्तव्यकाे सन्देश के हाे ?
देउवाकाे वक्तव्य र मन्तव्यकाे सन्देश के हाे ? शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’,  पदीय मर्यादा खै ?
पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ? बिहीबार, साउन २८, २०८३
सत्ताको बहुमत, सदनमा अल्पमत
सत्ताको बहुमत, सदनमा अल्पमत बुधबार, साउन २७, २०८३
ओलीले पार्टी पुनर्गठन प्रतिवेदन किन रोके ?
ओलीले पार्टी पुनर्गठन प्रतिवेदन किन रोके ? मंगलबार, साउन २६, २०८३
विश्वासको संकटमा नेपालको राजनीति
विश्वासको संकटमा नेपालको राजनीति शुक्रबार, साउन २२, २०८३
संयुक्त राष्ट्रसंघीय महासभा : विश्वमञ्चमा नेपालको उचाइ घट्दो
संयुक्त राष्ट्रसंघीय महासभा : विश्वमञ्चमा नेपालको उचाइ घट्दो बिहीबार, साउन २१, २०८३
व्यक्तिमै अल्झिएको एमाले
व्यक्तिमै अल्झिएको एमाले बुधबार, साउन २०, २०८३
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ?
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ? आइतबार, साउन १७, २०८३
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ?
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ? आइतबार, साउन १७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ?
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्