Top Navigation
  • Contact
Main Navigation
बुधबार, मंसिर ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nepal Rastra Bank
बुधबार, मंसिर ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • अफ्रिकामा प्रभाव बढाउन रूस र पश्चिमा देशको प्रतिस्पर्धा
अफ्रिकामा प्रभाव बढाउन रूस र पश्चिमा देशको प्रतिस्पर्धा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, साउन १२, २०७९

रूसी, फ्रान्सेली र अमेरिकी नेताहरूले युक्रेनको युद्धमा आफ्नो स्थितिको लागि समर्थन जुटाउन हानथाप गर्दै छन्। कोही भन्छन् शीतयुद्ध पछि अफ्रिकी महाद्वीपमा प्रभाव बढाउन सबैभन्दा तीव्र प्रतिस्पर्धा भइरहेको छ ।

रूसी विदेशमन्त्री सर्गेई लाभरोभ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले यसै साता धेरै अफ्रिकी देशको भ्रमण गर्दैछन् ।

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआडी) का प्रमुख सामन्था पावर गत साता केन्या र सोमालिया भ्रमणमा थिइन् भने संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्ड आगामी साता घाना र युगान्डाको यात्रामा निस्कँदै छन् ।

सुशासन प्रवद्र्धनमा केन्द्रित संस्था डेमोक्रेसी वर्कसका निर्देशक विलियम गुमेडे शक्ति राष्ट्रहरूबाट भएका निरन्तर भ्रमणबाट अफ्रिकामा प्रतिद्वन्द्वी पक्षहरूले प्रभाव जमाउन खोजिरहेका र नयाँ शीतयुद्धको श्रीगणेश गरेजस्तो भान भएको बताएका छन् ।

रूसी विदेशमन्त्री लाभरोभले खडेरी र भोकले ग्रस्त महाद्वीपमा आफ्नो यात्रामा पश्चिमा देशलाई खलनायकको रूपमा चित्रण गर्न खोजेका छन् भने विश्व बजारमा खाद्यान्नको मूल्य बढेको दोष पनि उनीहरूमाथि नै थोपरेका छन् ।

पश्चिमा नेताहरूले पनि खाद्यान्नलाई हतियारको रूपमा क्रेमलिनले प्रयोग गरेको आरोप लगाएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा रुसले अफ्रिकामा समर्थन प्राप्त गर्न धेरै वर्षदेखि काम गरिरहेको छ । मस्कोले आधा शताब्दी पुरानो मैत्रीलाई पुनर्जीवन दिने प्रयास गरिरहेको छ ।

तत्कालीन सोभियत सङ्घले औपनिवेशिक शासनको अन्त्य गर्न लडेका धेरै अफ्रिकी आन्दोलनलाई समर्थन पनि गरेको थियो । अब त्यो अभियान उच्च गतिमा पुगेको ठान्छन् निर्देशक गुमेड ।

युक्रेनमाथि रूसले गरेको आक्रमणको निन्दा गर्न संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत प्रस्तावको मतदानको क्रममा अफ्रिकामा मस्कोको प्रभाव प्रदर्शनमा भयो जहाँ २८ अफ्रिकी राष्ट्रले प्रस्तावको पक्षमा मतदान गरे भने महाद्वीपका महत्वपूर्ण अल्पङ्ख्यक २५ देश या त मतदानमा अनुपस्थित रहे वा मतदान गरे वा मतदान नै गरेनन् ।

रसियाका शीर्ष कूटनीतिज्ञले गत साता इजिप्ट, कङ्गो, युगान्डा र इथियोपियाको भ्रमण गरे ।  मित्रताको बाचा गर्दै अमेरिका र युरोपेली देशहरूलाई लापरवाहीपूर्वक  वातावरणीय नीतिका नाममा खाद्यान्नको मूल्य बढाएको आरोप लगाए ।

उनले कोभिड–१९ महामारीका बेला खाद्यान्न सञ्चय गरेको आरोप पनि लगाए । युक्रेनको अवस्थाले खाद्य बजारमा नकारात्मक प्रभाव पारेको  रूसी कारबाहीले त्यसो नभएको बरु रूसमाथि प्रतिबन्ध लगाउने पश्चिमा देशका कारण त्यस्तो भएको विदेशमन्त्री लाभरोभले इथियोपियाको राजधानी अदिस अबाबामा भनेका थिए ।

वर्षौंदेखि अमेरिकाका सहयोगी रहेका युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले विदेशमन्त्री लाभरोभलाई न्यानो स्वागत गरेका थिए । उनले युक्रेन आक्रमणमा रूसको आलोचना गर्न अस्वीकार गरेका थिए ।

लाभरोभले अफ्रिकी देशहरूलाई राष्ट्रसङ्घमा स्थायी स्थान र ठूलो प्रभाव प्रदान गर्न राष्ट्रसङ्घीय सुरक्षा परिषद्को सुधारका पक्षमा आवाज उठाएका थिए ।

युगान्डा नेताले रुससँगको पुरानो सम्बन्धका बारेमा स्नेहपूर्वक संवाद गर्दै मस्कोलाई त्यागेर दासत्वमा भाग लिने देशहरूसँग सहकार्य नगर्ने बताएका थिए ।

-एजेन्सी

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  २१:५४
##Africa
प्रतिक्रिया दिनुहोस्
थप विश्व परिवेश
तीन शक्तिकाे संवाद : अब विश्व राजनीतिमा के होला त ?
तीन शक्तिकाे संवाद : अब विश्व राजनीतिमा के होला त ? बिहीबार, मंसिर ३, २०८३
सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता
सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता बुधबार, जेठ २०, २०८३
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ?
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ? मंगलबार, वैशाख ८, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी मंगलबार, फागुन १९, २०८२
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण आइतबार, फागुन ३, २०८२
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा आइतबार, पुस २७, २०८२
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ 'नामी' ले दिएको पुनर्जन्म
  • नंः २ 'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
  • नंः ३ 'पिंक प्रमिस-आशाको आवाज' काे क्यान्सर सचेतना कार्यक्रम
  • नंः ४ राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड
  • नंः ५ प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
विचार
ईर्ष्या र अहंकारले विश्व ध्वस्त
ईर्ष्या र अहंकारले विश्व ध्वस्त प्रज्ज्वल घिमिरे
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति NamiNews- नामीन्यूज
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Bidur Katuwal Executive Editor
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्