Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • किमको तर्साउने क्षेप्यास्त्र कूटनीति
किमको तर्साउने क्षेप्यास्त्र कूटनीति
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, मंसिर १८, २०७९
Api Himal

एसियाको सानो मुलुक उत्तर कोरियाले तर्साउने क्षेप्यास्त्र कूटनीति प्रयोग गरे पनि  अन्ततः शान्तिको बाटो समाएको छ । बेला बेलामा आणविक परीक्षण गरेर अमेरिका, दक्षिण कोरिया र जापानलाई तर्साउने गरे पनि मुलुकको हितका लागि शान्तिपूर्ण बाटोको विकल्प नभएको उसको ठम्याइँ छ । २६ वर्षको कलिलो उमेरमा सत्ता सम्हालेका किम जोड उनले यो एक दशकको अवधिमा आफ्नो आणविक शक्तिलाई पूर्णता दिएर पनि अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् ।

उनले विश्वको पहिलो शक्ति राष्ट्र अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दुई–दुई पटक शिखर वार्ता गरे  ।  साथै पहिलो पटक अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली भूमि टेक्न पुगे । तत्कालीन ट्रम्प र किमबीचको शिखर वार्तालाई विश्वले उच्च महत्व दियो । यो वार्तासँगै अमेरिका र उत्तर कोरियाबीचको तनावमा कमी आएको छ । अब थप वार्ता गरी अमेरिका र अन्तर्राष्ट्रिय समुदायले लगाएको प्रतिबन्ध हटाउन पहल गर्नुपर्ने अवस्था छ ।

किमले प्रतिद्वन्द्व दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति मुन जाय इनसँग वार्ता गरी सन् १९५० देखि ५३ सम्म भएको कोरियाली युद्ध र त्यसपछिको तनावलाई अन्त्य गर्ने प्रयास गरे । यो युद्ध प्राविधिक रुपमा टुंगिएको छैन, अहिलेसम्म शान्ति सम्झौता भएको छैन । त्यही भएर युद्धको विधिवत अन्त्य गर्ने विषयमा दुवै देशको उच्च नेतृत्व तहमा वार्ता हुनु र सहमतिको नजिकमा पुग्नु सुखद सन्देश हो ।

किमले छिमेकी चीन र रुससँगको सम्बन्धलाई उच्च महत्व दिएका छन् । चीनका राष्ट्रपति सी चिनफिङ  र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरेका छन् । यसले युवा नेता किममा परिपक्वता आएको र मुलुकलाई भरपर्दो नेतृत्व दिन सफल भएको पुष्टि भएको छ ।

Nepal Oil Corporation

विश्वबाटै एक्ल्याइएको उत्तर कोरिया किम जोङ इलको निधनसँगै कसरी सम्हालिएला भन्ने चिन्ता सर्वत्र थियो । उनका २६ वर्षे छोरा किम जोङ उनले सत्ता सम्हाल्दा अपत्यारिलो लाग्ने अवस्था एक दशकमै नाटकीयरुपमा सम्हालिएको मात्रै छैन विश्वमै एउटा शक्तिका रुपमा चर्चामा छ । बाजे किम इल सुङ, छोरा किम जोङ इल र नाति किम जोङ उनका पालामा आइपुग्दा उत्तर कोरियाले धेरै उतारचढाव पार गरेको छ । कम्युनिस्ट शासन भए पनि उत्तर कोरिया अब क्रमशः खुलापन र नागरिक स्वतन्त्रताका लागि उदारवादमा जानुको विकल्प छैन ।

किम इल सुङको नेतृत्वमा जापानी उपनिवेशबाट सन् १९४५ मा स्वतन्त्र भएसँगै कोरिया विभाजित भयो । उत्तर कोरियामा किम इल सुङको नेतृत्वमा कम्युनिस्ट शासन र दक्षिण कारियामा प्रजातान्त्रिक शासन सुरु भयो । सन् १९५० देखि ५३ सम्म भीषण कोरियाली युद्ध भयो । युद्धबाट दुवै मुलुक तहसनहस भए । युद्ध रोकिएसँगै तनावकाबीचमा पनि दुवै मुलुकले आआफ्नै ढंगले मुलुकको विकास गरे।

