Top Navigation
Main Navigation
शनिबार, जेठ ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, जेठ ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • चीनमा सी निर्विकल्प नेता
चीनमा सी निर्विकल्प नेता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, कात्तिक २६, २०७९

चीनका राष्ट्रपति सी चिनफिङ झन् शक्तिशाली बनेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औँ महाधिवेशनले उनलाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेपछि उनी निर्विकल्प नेता बनेको हो । उनको प्रतिस्पर्धामा कोही नेता देखा परेनन् । उनले मुलुक सञ्चालनका लागि नयाँ टिम बनाएको छ ।

सीपीसीको २० औँ महाधिवेशन बेइजिङमा सम्पन्न भयो । पार्टी स्थापनाको १०१ वर्षमा अक्टोबर १६ देखि २२ सम्म भएको महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय समिति चयन गर्दा शक्तिशाली पोलिटब्युरो स्थायी समितिका चार सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई बिदा दिएको छ ।

वाङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुन् भने हान उपप्रधानमन्त्री र ली चान्सु चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष छन् ।

६९ वर्ष भइसक्दा पनि स्टेट काउन्सिल तथा विदेशमन्त्री वाङ यी भने केन्द्रीय समितिमा परेको छ । सामान्यतया चीनमा ६८ वर्षभन्दा बढी भएका नेताहरुलाई जिम्मेवारीबाट अवकास दिने गरिएको छ । २०५ सदस्यीय केन्द्रीय समितिमा ११ जना मात्रै महिला छन् । केन्द्रीय समितिले  २५ सदस्यीय पोलिटब्युरो र सात सदस्यीय स्थायी समितिको गठन गरेको छ।

एक सातासम्म चलेको महाधिवेशनले पाँच वर्षअघि अपनाएको सी विचारधारा झनै सशक्त बनाउने प्रस्ताव पारित गरेको छ। चिनियाँ विशेषताअनुसारको चिनियाँ समाजवादसम्बन्धी सी विचारधारालाई पार्टीको विचारको सार रूपमा अघि बढाउने निर्णय गरेको छ ।

त्यसैअनुरूप हुने गरी पार्टीको विधानलाई पनि संशोधन गरिएको छ । पाँच वर्षअघि सन् २०१७ मा भएको पार्टीको १९ औँ महाधिवेशनले सी विचारधारालाई अपनाउने निर्णय गरेको थियो ।

महाधिवेशनबाट सीपीसीले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनलाई अबका पाँच वर्षसम्म हाक्ने राजनीतिक र सैन्य नेतृत्व चुनेको छ भने त्यो अवधिमा गरिने योजनाहरू पारित गरेको छ ।

महाधिवेशनमा देशभरबाट सीपीसीका दुई हजार तीन सय प्रतिनिधि सहभागी भएका थिए । हाल देशभर सीपीसीका नौ करोड २० लाखभन्दा बढी पार्टी सदस्य रहेका छन् । विभिन्न समितिबाट पार्टी सदस्यले चुनेर पठाएका प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुने व्यवस्था सीपीसीको विधानमा गरिएको छ ।

गत ३१ अगस्टमा बसेको पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले प्रस्ताव गरेको महाधिवेशनको मितिलाई अक्टोबर ९ मा बसेको केन्द्रीय समितिको अन्तिम बैठकले अनुमोदन गरेको थियो ।

महाधिवेशन उद्घाटन सत्रलाई  राष्ट्रपति तथा सीपीसीका महासचिव सीले विशेष सम्बोधन गरे । उनले गएको पाँच वर्षमा भएका कामको प्रगति विवरण र आउने पाँच वर्षमा गरिने कामहरूको फेहरिस्त प्रस्तुत गरे ।

महाधिवेशनमा पार्टीको सातौँ प्लेनमले अनुमोदन गरेको केन्द्रीय समितिको प्रतिवेदन, पार्टी केन्द्रीय अनुशासन आयोग (सीसीडीआई) को प्रतिवेदन र पार्टी विधान संशोधनका लागि तयार पारिएका प्रस्तावहरू पेस गरिएका थिए । चीनको राज्य सञ्चालन गर्ने मुख्य दस्तावेज नै सीपीसीको विधान हो । जसले निदृष्ट गरेका क्षेत्राधिकारभन्दा बाहिर गएर कुनै पनि कार्य सञ्चालन गर्न मिल्दैन ।

