Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • ब्राजिलको नेतृत्वमा पुनः मजदुर नेता
ब्राजिलको नेतृत्वमा पुनः मजदुर नेता
श्रीनारायणजी
श्रीनारायणजी शनिबार, कात्तिक २६, २०७९
Api Himal

दक्षिण अमेरिकी मुलुक ब्राजिलमा आउँदो जनबरी १ देखि बामपन्थी मजदुर नेता लुइज इनासियो लुला दा सिल्भाले तेस्रो पटक सत्ता सम्हालेको छ ।

गत अक्टोबर ३० मा भएको दोस्रो चरणको राष्ट्रपति निर्वाचनमा निर्वाचित भएसँगै उहाँ तेस्रो पटक सत्तामा पुगेको हो । उनी यसअघि दुई पटक राष्ट्रपति निर्वाचित भएको थियो।

दोस्रो चरणको निर्वाचनमा ७७ वर्षीय सिल्भाले ५०.८९ प्रतिशत मत पाएको थियो । उनीसँग पराजित वर्तमान घोर दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनाराले ४९.११ प्रतिशत मत ल्याए । यस निर्वाचनलाई ब्रजिलभित्र मात्र नभएर विदेशमा समेत चासोपूर्वक हेरिएको थियो ।

सिल्भा ब्राजिलमा निकै लोकप्रिय चामत्कारिक नेता हुन् । अत्यन्तै गरिब परिवारबाट सङ्घर्षशील जीवन बिताउँदै देशको सर्वोच्च पदमा पुग्ने उनको जीवन कथा मार्मिक छ । उनी यसअघि दुई पटक राष्ट्रपति हुँदा ब्राजिलले आर्थिकरुपमा निकै प्रगति गरेको थियो ।

Nepal Oil Corporation

सिल्भाको प्रशंसा नगर्ने विरलै नेता थिए । पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले उनी संसारकै सबैभन्दा लोकप्रिय राजनीतिज्ञ भनी प्रशंसा गरेको थियो ।

सिल्भाको जन्म सन् १९४५ मा ब्राजिलको उत्तरपूर्वी सहर परन्यामबुल्कोमा भएको थियो । अत्यन्तै गरिब परिवारमा जन्मिएका उनलाई बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल थियो । पेट पाल्न समस्या भएपछि उनी सात वर्षको हुँदा उनकी आमाले सात छोराछोरीलाई राजधानी साओ पाउलोमा बसाइँ  सारे ।

उनको परिवारले साओ पाउलोमा पनि चरम आर्थिक अभाव झेल्नु पर्यो । पैसा नभएकै कारण सिल्भाले ५ कक्षामै स्कूल जान छोडिदिए । परिवारको आर्थिक गर्जो टार्न सुरूमा उनले जुत्तामा पालिस लगाउने काम गरे । केही समयपछि सिल्भाले उद्योगमा मजदुरी गर्न थाले ।

१७ वर्षको हुँदा दुर्घटनामा परेर उनले देब्रे हातको औँला गुमाए । गरिबी, मजदुरी र अभावको जिन्दगी भोग्दाभोग्दै हुर्केका सिल्भा २० वर्षको उमेरदेखि मजदुरका हक अधिकारका लागि लड्न सुरु गरे ।

उनी सन् १९७५ मा धातु मजदुर सङ्घको अध्यक्ष बने । त्यतिबेला ब्राजिलमा सैनिक तानाशाहले सरकार चलाएका थिए । तानशाह सरकारविरूद्ध उनले विभिन्न हड्ताल तथा प्रदर्शन आयोजना गरे ।

मजदुर नेताका रूपमा उदाइरहेका उनको तुलना त्यतिबेला पोल्यान्डका तत्कालीन नेता लेक वालेन्जासँग हुने गरेको थियो । नोबेल शान्ति पुरस्कार विजेता वालेन्जा पनि पोल्यान्डमा मजदुर नेता हुँदै राष्ट्रपति बनेको थियो ।