उत्तर कोरियाले सैन्य र आणविक शक्तिको विकास गर्यो भने दक्षिण कोरियाले आर्थिक विकास गरी मुलुकलाई सशक्त बनायो ।  युद्ध अन्त्य भएको विधिवत घोषणा र शान्ति सम्झौता अहिलेसम्म नहुँदा कुनै पनि बेला फेरि युद्ध हुने हो कि भन्ने शंका छ । तर दुवै मुलुुुकले युद्ध चाहेका छैनन् । पछिल्ला दिनमा सम्बन्ध सुधार र तनाव घटाउने प्रयास जारी छ ।

विभाजित दुई कोरियालाई एकीकरण गर्न किम इल सुङले प्रयास गरे तर सफल भएनन् । उनको १९९४ मा  निधन भयो । त्यसपछि उनका छोरा किम जोङ इलले सत्ता सम्हाले । इलको शासन कालमा सन् २००६ मा उत्तर कोरियाले परमाणुुु अस्त्र परीक्षणमा सफल भई परमाणु अस्त्र सम्पन्न मुलुक बन्यो । इलको सन् २०११ मा निधन भयो । उनको निधनपछि उनका छोरा किम जोङ उन सत्तामा आए । उनले परमाणु अस्त्र परीक्षणलाई नयाँ उचाइमा पुर्याउनुका साथसाथै अमेरिका, चीन, रुस, र दक्षिण कोरियासँग वार्ता गरी तनाव घटाउने काम गरे । अहिले उहाँ ३७ वर्षका भए । उनले सत्ता सम्हालेको यो ११ वर्षको अवधिमा मुलुक विश्वमाझ स्थापित भएको छ । दुई कोरियाबीच विधिवत् रुपमा युद्ध अन्त्य भएको घोषणा गर्दै शान्ति सम्झौता हुन सक्यो भने कोरिया प्रायद्विपमा स्थायी शान्तिको मार्गप्रशस्त हुनेछ । यसका लागि अमेरिका र चीनले विशेष भूमिका खेल्नुुपर्ने अवस्था देखिएको छ ।

११ वर्षअघि उत्तर कोरिया विलापमा रहेको हिउँ परिरहेको बिहान राजधानी प्योङयाङमा आफ्ना बुवाको शव बोकिरहेको गाडीको साइडमा विश्वले देखेको थियो, किम जोङ उनलाई । बुबाको निधनपछि किमलाई त्यहाँको राज्य टेलिभिजनबाट उत्तराधिकारीको रूपमा घोषणा गरिएका थिए ।

किम जोङ उनको लामो कालो कोट, हजुरबुबा किम इल सुङको याद गराउने कपालको स्टाइल सहितका सार्वजनिक रूपमा पुर्खाको बिडो थाम्न अघि सरे । त्यतिबेला २६ वर्ष उमेरका किमलाई नपत्याउनेहरूले अहिले उनले लामो समय उत्तर कोरियाको नेतृत्व गर्ने विश्वास गर्न थालेका छन् । किममा निरङ्कुश स्वभाव र नेतृत्व क्षमताको अभाव होला भन्ने धेरैलाई लागेको थियो । तर यो ११ वर्षको अवधिमा उनले आफूलाई परिपक्व नेताका रुपमा स्थापित गर्न सफल भएका छन्  । यस पटक कोरोना महामारीकामा उत्तर कोरियाले बनाएको रणनीतिले मुलुक जोगियो । कोरानाबाट क्षति हुन दिइएन यसले पनि किमलाई झन् बलियो बनाएको छ ।

