Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • इब्राहिमलाई कठिन छ सरकार चलाउन
इब्राहिमलाई कठिन छ सरकार चलाउन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस ३०, २०७९
Api Himal

दुई दशकभन्दा बढी समय ओझेलमा पारिएका मलेसियामा वरिष्ठ विपक्षी नेता अनवर इब्राहिम देशको नयाँ प्रधानमन्त्री बनेका छन् । सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि ठूलो दलको नेताका रुपमा उन राजा सुल्तान अब्दुल्लाहले प्रधानमन्त्री नियुक्त गरेका हुन्।

इब्राहिम र पूर्वप्रधानमन्त्री मुहिद्दिन यासिन दुवैका दलले चुनावमा बहुमत ल्याउन नसकेको अवस्थामा उनले कुन दलसँग सहकार्य गर्ने हुन् अझै स्पष्ट भइसकेको छैन । निर्वाचनमा इब्राहिमको पाकाटन हरपान पार्टीले सबैभन्दा बढी सिट जिते पनि सरकार बनाउन पर्याप्त सिट जित्न सकेन ।

तत्कालीन प्रधानमन्त्री डा.महाथिर मोहम्मदको उत्तराधिकारी मानिने उनलाई सन् १९९८ भ्रष्टाचार र समलैङ्गिकताको आरोपमा छ वर्षको जेल सजाय सुनाइएको थियो । त्यतिबेला उनी उपप्रधानमन्त्री थिए । लोकप्रिय छवि बनाएका उनलाई कमजोर बनाउन पटक पटक यस्तो आरोप लगाएर जेल हाले पनि प्रमाणित हुन सकेन । अन्ततः उनी निर्दोष सावित भए ।

मलेसियामा नोभेम्बर १९ मा मध्यावधि निर्वाचन भयो । यो निर्वाचनमा कसैको पनि बहुमत आएन । आमनिर्वाचनमा ९७ वर्षीय पूर्वप्रधानमन्त्री डा. महाथिर पराजित भए । यो पराजयसँगै उनको राजनीतिक यात्रामा विश्राम लागेको छ ।

Nepal Oil Corporation

विगत ५० वर्षमा डा.महाथिरको यो पहिलो चुनावी हार हो । सन् १९८१ देखि २००३ सम्म २२ वर्ष मलेसियाका प्रधानमन्त्री रहेका उनी यसपालि पराजित मात्र भएनन् उनले आफ्नो जमानत जोगाउन सकेनन् । उनले कुल सदर मतको ८ प्रतिशत मत पनि ल्याएनन् । सन् २०१८ मा प्रधानमन्त्री भएपछि उनीले ‘ससारकै बढी उमेरको प्रधानमन्त्री’ का रूपमा गिनिज वल्र्ड रेकर्ड बनाए ।  त्यतिबेला उनी ९३ वर्षका थिए ।

मलेसियमा यसपालि पनि कुनै पार्टीले बहुमत ल्याउन नसकेपछि राजनीतिक अस्थिरताले निरन्तरता पाउने सम्भावना छ । २२२ सिटको संसद्का लागि इब्राहिमको पाकातान हरपन पार्टीले ८२ सिट जितेको छ भने मुहिद्दिन यासिनको पेरिकातान नेसनल पार्टी ७३ सिट जितेर दोस्रो स्थानमा छ । त्यस्तै बारिसान नेसनलले ३० र गाबुन्गान पार्टी सारावाकले २२ सिटमा जितेको छ ।

डा.महाथिरको होमल्यान्ड फाइटर्स पार्टीले भने यसपालि नराम्रो पराजय भोगेको छ । उनको पार्टीले एउटा पनि सिट जित्न सकेन । चुनावी परिणाम घोषणापछि प्रधानमन्त्रीका दुई प्रतिद्वन्द्वी उम्मेदवार इब्राहिम र मुहिद्दिन यासिनले नयाँ सरकार आफूले बनाउने दाबी गरेका थिए ।

