Top Navigation
  • Contact
Main Navigation
शनिबार, साउन २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
शनिबार, साउन २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • विश्वको जनसङ्ख्या नोभेम्बर सम्ममा ८ अर्ब पुग्ने प्रक्षेपण
विश्वको जनसङ्ख्या नोभेम्बर सम्ममा ८ अर्ब पुग्ने प्रक्षेपण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असार २७, २०७९
United Nations

नोभेम्बर १५ सम्ममा विश्वको जनसङ्ख्या ८ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।

संयुक्त राष्ट्रसंघका अधिकारीले विश्व जनसङ्ख्या दिवसका अवसरमा दिएको जानकारी अनुसार सन् २०२३ मा भारतले चीनलाई सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुकको रूपमा उछिन्ने प्रक्षेपण पनि गरिएको छ ।

उक्त अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भने, “पृथ्वीको हेरचाह गर्ने हाम्रो साझा जिम्मेवारी हो। यो हामी अझै पनि एक अर्काप्रति को प्रतिबद्धताहरू पूरा गर्न चुकेका छौं भन्ने कुरा मनन गर्ने क्षण हो।”

‘वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०२२’ अनुसार सन् १९५० देखि अहिलेसम्म आइपुग्दा जनसङ्ख्या वृद्धि दरमा सुस्तता आएको छ। सन् २०२० मा यो दर एक प्रतिशत भन्दा कम भएको थियो ।

विश्वको जनसङ्ख्या सन् २०३० मा लगभग ८ अर्ब ५० करोड, सन् २०५० मा ९ अर्ब ७० करोड र सन् २०८० को दशकमा करिब १० अर्ब ४० करोड पुग्ने अनुमान वल्र्ड पपुलेसन प्रस्पेक्ट्स २०२२ ले गरेको छ ।

उप सहारा क्षेत्रका अफ्रिकी देशहरूले सन् २०५० सम्ममा विश्व जनसङ्ख्याको वृद्धिको आधाभन्दा बढी योगदान गर्ने अनुमान गरिएको पनि उक्त रिपोर्टमा उल्लेख छ ।

सन् २०५० सम्म अनुमानित वृद्धिको आधाभन्दा बढी हिस्सा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया गरी ८ देशहरूमा केन्द्रित हुनेछ रिपोर्टमा उल्लेख गरिएको छ।

“तीव्र जनसङ्ख्या वृद्धिले गर्दा गरिबी निर्मूल हुन्छ, भोकमरी र कुपोषणविरूद्धको लडाईं अनि स्वास्थ्य तथा शिक्षा प्रणाली अझ जटिल हुन्छ। यसको विपरीत, दीगो विकास लक्ष्यहरू प्राप्त गर्नु, विशेष गरी स्वास्थ्य, शिक्षा र लैङ्गिक समानतासँग सम्बन्धित लक्ष्यहरू प्राप्त गर्दा प्रजनन स्तर कम गर्न र विश्व जनसङ्ख्या वृद्धिलाई सुस्त बनाउन योगदान पुग्नेछ,” रिपोर्टमा संयुक्त राष्ट्रसंघका आर्थिक तथा सामाजिक मामिलासम्बन्धी उप-महासचिव लिउ झेन्मिनले बताएको छ।

उक्त रिपोर्टमा बताइएअनुसार हालैका दशकहरूमा धेरै देशहरूमा प्रजनन क्षमता उल्लेखनीय रूपमा घटेको छ। प्रजनन क्षमताको निरन्तर न्यून स्तर र कुनै–कुनै अवस्थामा, बसाइँ सराइको उच्च दरको कारण ६१ देश वा क्षेत्रहरूको जनसङ्ख्या सन् २०२२ देखि सन् २०५० को बीचमा १ प्रतिशत वा त्योभन्दा बढी घट्ने प्रक्षेपण गरिएको उक्त अध्ययनले जनाएको छ।

रिपोर्टमा सन् २०२२ मा विश्वको जनसङ्ख्या ६५ र त्योभन्दा बढी मुलुकमा जनसङ्ख्या १० प्रतिशतबाट बढेर सन् २०५० मा १६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

उक्त रिपोर्टमा भनिएको छ, “वृद्ध जनसङ्ख्या भएका देशहरूले सामाजिक सुरक्षा र पेन्सन प्रणालीको स्थायित्वमा सुधार गर्नुका साथै विश्वव्यापी स्वास्थ्य सेवा तथा दीर्घकालीन देखभाल प्रणालीहरू स्थापना गरेर वृद्ध व्यक्तिहरूको बढ्दो अनुपातअनुसार सार्वजनिक कार्यक्रमहरू अनुकूलन गर्न कदम चाल्नुपर्छ।”

अहिले मृत्युदरमा थप कमी आएको छ र सन् २०५० मा विश्वव्यापी औसत आयु ७७.२ वर्ष हुने प्रक्षेपण गरिएको छ। सन् २०१९ मा विश्वव्यापी औसत आयु ७२.८ वर्ष रहेको रिपोर्टमा जनाइएको छ । यो सन् १९९० को तुलनामा करिब नौ वर्षको सुधार हो।

तथापि, सन् २०२१ मा विश्वव्यापी औसत आयु ७१ वर्षमा झरेको थियो । प्रायजसो कोभिड-१९ महामारीको कारणले गर्दा, र कम विकसित देशहरूको औसत आयु विश्वव्यापी औसत आयुभन्दा ७ वर्ष पछि रहेको पाइएको छ।

सन् १९९० देखि विश्वभर जनसङ्ख्या वृद्धिसँग सम्बन्धित विषयहरूमा जनचेतना जगाउन जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाईंदै आएको छ ।

-एजेन्सी

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  २०:५९
##UnitedNations
प्रतिक्रिया दिनुहोस्
थप विश्व परिवेश
सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता
सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता बुधबार, जेठ २०, २०८३
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ?
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ? मंगलबार, वैशाख ८, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी मंगलबार, फागुन १९, २०८२
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण आइतबार, फागुन ३, २०८२
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा आइतबार, पुस २७, २०८२
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३१, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
  • नंः २ गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
  • नंः ३ गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
  • नंः ४ मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
  • नंः ५ मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
विचार
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्