Top Navigation
Main Navigation
शुक्रबार, फागुन १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, फागुन १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • १० बर्षसम्म नेपाल फर्कन नपाइने गरी कुख्यात अपराधी चार्ल्स शोभराज फ्रान्स फिर्ता
१० बर्षसम्म नेपाल फर्कन नपाइने गरी कुख्यात अपराधी चार्ल्स शोभराज फ्रान्स फिर्ता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस ९, २०७९

काठमाडौं । कुख्यात अपराधी चार्ल्स शोभराजलाई कैदमुक्त गर्ने सर्वोच्च अदालतको आदेशपछि उनलाई सरकारले शुक्रवार फ्रान्स पठाएको छ ।

खस्कँदो स्वास्थ्य अवस्था तथा ज्येष्ठ नागरिक ऐन २०६३ र कारागार नियमावली अनुसार ७८ वर्षीय फ्रान्सेली नागरिक चार्ल्स १९ बर्ष लामो जेल भुक्तान पश्चात रिहा भएका हुन । 

१० बर्षसम्म नेपाल फर्कन नपाइने गरी फ्रान्स फर्काइका शोभराज दुई वर्षअघि उच्च अदालत पाटनले भक्तपुर जिल्ला अदालतको सर्वश्वसहित जन्मकैदको फैसलालाई सदर गरेपछि  त्यही सजाय भुक्तान क्रममा थिए ।

विस २०३२ सालमा क्यानेडियन नागरिक लरेन्ट अर्मान्ड कारियाको हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले १ असोज २०७२ मा गरेको सर्वश्व सहित जन्मकैदको फैसलालाई सदर गरेको थियो ।

शोभराजले हदम्याद सकिएको मुद्दामा भक्तपुर अदालतले गरेको फैसलाले अन्याय भएको भन्दै बदर गरिपाउँ भनी पुनरावेदनमा २४ बैशाख २०७३ मा मुद्दा दर्ता भएको थियो । यसअघि शोभराजले कोन्नीको हत्यामा अदालतबाट भएको सर्वश्व सहित जन्मकैदको सजाय २०७१ मै भुक्तान गरेका थिए ।

२०३२ पुस ६ गते भक्तपुरको पलाँसेस्थित अरनिको राजमार्गको दक्षिणतर्फ ढलमा अनुहार डढाएको शव फेला परेको थियो । तत्काल नखुलेको त्यो शवको पहिचान दुई दिनपछि काठमाडौंको मनहरा घट्नाबाट खुलेको थियो ।

त्यसको पर्सिपल्ट गस्तीमा निस्किएको प्रहरीले मनहरा खोला किनारमा पेट्रोल हाली आगो लगाएको र मुटुमा छुरा रोपेर हत्या गरी फालिएको अवस्थामा एक युवतीको शव फेला पार्‍यो ।

टाउकोदेखि पैतालासम्म डढेको, पूरै शरीरको भाग नाङ्गो र मुटु लक्षित गरी चार पटक छुरा रोपिएको अवस्थामा फेला परेको शवको पहिचान तत्काल खुल्न सकेको थिएन ।

सोही समयमा धुलिखेल घुम्न गएका झोँछेको ओरियन्टल लजमा बस्ने दुई विदेशी पर्यटक नफर्किएको जानकारी आयो । प्रहरीले त्यही लजमा बस्दै आएका अस्ट्रेलियन नागरिक क्रिस्टी एम म्याकमिलनलाई मनहरामा शवसँगै भेटिएको झुम्का देखाएर मृतक अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिचको पहिचान गरेको थियो ।

प्रहरी अनुसन्धानमा यी दुवैको सम्पर्क होटल सोल्टीमा बस्ने भियतनामी नागरिकसँग रहेको सूचना फेला पर्‍यो ।त्यसकै आधारमा प्रहरीले भियतनामी नभई भारतीय–चिनियाँ अनुहारसँग मिल्दोजुल्दो जोडी हेनरिकस विन्ताजा र कुकी हेमकरलाई फेला पारेको थियो ।

त्यही समयमा यहाँको हत्या प्रकृतिसँग मिल्ने गरी थाइल्याण्डको बैंककमा पनि एक विदेशी नागरिक मारिएको सूचना नेपाल प्रहरीले पाएको थियो ।

नशालु पदार्थ खुवाई पेट्रोलियम पद्धार्थ हालेर आगो लगाएर गरिएको उक्त हत्याको प्रकृति कोन्नी हत्यासँग मेल खान्थ्यो । कालान्तरमा त्यो घटनाको नाईके चाल्स शोभराज भएको खुल्यो ।

प्रहरीलाई छक्याउँदै २८ वर्ष अघि नेपालवाट भागेका शोभराज २ असोज २०६० मा नेपालको राजधानी काठमाडौंको रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका थिए ।

उनको पक्राउसँगै यहाँ रहेको २८ वर्ष अघिको हत्या र फर्जी राहदानीको मुद्दा ब्युँतियो । २०६० सालमा दोस्रो पटक नेपाल आउने क्रममा पक्राउ परेका शोभराजविरुद्ध कोन्नीको हत्या र फर्जी राहदानीको अभियोग पुष्टि गर्दै जिल्ला अदालत काठमाडौंले सर्वश्वसहित जन्मकैदको सजाय सुनायो।

शोभराज त उम्किए । अपराधीको मुक्तिसँगै अब अपराधीले रोपेको बीउतर्फ सुरक्षा संयन्त्रको ध्यान जान जरुरी छ । यो प्रकरणसँगै पाहुनाको आवरणमा नेपाली भूमि अपराधीको क्रिडास्थल बन्ने अवस्थाको अन्त्य हुन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  २१:१२
प्रतिक्रिया दिनुहोस्
थप विश्व परिवेश
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा आइतबार, पुस २७, २०८२
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा बिहीबार, जेठ २३, २०८२
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र शनिबार, जेठ ४, २०८२
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति सोमबार, वैशाख २९, २०८२
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित सोमबार, वैशाख २९, २०८२
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा बुधबार, कात्तिक २१, २०८१
लाेकप्रिय समाचार
  • नंः १ सम्पदाहरू जल्दै गर्दा दुखेको मन
  • नंः २ अर्थतन्त्रलाई चलायमान बनाउन ‘उदयपुर एक्स्पो-२०८२’
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ खाेटाङ र उदयपुर जाेड्ने  सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन
  • नंः ५ प्रतिनिधिसभा निर्वाचन: फागुन ३ देखि १७ गतेसम्म देशभर मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्दै आयाेग
विचार
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्