Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
अच्युत प्रसाद नेपाल
अच्युत प्रसाद नेपाल शुक्रबार, चैत २०, २०८२

काठमाडौं । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकनै राजनीतिक तातो बहस र आरोप–प्रत्यारोपबीच सुरु भएको छ । बैठक सुरु हुनासाथ नेकपा (एमाले) का सांसदहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति आपत्ति जनाउँदै विरोध जनाएका छन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठक प्रारम्भ भएको घोषणा गर्नेबित्तिकै एमाले सांसदहरू उभिएर टेबल ठोक्दै विरोधमा उत्रिएका थिए । नियमावलीसमेत पूर्ण रूपमा निर्माण नभइसकेको अवस्थामा विरोध गर्नु उपयुक्त नभएको सभाध्यक्षको आग्रहलाई बेवास्ता गर्दै उनीहरूले आफ्नो असन्तुष्टि व्यक्त गरे ।

पछि सभाध्यक्ष केसीले एमाले सांसद गुरुप्रसाद बराललाई बोल्ने समय दिएका थिए । बरालले संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक र स्वतन्त्र जीवनयापन गर्ने मौलिक हकविपरीत ओली र लेखकको गिरफ्तारी भएको दाबी गर्दै यसलाई मौलिक हकको हननको रूपमा व्याख्या गरे ।

यसपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेषगरी दलित समुदायमाथि राज्यले गरेका अन्यायप्रति क्षमायाचना व्यक्त गरे । नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेले प्रतिपक्षको भूमिकाबारे स्पष्ट पार्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिए ।

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले विगतमा प्राप्त दुई तिहाइ बहुमत जोगाउन नसकेको अनुभवबाट सिक्दै अहिलेको नेतृत्वले जिम्मेवार ढंगले काम गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै, श्रम संस्कृति पार्टीका हर्क सांपाङले एमसीसी सम्झौता खारेजीको माग गरे भने राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले हिन्दुराज्य पुनःस्थापना र प्रदेश खारेजीको पक्षमा धारणा राखे ।

स्वतन्त्र सांसद डा. महावीर पुनले आफू शिक्षा मन्त्री हुँदा चार महिनामै राजीनामा दिनुपरेको प्रसंग उल्लेख गर्दै शिक्षा क्षेत्रमा आमूल सुधार आवश्यक रहेको बताए। उनले सिटीईभीटीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले भने रास्वपाको निर्वाचन जितमा विभिन्न शक्ति केन्द्रहरूको भूमिका रहेको आरोप लगाए । उनले शुशीला कार्कीको अन्तरिम सरकार, गौरीबहादुर कार्कीको जाँचबुझ आयोग, सुरक्षा निकाय र अन्तर्राष्ट्रिय संस्थाहरूको समेत संलग्नता रहेको दाबी गरे ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका सांसद गणेश पराजुलीले एमालेको आरोपलाई “लज्जास्पद र घृणित राजनीतिक नाटक”को संज्ञा दिए। उनले लोकतन्त्र र मौलिक हकको नाममा विगतका शासक दलहरूले नै आज विरोध गर्नु विडम्बनापूर्ण भएको टिप्पणी गरे ।

त्यस्तै, स्वतन्त्र सांसद डा. महावीर पुनले सरकारमा पुगेपछि जिम्मेवारीबाट पन्छिन नमिल्ने उल्लेख गर्दै एमालेको विरोधको औचित्यमाथि प्रश्न उठाए ।

पहिलो बैठकमै एमालेको आक्रोश, कांग्रेसको संयमित खबरदारी, माओवादीको अनुभवजन्य सुझाव, स्वतन्त्र सांसदहरूको सक्रियता, श्रम संस्कृति पार्टीको एमसीसी विरोध र राप्रपाको हिन्दुराज्य तथा प्रदेश खारेजीको माग । यी सबैले आगामी संसदीय गतिविधि थप रोचक र तनावपूर्ण हुने संकेत दिएका छन् ।

यद्यपि, अधिकांश दलका नेताहरूले सरकारसँगको सम्बन्ध एजेण्डा-आधारित हुने संकेत गर्दै सहकार्यको सम्भावनालाई पनि खुला राखेका छन् । तर विराेध उग्र हुने संकेत देखिएकाे राजनीतिक विश्लेषकहरुकाे भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  ०८:०७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
देउवा कांग्रेसको धर्मनिरपेक्षतासम्बन्धी धारणा बदल्ने संकेतः सहि की गलत ? 
देउवा कांग्रेसको धर्मनिरपेक्षतासम्बन्धी धारणा बदल्ने संकेतः सहि की गलत ?  सोमबार, भदौ १, २०८३
किन एमालेभित्रको दोहोरी रोचक बन्दै छ ?
किन एमालेभित्रको दोहोरी रोचक बन्दै छ ? आइतबार, साउन ३१, २०८३
देउवाकाे वक्तव्य र मन्तव्यकाे सन्देश के हाे ?
देउवाकाे वक्तव्य र मन्तव्यकाे सन्देश के हाे ? शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’,  पदीय मर्यादा खै ?
पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ? बिहीबार, साउन २८, २०८३
सत्ताको बहुमत, सदनमा अल्पमत
सत्ताको बहुमत, सदनमा अल्पमत बुधबार, साउन २७, २०८३
ओलीले पार्टी पुनर्गठन प्रतिवेदन किन रोके ?
ओलीले पार्टी पुनर्गठन प्रतिवेदन किन रोके ? मंगलबार, साउन २६, २०८३
विश्वासको संकटमा नेपालको राजनीति
विश्वासको संकटमा नेपालको राजनीति शुक्रबार, साउन २२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ?
  • नंः २ सत्ताको बहुमत, सदनमा अल्पमत
  • नंः ३ बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो
  • नंः ४ देउवाकाे वक्तव्य र मन्तव्यकाे सन्देश के हाे ?
  • नंः ५ याे देशमा न्याय छैन, उदाहरणकाे लागि माइतिघर गएर हेरे हुन्छ
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्