Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • युक्रेन र रुस युद्धले ४० लाख बालबालिका गरिबीको रेखामुनि धकेल्यो : राष्ट्रसंघ
युक्रेन र रुस युद्धले ४० लाख बालबालिका गरिबीको रेखामुनि धकेल्यो : राष्ट्रसंघ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, कात्तिक १, २०७९
ukraine and russia war

रुस र युक्रेनबीचको युद्ध चर्किदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले बताएको अल जजिराले उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसंघ बाल एजेन्सीको प्रतिवेदन अनुसार २२ देशको अध्ययनले युक्रेनमा रुसको आक्रमणले  गहिरो आर्थिक सङ्कट बढ्दै गएको देखाएको छ।

युक्रेनमा युद्धका कारण उत्पन्न आर्थिक सङ्कटको सबैभन्दा ठूलो बोझ बालबालिका माथि परेको युनिसेफले जनाएको छ। जारी आर्थिक मन्दीका कारण अहिले थप २८ लाख बालबालिका गरिबीको रेखामुनि रहेको बताइएको छ।

यसैगरी  रोमानियामा  पनि ११ लाख बालबालिका गरिबीमा बाँचिरहेको अल जजीराले उल्लेख गरेको छ।
युनिसेफका युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले भने, "यस डरलाग्दो युद्धको चपेटामा यस क्षेत्रका बालबालिकाहरू प्रभावित भइरहेका छन्।"

यसले थप ४ हजार ५०० बालबालिकालाई आफ्नो पहिलो जन्मोत्सव अघि नै मृत्यु वरण गर्न विवश हुने र र यस प्रत्येक वर्ष विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या १ लाख १७ हजार पुग्ने गरेको अल जजीराले युनिसेफलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

हालै जारी भएको युनिसेफको अर्को प्रतिवेदनमा युक्रेनको युद्धमा झण्डै एक हजार केटा र केटी मारिएका वा घाइते भएको बताइएको  छ। लगभग छ महिना अघि युद्ध बढेपछि युक्रेनमा कम्तिमा ९७२ बालबालिका हिंसाबाट मारिएका वा घाइते भएका छन्।

करिब ६ महिनाअघि रुस–युक्रेन युद्ध सशुरु भएको थियो । युक्रेनी शरणार्थी सङ्कटको पूर्ण दायरा मापन गर्न गाह्रो छ यद्यपि  दोस्रो विश्वयुद्धपछि युरोपमा यस पटक देखिएको शरणार्थी सङ्कट सबैभन्दा  उच्च छ।

यसैबीच, युक्रेनका लगभग हरेक बालबालिकाले गहिरो पीडादायी घटनाहरूको सामना गरेका छन्। हिंसाबाट भाग्नेहरू पारिवारिक विछोड, दुर्व्यवहार, यौन शोषण, थप आक्रमण र बेचबिखनको महत्त्वपूर्ण जोखिममा छन्।

बढ्दो शत्रुताले शिक्षा प्रणालीलाई तहसनहस बनाएको छ । युनिसेफको अनुमान  १० मध्ये १ विद्यालय क्षतिग्रस्त वा नष्ट भएको छ। विद्यालयहरूलाई द्वन्द्वमा प्रयोग गरिएको छ ।

जसले गर्दा परिवारहरूले आफ्ना बालबालिकाहरूलाई कक्षाकोठामा फर्काउन सुरक्षित महसुस गरेका छैनन् ।
संयुक्त राष्ट्रसंघ बाल कोषले तत्काल युद्धविरामको लागि आह्वान गरिरहेको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  ०९:०४
##ukraineandrussiawar
प्रतिक्रिया दिनुहोस्
थप विश्व परिवेश
सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता
सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता बुधबार, जेठ २०, २०८३
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ?
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ? मंगलबार, वैशाख ८, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी मंगलबार, फागुन १९, २०८२
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण आइतबार, फागुन ३, २०८२
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा आइतबार, पुस २७, २०८२
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३१, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ३ प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
  • नंः ४ स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
  • नंः ५ त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्