सन् २०१२ मा पहिलो पटक किमले आफ्ना स्वर्गीय हजुरबुवाको जन्मोत्सवमा सार्वजनिक रूपमा भाषण दिए जुन उत्तर कोरियाको इतिहासमा महत्वपूर्ण दिन हो । त्यस क्रममा उनले शक्तिशाली समाजवादी देश निर्माण गर्ने आफ्नो स्वर्गीय बुवाको चाहनालाई अघि बढाउने बाचा गरेका थिए । त्यसको करिब एक वर्षभन्दा छोटो समयमै सन् २०१३ को फेबु्रअरीमा किमले पहिलो र उत्तर कोरियाले तेस्रो परमाणु अस्त्रको परीक्षण गर्यो ।  किमको यो कदमले विश्वलाई नयाँ कडा सन्देश दियो, खास गरी उनीमाथि गम्भीर नबनेको अमेरिकाले पनि ।

त्यसै बेला किमले आणविक कार्यक्रम र अर्थतन्त्रलाई एकै साथ विकास गर्ने प्योङजिन’ नीतिको घोषणा गरे । त्यसयताका केही वर्षमा उत्तर कोरियाले आफ्नो सैन्य क्षमताको व्यापक विकास, अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र, लामो र छोटो दूरीका क्षेप्यास्त्र  एवं तीन वटा भूमिगत आणविक विस्फोट गराएको छ । सैन्य विकासभन्दा बाहिर किमले आफ्ना बुवा किम जोङ इल र हजुरबुवा किम इल सुङले नसकेको कूटनीतिक विजयी हात पारे ।

सन् २०१८ मा किमले सिंगापुरमा अमेरिकी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखरवार्ता  गरे ।  सो भेटमा दुई देशबीचको सम्बन्ध नयाँ किमिसले अघि बढाउने विषयमा छलफल भएको थियो। ट्रम्प, चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति मुन जाय इनलगायतका विश्व नेताहरूसँगको भेटवार्ताको शृङखलाले उत्तर कोरियाको आणविक समस्या समाधान गर्नेतर्फ प्रगति गर्नुका साथै किम र उत्तर कोरियाको विश्वव्यापी स्थानलाई एक नयाँ उचाइ दिएको देखिन्छ ।

गत जनबरीमा कोरियाको सत्तारुढ वर्कर्स पार्टीको आठौँ महाधिवेशनले किमलाई पार्टीको सर्वोच्च पद महासचिवका रूपमा अनुमोदन गरेपछि उनी  थप शक्तिशाली बनेका छन् ।  किमका बुवाले सैन्य क्षमतालाई प्राथमिकता राखे झैं किमले नागरिकलाई पहिलो प्राथमिकता राखेका छन् । यस्तै किमका हजुरबुवाको समाजवादी राज्य नीतिभन्दा पर किमले देशभक्ति र उत्तर कोरियाली राज्यको निर्माणलाई प्राथमिकता दिएका छन् ।

अब किमले आफ्नो मुलुकमाथिको  अमेरिकी र अन्य प्रतिबन्ध हटाउन थप विश्वास जित्न अवश्यक छ । अमेरिकी राष्ट्रपति जोए बाइडेनले पनि उत्तर कोरियाप्रति चासो राखेका छन् । ट्रम्पले झै उनले पनि किमसँग शिखर वार्ता गरी कोरियाली समस्याको दीर्घकालीन समाधानको बाटो निकाले भने निश्चय नै एसिया र पूरै विश्वकै लागि महत्वपूर्ण काम हुनेछ । यसबाट सात दशक लामो विवादको अन्त्य भई कोरियामा शान्तिको विहानी छाउनेछ ।

हालैमात्र अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेर विश्ककै ध्यान आकर्षित गरेको उत्तर कोरियासँग तनाव घटाउन अमेरिका, दक्षिण कोरिया र जापानले वार्ता गर्नुपर्छ । वार्ताद्वारा समस्याको खोजी गरिएन र सैन्य तनाव बढाउने हो भने यो प्रत्युत्पादक बन्नेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १३:५५
##kim
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विश्व परिवेश
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा बिहीबार, जेठ २३, २०८२
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र शनिबार, जेठ ४, २०८२
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति सोमबार, वैशाख २९, २०८२
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित सोमबार, वैशाख २९, २०८२
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा बुधबार, कात्तिक २१, २०८१
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा मंगलबार, कात्तिक २०, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्