महाधिवेशनले पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोग (सीएसी) को अध्यक्ष दुवै प्रमुख पदमा राष्ट्रपति सीलाई निर्वाचित गरेको हो । चीनको कम्युनिस्ट पार्टीले नै त्यहाँको सरकार चलाउँछ । पार्टीको महासचिव सबभन्दा बढी शक्तिशाली हुने हुँदा राज्य सञ्चालक अर्थात राष्ट्रपति पनि उही व्यक्ति हुन्छ ।

सीले सन् २०१२ मा पहिलोपटक पार्टी र मुलुकको नेतृत्व सम्हालेको हो ।  त्यसयता दोस्रोपटक सन् २०१७ मा पनि सी दुवै शक्तिशाली पदमा दोहोरिए ।  आफ्नो नेतृत्वमा चीनले विश्व शक्ति राष्ट्रहरूसँग प्रतिस्पर्धा गरेर आर्थिक र सैन्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेपछि लोकप्रिय बनेका सी तेस्रो पाँच वर्षे कार्यकाललाई पनि निर्वाचित भए

उनको प्रतिद्वन्द्वीका रूपमा कोही दोस्रो व्यक्ति अगाडि  देखिएन । त्यसका लागि पार्टीको विधानले तय गरेको उमेर हदको व्यवस्था सीले यसपटक बदलेर आफू अनुकूल बनाए । चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो र स्थायी समितिलगायत उच्च पदमा रहनका लागि ६८ वर्षको उमेरहद राखिएको छ ।

उनले यसअघि सन् २०१७ मा सम्पन्न पार्टीको १९औँ राष्ट्रिय महाधिवेशनबाटै नेतृत्व परिवर्तनका लागि दुई कार्यकाल अर्थात १० वर्ष समय र ६५ वर्षे उमेरहदको व्यवस्थालाई विधानबाट हटाएको छ ।

हाल पार्टीको उच्च तहमा रहनका लागि ६८ वर्षे उमेरहदसम्बन्धी व्यवस्था बाँकी नै छ । ६९ वर्ष पुगेका महासचिव सीका लागि मात्रै उमेरहदसम्बन्धी व्यवस्थामा हटाइयो ।

चीनले गएको पाँच वर्षमा असाधारण प्रगति हासिल गरेको निष्कर्ष महाधिवेशनले निकालेको छ । सी विचारधारद्वारा निर्देशित चिनियाँ विशेषतासहितको समाजवादलाई अङ्गिकार गर्दै सिङ्गो पार्टी, जनमुक्ति सेना र सबै समुदायका नागरिकलाई एकतावद्ध बनाएर राख्न सफल भएको भनिएको छ ।

यसैको जगमा पहिलो शताब्दी लक्ष्य पूरा गरेर दोस्रो शताब्दी लक्ष्य पछ्याउन अग्रसर हुने निर्णय गरिएको छ । सीको नेतृत्वमा चीनले अन्तर्राष्ट्रिय जटिल परिस्थितिहरूको सहजै सामना गरेको भन्दै लामो समयदेखि समाधान हुन नसकेका कयौँ समस्याहरू हल गर्न सफल भएको निष्कर्ष  निकालिएको छ । सी सन् १९७० को दशकका नेता माओत्सेतुङपछि सबैभन्दा शक्तिशाली चिनियाँ नेता बनेको छ ।

विश्वका विभिन्न १४ मुलुकसँग सीमा जोडिएको, विभिन्न २३ प्रान्त, पाँच स्वायत्त क्षेत्र, केन्द्र सरकारअन्तर्गतका चार महानगरपालिका तथा हङकङ र मकाउसहित दुई विशेष प्रशासनिक क्षेत्र एवं ५६ जनजाति भएको चीनमा प्रत्येक पाँच वर्षमा हुने पार्टीको महाधिवेशनले आन्तरिक राजनीति र आर्थिक क्षेत्रलाई जेजति प्रभाव पार्छ, महाधिवेशनले लिने नीतिगत निर्णयले पनि विश्व सम्बन्धलाई कुनै न कुनै रूपमा असर पार्ने गरेको छ ।