तर ठूलो पार्टीको हैसियतमा इब्राहिमलाई प्रधानमन्त्री बनाइएको छ । त्यहाँ प्रधानमन्त्री इस्माइली साब्री याकुबले संसद् विघटन गरेपछि मध्यावधि निर्वाचन भएको हो । सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्याशित विभिन्न घटनाक्रम भएको त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नु परेको उनको भनाइ थियो ।

सन् २०१८ मा भएको निर्वाचनमा डा.महाथिर प्रधानमन्त्री निर्वाचित भए । उनले दुई वर्ष पनि सरकार चलाउन पाएनन् । त्यसपछि यासिनले प्रधानमन्त्रीको जिम्मेवारी लिए । उनको सरकार पनि ढलेपछि प्रधानमन्त्री याकुबले सन् २०२१ को अगस्ट २१ मा शपथ  लिए ।

पछिल्ला दिनमा मलेसियामा राजनीतिक विवाद बढेको छ । सरकार बनाउने र गिराउने खेलले राजनीतिक विवाद बढेको हो । आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक हुन्छ । राजनीतिक स्थायित्वविना आर्थिक विकास हुनसक्दैन । विगत केही वर्षयताको अस्थिर राजनीतिले मलेसियाको समग्र आर्थिक विकास प्रभावित भएको छ ।

जनचाहना अनुसार सन् २०१८ मा डा. महाथिर विश्वकै ज्येष्ठ निर्वाचित प्रधानमन्त्री बने । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनी ९३ वर्षको उमेरमा फेरि प्रधानमन्त्री निर्वाचित भएपछि विश्वमै चर्चा भयो । देशको अवस्था सुधारिने अपेक्षा गरिए पनि सुधार हुन सकेन ।

अहिले उनी ९७ वर्षका भए । उनको पुनरागमनसँगै सन् १९५७ देखि सत्तारुढ रहेको युनाइटेड मलेयस् नेसनल अर्गनाइजेसन (यूएमएनओ) पार्टी पराजित भई सत्ताबाट बाहिरिएको थियो । डा.महाथिरको विपक्षी गठबन्धनले ११५ सिट जितेर सरकार बनायो ।

सरकार बनाउन ११२ सिट चाहिनेमा विपक्षी गठबन्धनले ११५ सिट जिती बहुमतको सरकार बनाएर मलेसियाको राजनीतिलाई नयाँ मोड दियो । चुनावमा पराजित सत्तारुढ गठबन्धन ८९ सिटमा खुम्चियो ।

चुनाव जितेपछि पत्रकारसँग कुरा गर्दै डा. महाथिरले भनेका थिए, “हामीलाई कुनै प्रकारको बदला चाहिँदैन । हामी त कानुनको शासन भित्र्याउन चाहन्छौँ ।” सन् २०१८ को मे ९ मा सम्पन्न निर्वाचनमा बहुमत ल्याएपछि डा. महाथिरले मुलुकमा पुनः सुशासन दिने प्रतिबद्धता व्यक्त गरे ।

सुशासनविनाको आर्थिक समृद्धि पर्याप्त नहुनेमा उनको जोड थियो । मुलुकमा सुशासन नभएकै कारण भ्रष्टाचार र जातीय तनाव बढेको बताउँदै अब मुलुकलाई नयाँ गति दिन आफू नेतृत्वमा आएको उनको दाबी थियो ।

सन् १९५७ देखि सत्तामा रहेको दल र त्यसका नेताले नेतृत्व गर्न असफल भएपछि सन् २०१६ मा डा.महाथिरले सत्तारुढ दल छाडेर विपक्षी गठबन्धन बनाए ।

