Top Navigation
Main Navigation
शुक्रबार, फागुन १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, फागुन १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • पूर्वप्रधानमन्त्री खानको स्वास्थ्यमा क्रमिक सुधार
पूर्वप्रधानमन्त्री खानको स्वास्थ्यमा क्रमिक सुधार
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, कात्तिक १९, २०७९

हत्याको असफल प्रयासपछि घाइते अवस्थामा अस्पताल भर्ना भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यमा क्रमिक सुधार भएको उनका निजी चिकित्सकले अस्पताल स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ। 

एक बन्दुकधारीले उनलाई विरोध प्रदर्शनका क्रममा आक्रमण गर्दा उनसहित करिब १० जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएको र उनी आक्रमणकारीमध्ये एक भएको स्थानीय सञ्चारमाध्यमले प्रारम्भिक समाचारहरूमा बताएका छन् ।

गत अप्रिलमा खानलाई सत्ताच्युत गरे यता दक्षिण एसियाली राष्ट्र, पाकिस्तानमा राजनीतिक सङ्कट चुलिएको छ ।

पूर्व प्रधानमन्त्री खानका चिकित्सक फैजल सुल्तानले पूर्वी शहर लाहोरको एक अस्पतालबाट शुक्रबार एएफपीलाई बताएअनुसार खानको खुट्टामा गोली लागेको छ । उनले शुक्रबार नै अस्पताल बाहिर आफ्ना समर्थक र सञ्चारमाध्यमलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

७० वर्षीय पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टारले गत हप्तादेखि लाहोरबाट राजधानी इस्लामावादसम्म हजारौंको सङ्ख्यामा चुनावी अभियानको नेतृत्व गरिरहेको थियो । 

इस्लामावादबाट करिब १७० किलोमिटर पूर्वमा रहेको वजीराबादमा बाक्लो भीडलाई छिचोल्दै गर्दा एक बन्दुकधारीले उनी यात्रारत सवारी साधनमा पेस्तोलद्वारा गोली हानेको थियो ।

आक्रमणका समय खानका पछाडि उभिएको बताउँदै पूर्व सूचनामन्त्री फवाद चौधरीले एएफपीसँग भने, “अगाडिको पङ्तीमा उभिएका सबैलाई गोलीको छर्रा लागेको छ ।” बन्दुकधारीलाई एक समर्थकले नियन्त्रणमा लिएपछि थप घाइते हुनबाट जोगिएको उनले बताए । 

एक संदिग्धलाई प्रहरी हिरासतमा लिइएको छ  । आक्रमणबारे सञ्चारमाध्यममा आएको एक भिडियोमा आरोपित आक्रमणकारीले खानले ‘जनतालाई भ्रमित’ गरेको बताएका छन्। 

उनले मुस्लिम समुदायलाई दिनको पाँच पटक मस्जिदमा प्रार्थनामा जान अवरोध पुर्याएको भन्दै कोलाहलपूर्ण जुलुसप्रति आफू रुष्ट भएको बताए ।

सरकारका आन्तरिक मामिला मन्त्री राना सनाउल्लाहले यो आक्रमण ‘धार्मिक अतिवादको स्पष्ट उदाहरण’ भएको बताएको छ । “भिडियोमा अभियुक्तले लगाएको आरोप निकै कहालिलाग्दो छ,” उनले पत्रकार सम्मेलनमा भनेका छन्। 

खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीले भने यसलाई ‘षडयन्त्र’को संज्ञा दिँदै सरकार र सेनाका एक मेजर जनरलमाथि आक्रमणको मुख्य योजनाकार रहेको आरोप लगाएको छ ।

पञ्जाब सरकारका अधिकारीहरूले नाभिद अहमदको रूपमा नामाकरण गरेका आरोपी खानलाई गोली हानिएको प्रदर्शनस्थल नजिकैको एक गरीब गाउँका भएको बताएका छन्। 

छिमेकीहरूले एएफपीलाई बताएअनुसार अहमदका (काका) एक ‘साधारण मान्छे’ थिए र उनको कुनै स्पष्ट धार्मिक वा राजनीतिक झुकाव थिएन ।

पाकिस्तानमा दक्षिणपन्थी धार्मिक समूहहरूको जनसङ्ख्यामा ठूलो प्रभाब छ । साथै पाकिस्तान लामो समयदेखि इस्लामी उग्रवादसँग जुधिरहेको छ ।

खानमाथि यसअघि पनि आफ्नो समर्थनको आधार फराकिलो बनाउन धार्मिक भावना भड्काएको आरोप लाग्दै आएको थियो ।

-एजेन्सी
 

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  ०८:४८
##imrankhan
प्रतिक्रिया दिनुहोस्
थप विश्व परिवेश
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा आइतबार, पुस २७, २०८२
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा बिहीबार, जेठ २३, २०८२
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र शनिबार, जेठ ४, २०८२
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति सोमबार, वैशाख २९, २०८२
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित सोमबार, वैशाख २९, २०८२
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा बुधबार, कात्तिक २१, २०८१
लाेकप्रिय समाचार
  • नंः १ सम्पदाहरू जल्दै गर्दा दुखेको मन
  • नंः २ अर्थतन्त्रलाई चलायमान बनाउन ‘उदयपुर एक्स्पो-२०८२’
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ खाेटाङ र उदयपुर जाेड्ने  सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन
  • नंः ५ प्रतिनिधिसभा निर्वाचन: फागुन ३ देखि १७ गतेसम्म देशभर मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्दै आयाेग
विचार
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्