सन् १९८० मा सिल्भाले केही बुद्धिजीवी तथा कलाकार मिलेर सैन्य शासनको विरोधका लागि मजदुर पार्टी गठन गरे ।  सन् १९८५ मा सैनिक तानाशाहको अन्त्य भएपछि उनी राष्ट्रपतिको दौडमा होमिए । ब्राजिलको शीर्ष पदमा पुग्ने दौडमा उनी तीन पटक असफल भए ।

सन् २००२ मा मात्र उनको सपना पूरा भयो । ५७ वर्षको उमेरमा उनी ब्राजिलको राष्ट्रपति निर्वाचित भए । उनको पहिलो कार्यकालमा ब्राजिलमा व्यापक आर्थिक सुधार भयो । गरिबी निवारण तथा सामाजिक कल्याणको क्षेत्रमा स्मरणयोग्य काम भए । दसाै लाख मानिसले गरिबीबाट मुक्ति पाए ।

उनले राम्रो काम गरेकाले सन् २००६ मा पनि जनताले उनलाई दोस्रो पटक राष्ट्रपति बनाए । उनको दोस्रो शासन कालमा ब्राजिलको पेट्रोलियम पदार्थ तथा पानीजहाज निर्माण कम्पनीका व्यापार फस्टाउँदा अर्थतन्त्रको आकारमा ब्राजिल संसारकै छैठौँ स्थानमा पुगेको थियो। ओलम्पिक तथा फुटबलको विश्वकपसमेत आयोजना भएका कारण मुलुकको प्रतिष्ठा समेत नयाँ उचाइमा पुगेको थियो ।

दुई पटक राष्ट्रपति बनी मुलुक र मुलुकवासीका लागि राम्रो काम गरेका सिल्भामाथि सन् २०१५ मा भ्रष्टाचारको मुद्दा लगाइयो । यो प्रकरणले उनको प्रतिष्ठामा समेत आँच पुग्यो । सार्वजनिक पूर्वाधार निर्माणका ठेकेदारहरूसँग उनीसँगै अन्य ठूला नेताले आर्थिक लाभ लिएको आरोप लाग्यो ।

ब्राजिलले सन् २०१५–२०१६ मा नराम्रो आर्थिक मन्दी व्यहोर्नु पर्याे । आर्थिक मन्दीलाई नै कारण देखाउँदै तत्कालीन राष्ट्रपति डिल्मा रूसेफमाथि महाअभियोग लगाइयो । सिल्भाले  नै रूसेफलाई आफ्नो उत्तराधिकारी बनाएको थियो ।

रूसेफको बहिर्गमनपछि सन् २०१८ मा घोर दक्षिणपन्थी विचारधाराका जायर बोल्सोनारो राष्ट्रपति बने । उनी सत्तामा आएपछि सिल्भाविरूद्धको भ्रष्टाचार मुद्दाको छानबिनले तीव्रता पायो ।

सन् २०१७ मा उनलाई भ्रष्टाचार अभियोगमा जेल चलान गरिएका कारण सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न पाएन ।

उनको मुद्दा ब्राजिलको सर्वोच्च अदालतसम्म पुग्यो । अभियोगलाई प्रमाणित हुने यथेष्ट  प्रमाण प्राप्त नभएको भन्दै सर्वोच्चले उनको सजाय रद्द गरिदियो । जेलबाट छुटेको १९ महिनापछि उनी तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित भए ।

निर्वाचनका परिणाम घोषणा भएपछि उनले मतदातालाई  भने, “विरोधीहरू मलाई ज्युँदै गाड्न चाहन्थे । तपाईंहरूको समर्थनले म फेरि राष्ट्र हाँक्न आइपुगेँ ।”

उनले मुलुकको आर्थिक स्थिति फेरि सबल बनाउने प्रण गर्नु भएको छ । मुलुकको हस्तक्षेपकारी आर्थिक नीतिले बाहिरी लगानीकर्ता निरूत्साहित रहेको भन्दै उनले आर्थिक नीति सुधार गरेर वैदेशिक लगानी भित्र्याउने योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