करिब पाँच हजार वर्ष पुरानो सभ्यता भएको चीनले इतिहासका विभिन्न चरणमा अनेकन आरोह अवरोह सामना गर्नुपरेको छ, तथापि सन् १९४९ मा स्वाधीनता र एक सय वर्षअघि कम्युनिस्ट पार्टीको स्थापनापछिका अवधि चीनको समृद्धि, स्थायित्व र आधुनिकीकरणमा ऐतिहासिक महत्वका अवधि मानिएका छन् ।

सन् १९४९ को अक्टोबर १ मा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओले चीनको तियानमेन चोकबाट जनवादी गणतन्त्र चीन स्थापना गरेको घोषणापछि चीनले ७० वर्ष पार गरिसकेको मात्र होइन, त्यहाँ राजनीतिक प्रणाली, सामाजिक र आर्थिक विकासलाई नयाँ धरातलमा पु¥याएर विश्वको दोस्रो आर्थिक शक्ति राष्ट्रमा सूचीबद्ध भएको छ ।

विगतका दशकमा विश्वव्यापी रूपमा जेजति उल्लेख्य परिवर्तन भएका छन्, त्यही सिलसिलासँगै चीनले पनि आर्थिक–सामाजिक रूपान्तरण र आधुनिकीकरणमा निकै फड्को मारेको छ । चीनले अवलम्बन गरेको राजनीतिक प्रणाली २०औँ शताब्दीको सुरुका दशकमा भएको क्रान्तिका परिणाम हुन् ।

भूमि सुधारका कदम, गृहयुद्ध, जापानविरुद्धको युद्ध, स्वाधीनता संग्रामलगायत २८ वर्षको सङ्घर्षपछि सन् १९४९ मा स्थापित नयाँ राजनीतिक प्रणालीको परिणामस्वरूप चीनले सात दशकको अवधिमा विश्वलाई आश्चर्यचकित पार्ने उच्चतम सफलता प्राप्त गरेको हो ।

चीनमा अक्टोबर १९७६ मा दस वर्षको सांस्कृतिक क्रान्ति अन्त्य हुने क्रमसँगै देङ सियाओपिङको नेतृत्वमा चीनले अवलम्बन गरेको सुधार र खुलापनको नीतिले तीव्र विकासको सफलता हासिल गरेको हो ।

नयाँ चीन स्थापनाअघि अत्यन्त कमजोर अवस्थाबाट गुज्रिएको चीनले पछिल्ला चार दशकका अवधिमा विज्ञान–प्रविधि क्षेत्रसमेतमा अनुकरणीय उपलब्धि प्राप्त गरेर वर्तमान चीनलाई विश्वको सबैभन्दा ठूलो दोस्रो आर्थिक शक्ति राष्ट्रका रूपमा उभ्याइसकेको छ ।

कतिपय राजनीतिक विश्लेषकले चिनियाँ कम्युनिस्ट पार्टीले पछिल्ला अवधिमा अवलम्बन गरेका नीति र कार्यक्रम, स्थायित्व, चीनको आफ्नै विशेषतासहितको राजनीतिक प्रणाली र उदार अर्थतन्त्रको परिणाम ठान्छन्–२१औँ शताब्दीमा चमत्कारपूर्ण चीनको उदय ।

