Top Navigation
Main Navigation
आइतबार, असार २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • विश्वको जनसङ्ख्या नोभेम्बर सम्ममा ८ अर्ब पुग्ने प्रक्षेपण
विश्वको जनसङ्ख्या नोभेम्बर सम्ममा ८ अर्ब पुग्ने प्रक्षेपण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असार २७, २०७९
United Nations

नोभेम्बर १५ सम्ममा विश्वको जनसङ्ख्या ८ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।

संयुक्त राष्ट्रसंघका अधिकारीले विश्व जनसङ्ख्या दिवसका अवसरमा दिएको जानकारी अनुसार सन् २०२३ मा भारतले चीनलाई सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुकको रूपमा उछिन्ने प्रक्षेपण पनि गरिएको छ ।

उक्त अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भने, “पृथ्वीको हेरचाह गर्ने हाम्रो साझा जिम्मेवारी हो। यो हामी अझै पनि एक अर्काप्रति को प्रतिबद्धताहरू पूरा गर्न चुकेका छौं भन्ने कुरा मनन गर्ने क्षण हो।”

‘वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०२२’ अनुसार सन् १९५० देखि अहिलेसम्म आइपुग्दा जनसङ्ख्या वृद्धि दरमा सुस्तता आएको छ। सन् २०२० मा यो दर एक प्रतिशत भन्दा कम भएको थियो ।

Nepal Oil Corporation

विश्वको जनसङ्ख्या सन् २०३० मा लगभग ८ अर्ब ५० करोड, सन् २०५० मा ९ अर्ब ७० करोड र सन् २०८० को दशकमा करिब १० अर्ब ४० करोड पुग्ने अनुमान वल्र्ड पपुलेसन प्रस्पेक्ट्स २०२२ ले गरेको छ ।

उप सहारा क्षेत्रका अफ्रिकी देशहरूले सन् २०५० सम्ममा विश्व जनसङ्ख्याको वृद्धिको आधाभन्दा बढी योगदान गर्ने अनुमान गरिएको पनि उक्त रिपोर्टमा उल्लेख छ ।

सन् २०५० सम्म अनुमानित वृद्धिको आधाभन्दा बढी हिस्सा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया गरी ८ देशहरूमा केन्द्रित हुनेछ रिपोर्टमा उल्लेख गरिएको छ।

“तीव्र जनसङ्ख्या वृद्धिले गर्दा गरिबी निर्मूल हुन्छ, भोकमरी र कुपोषणविरूद्धको लडाईं अनि स्वास्थ्य तथा शिक्षा प्रणाली अझ जटिल हुन्छ। यसको विपरीत, दीगो विकास लक्ष्यहरू प्राप्त गर्नु, विशेष गरी स्वास्थ्य, शिक्षा र लैङ्गिक समानतासँग सम्बन्धित लक्ष्यहरू प्राप्त गर्दा प्रजनन स्तर कम गर्न र विश्व जनसङ्ख्या वृद्धिलाई सुस्त बनाउन योगदान पुग्नेछ,” रिपोर्टमा संयुक्त राष्ट्रसंघका आर्थिक तथा सामाजिक मामिलासम्बन्धी उप-महासचिव लिउ झेन्मिनले बताएको छ।

उक्त रिपोर्टमा बताइएअनुसार हालैका दशकहरूमा धेरै देशहरूमा प्रजनन क्षमता उल्लेखनीय रूपमा घटेको छ। प्रजनन क्षमताको निरन्तर न्यून स्तर र कुनै–कुनै अवस्थामा, बसाइँ सराइको उच्च दरको कारण ६१ देश वा क्षेत्रहरूको जनसङ्ख्या सन् २०२२ देखि सन् २०५० को बीचमा १ प्रतिशत वा त्योभन्दा बढी घट्ने प्रक्षेपण गरिएको उक्त अध्ययनले जनाएको छ।

रिपोर्टमा सन् २०२२ मा विश्वको जनसङ्ख्या ६५ र त्योभन्दा बढी मुलुकमा जनसङ्ख्या १० प्रतिशतबाट बढेर सन् २०५० मा १६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

उक्त रिपोर्टमा भनिएको छ, “वृद्ध जनसङ्ख्या भएका देशहरूले सामाजिक सुरक्षा र पेन्सन प्रणालीको स्थायित्वमा सुधार गर्नुका साथै विश्वव्यापी स्वास्थ्य सेवा तथा दीर्घकालीन देखभाल प्रणालीहरू स्थापना गरेर वृद्ध व्यक्तिहरूको बढ्दो अनुपातअनुसार सार्वजनिक कार्यक्रमहरू अनुकूलन गर्न कदम चाल्नुपर्छ।”

अहिले मृत्युदरमा थप कमी आएको छ र सन् २०५० मा विश्वव्यापी औसत आयु ७७.२ वर्ष हुने प्रक्षेपण गरिएको छ। सन् २०१९ मा विश्वव्यापी औसत आयु ७२.८ वर्ष रहेको रिपोर्टमा जनाइएको छ । यो सन् १९९० को तुलनामा करिब नौ वर्षको सुधार हो।

तथापि, सन् २०२१ मा विश्वव्यापी औसत आयु ७१ वर्षमा झरेको थियो । प्रायजसो कोभिड-१९ महामारीको कारणले गर्दा, र कम विकसित देशहरूको औसत आयु विश्वव्यापी औसत आयुभन्दा ७ वर्ष पछि रहेको पाइएको छ।

सन् १९९० देखि विश्वभर जनसङ्ख्या वृद्धिसँग सम्बन्धित विषयहरूमा जनचेतना जगाउन जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाईंदै आएको छ ।

-एजेन्सी

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  २०:५९
##UnitedNations
प्रतिक्रिया दिनुहोस्
थप विश्व परिवेश
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा बिहीबार, जेठ २३, २०८२
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र शनिबार, जेठ ४, २०८२
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति सोमबार, वैशाख २९, २०८२
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित सोमबार, वैशाख २९, २०८२
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा बुधबार, कात्तिक २१, २०८१
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा मंगलबार, कात्तिक २०, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
  • नंः ३ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ४ उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
  • नंः ५ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्