काठमाडौ । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्के काठमाडौं ६ (२) मा विजयी भएका छन्।
विजयी उम्मेद्वार मास्केले ८ हजार ५९ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएकाे हाे।
मास्केका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले ६ हजार ६ सय ७१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चिरागमानसिंह कुँवरले ३ हजार ५ सय ७६ मत प्राप्त गरेका थिए।
टोखा नगरपालिकाको वडा नं १ र ८ तथा तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ वडा रहेको यो प्रदेश सभामा २३ हजार १०८ मत खसेको थियो।
जसमध्ये ३ सय २७ मत बदर भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ ०८:५४