बोल्सोनारोका पालामा घना जङ्गल अमेजनमा १५ वर्ष यताकै उच्च फडानी भएको भन्दै उनले अमेजनको साख फेरि फर्काउने बताए । उनले आफ्नो जितलाई प्रजातन्त्रको विजय भनेर व्याख्या गरे ।

सन् २०२१ को मध्यदेखि हालसम्म ब्राजिलको अर्थतन्त्र मुद्रास्फ्रीतिको कारण नराम्रोसँग प्रभावित छ । सिल्भाले त्यसलाई सुधार गर्दै भोकमरी तथा बेरोजगारी समस्यालाई अन्त्य गर्ने  दृढता पनि व्यक्त गरेको छ ।

खासगरी वातावरण अभियानकर्मीहरूले बोल्सोनारोले चुनाव जिते अर्को चार वर्षमा  अमेजन जङ्गलको थप विनाश हुने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

पछिल्ला मत सर्वेक्षणहरूले सुरुदेखि नै सिल्भाले जित्ने प्रक्षेपण गरेका थिए । तर पहिलो चरणमा उनको अग्रता सोचिएभन्दा निकै साँघुरो देखिएपछि ब्रजिलमा धेरैले प्रक्षेपणहरूको विश्वसनीयतामा सन्देह व्यक्त गर्न थालेका थिए ।तिक्ततापूर्ण चुनावी अभियानपछि उनले शान्ति र एकताको आह्वान गरेको छ । उनको जितले दसकौँमा ब्राजिलको सबैभन्दा उग्र दक्षिणपन्थी सरकारको अन्त्य गरेको छ ।

पराजित राष्ट्रपति बोल्सनारोको शासनकाल ब्राजिलका लागि अभिशाप सिद्ध भयो । उनको गलत नीतिले ठूलो वन विनास भयो भने कोरोना महामारीका बेला सरकारको लापर्वाहीका कारण चार लाखभन्दा बढी मानिसको ज्यान गयो। जसले गर्दा उनीप्रति जनविश्वास गुम्दै गयो ।

लामो समय पोचुर्गलको उपनिवेश रहेको ब्राजिलले निरङ्कुश सैनिक शासनसमेत भोगेर सन् १९८५ देखि नागरिक सरकार पाएको हो । करिब २१ करोड जनसङ्ख्या रहेको यो मुलुक ८० लाख ५५ हजार वर्ग किलोमिटरमा फैलिएको छ। यहाँका जनताको औसत आयु पुरुषको ७२ र महिलाको ७९ वर्ष रहेको छ ।

पोर्चुगाली मुख्य भाषा रहेको ब्राजिलको मुख्य धर्म इसाई हो । जैविक विविधताले भरिपूर्ण यो मुलुक पनि जलवायु परिवर्तनको खतरामा परेको छ । बोल्सनारो सरकारको गलत नीतिले वन जङ्गल सखाप भएको छ ।

जलवायु परिवर्तनको असर कम गर्न तत्काल नीतिगत र व्यवहारिक सुधार गर्नुपर्ने भएको छ । निर्वाचित राष्ट्रपति सिल्भाले यसैलाई नै आफ्नो पहिलो एजेन्डा बनाउने बताएको छ । उनको तेस्रो यो शासन कालमा ब्राजिलमा धेरै सुधार हुने अपेक्षा गरिएको छ ।

-नामी साप्ताहिक

 

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १०:५७
##lula #brazil #brasil
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विश्व परिवेश
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा बिहीबार, जेठ २३, २०८२
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र शनिबार, जेठ ४, २०८२
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति सोमबार, वैशाख २९, २०८२
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित सोमबार, वैशाख २९, २०८२
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा बुधबार, कात्तिक २१, २०८१
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा मंगलबार, कात्तिक २०, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्