महाधिवेशनले चीनलाई अझै समुन्नत राष्ट्र बनाउन मार्गनिर्देश गरेको छ । विगत तीन वर्षदेखि विश्वले कोभिड–१९ महामारीको प्रकोप, क्षेत्रीय सङ्घर्ष, जलवायु परिवर्तन, आर्थिक मन्दीलगायतका विविध चुनौती सामना गर्नु परिरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय सम्बन्धलाई सकारात्मक मोड दिन सबै राष्ट्र र विश्व समुदायको सामूहिक प्रयास आवश्यक छ भने चीन र अमेरिकाबीच विद्यमान व्यापार युद्ध र आठ महिनादेखि जारी रुस–युक्रेन युद्धले पु¥याएको असरलाई पनि चीनले गम्भीरतापूर्वक लिएको देखिन्छ । यस स्थितिमा अन्तर्राष्ट्रिय सम्बन्धलाई सही दिशा प्रदान गर्ने सन्दर्भमा पनि महाधिवेशनले गम्भीर समीक्षा गरेको छ ।

१९औँ महाधिवेशनपछि पाँचवर्षे अवधिका गतिविधि विवेचना गर्दा चीनले यस अवधिमा गरिबी निवारणमा उच्चतम सफलता हासिल गरेको छ । चीनमा गरिबी पूर्ण उन्मूलन हुनुका साथै चीन प्रत्येक क्षेत्रमा समुन्नत राष्ट्र बन्न सफल भएको छ।

चीनको आन्तरिक राजनीतिमा बेलाबखत अनावश्यक चासो लिने पश्चिमा राष्ट्रहरूले समेत चीनले हालका वर्षहरूमा प्राप्त गरेका आधुनिकीकरण र समृद्धिका सफलतालाई अस्वीकार गर्न सकेका छैनन् ।

विश्वका अधिकांश राष्ट्र जलवायु परिवर्तनका कारण अनेकन चुनौती सामना गर्न विवश भएको स्थितिमा सीद्वारा विगत दस वर्षमा हरियो पानी र समृद्ध पहाडको अवधारणालाई कायम राखिएको, चीनको आकाश झन् नीलो, पहाडहरू झन् हरियालीयुक्त र पानी झन् स्वच्छ भएको उल्लेख गर्नुका साथै मानववाहक अन्तरिक्ष, चन्द्रमा तथा मङ्गलको अन्वेषण कार्य, गहिरो समुद्र तथा भूमिगत अन्वेषण कार्य, सुपर कम्प्युटर, उपग्रहद्वारा नेभिगेसन, विशाल विमानको उत्पादन तथा बायोलोजिकल औषधिलगायत क्षेत्रको आविष्कारक मुलुकको पङ्तिमा चीन प्रवेश गरेको र यो प्रक्रिया निरन्तर अघि बढ्ने उल्लेख गरिएको छ । यी सबै उद्देश्य चीनको विशाल पुनरुत्थानसँग जोडिएका विषयवस्तु हुन् ।

ताइवान मामिलामा बाह्य हस्तक्षेपविरुद्ध चीनले कडा चेतावनी दिएको छ ।  चीनले विश्वका १४० भन्दा बढी मुलुक र क्षेत्रका मुख्य व्यापारिक साझेदार रहँदा व्यापार परिमाण विश्वको पहिलो स्थानमा रहेको, वैदेशिक लगानीको रकम विश्वको अग्रस्थानमा रहेको, वैदेशिक खुलापन तथा मार्च २०१३ मा घोषित ‘बेल्ट एन्ड रोड (बीआरआई)’ परियोजनालाई साकार पार्ने दृढता व्यक्त गरेर आगामी दिशा निर्देश गरेको छ । यसको तात्पर्य चीन अझ उदार र खुलापनतर्फ अग्रसर हुँदैछ ।

-नामी साप्ताहिक

 

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  ११:४०
##china #XiJinping
प्रतिक्रिया दिनुहोस्
थप विश्व परिवेश
सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता
सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता बुधबार, जेठ २०, २०८३
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ?
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ? मंगलबार, वैशाख ८, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी मंगलबार, फागुन १९, २०८२
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण आइतबार, फागुन ३, २०८२
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा आइतबार, पुस २७, २०८२
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार
  • नंः २ कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
  • नंः ३ जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
  • नंः ४ स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ?
  • नंः ५ कांग्रेस लास र दासको पार्टी होइन, त्यै हिम्मतमा त्यै नैतिक धरातलमा उभिएर आज बोल्न सकिरहेका छौं ।
विचार
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas NamiNews- नामीन्यूज
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्