उनले त्यतिवेला भनेका थिए, “यूएमएनओ पार्टी पार्टीजस्तो रहेन अब यस पार्टीमा बस्नुको औचित्य समाप्त भएको छ ।” आफूले रगतपसिना बगाएको, हुर्काएको पार्टी परित्याग गरेका डा. महाथिरलेको यो कदमलाई अर्थपूर्णरुपमा हेरिएको थियो । पार्टीले नेतृत्व गर्न सक्दैन भन्ने लगेर नै उनले पार्टी परित्याग गरेको चुनावी परिणामले प्रमाणित गर्यो ।

बेलायत र जापानको उपनिवेश हुँदै सन् १९५७ मा स्वतन्त्र भएको मलेसियालाई डा.महाथिरको कुशल नेतृत्वले राजनीतिक स्थिरतासहितको आर्थिक समृद्धशाली मुलुक बन्न सफल भएको हो । उनी सन् पहिलो पटक १९८१ देखि २००३ सम्म २२ वर्ष प्रधानमन्त्री बने ।

यो अवधिमा मलेसिया उनको कुशल नेतृत्वले ‘एसियन टाइगर’ बन्न पुग्यो । उनले सन् २००३ मा राजनीतिबाट सन्यासको घोषणा गरे । सन् २००४ मा भएको आमनिर्वाचनमा सत्तारुढ दलले प्रचण्ड बहुमतसहित सरकार बनायो । प्रधानमन्त्रीमा अब्दुल्लाह बदावी निर्वाचित भए ।

उनको शासनकालमा सुनामीलगायतमा प्राकृतिक विपक्षीको सामना गर्नु पर्यो । सन् २००८ मा सत्तामा आएका डा. महाथिरले हुर्काएका नेता नजिब अब्दुल रजाक र सत्तारुढ दलले जनअपेक्षित काम गर्न सकेन । फलस्वरुप सन् २०१३ को आमनिर्वाचनमा सत्तारुढ दल झिनो बहुमतमा सीमित भयो । सन् २०१३ पछि भ्रष्टाचारको मुद्दामा मुछिएका नजिबलाई राजीनामा दिन चौतर्फी दबाब पर्यो ।

तर उनले आफू भ्रष्टाचारमा संलग्न नरहेका दाबी गरे । आफूले पुनः जित्ने दाबीसहित उनले निर्धारत समयअघि नै चुनावको घोषणा गरे । उनी र उनको पार्टी दुवै अलोकप्रिय बने । चुनावमा डा.महाथिर नेतृत्वको विपक्षी गठबन्धनले सहजै बहुमत ल्याउन सफल भयो । सन् १९५७ देखि सत्तामा रहेको पार्टी पहिलोपटक पराजित हुन पुग्यो । पूर्वप्रम रजाकलाई अन्ततः भ्रष्टाचारको मुद्दामा अदालतले दोषी ठहर गरी १२ वर्ष जेल सजाय तोकेको छ ।

२२ वर्षसम्म लगातार प्रधानमन्त्री बनी मलेसियामा राजनीतिक स्थायित्व र आर्थिक समृद्धि दिएका डा.महाथिरले राजीनामा दिई सन्यास लिएपछि एक किसिमको राजनीतिक सन्नाटा छाएको थियो । उनी सत्ताबाट बाहिरिएपछि मलेसियाले अपेक्षित गति लिन सकेन । उनलाई राजनीतिमा फर्कन व्यापक जनदबाब पर्यो । सोही कारण ९३ वर्षको उमेरमा जनइच्छा अनुसार पुनः प्रधानमन्त्री निर्वाचित भए । तर पछिल्लो कार्यकाल सोचेजस्तो सफल भएन ।  

दक्षिणपूर्वी एसियाली मुुलुक मलेसिया बहुजातीय, बहुभाषी तथा बहुधार्मिक मुलुक हो । डा.महाथिरको शासन कालमा पूर्वाधार र पर्यटन क्षेत्रको विकासले आर्थिक समृद्धि साथै सुशासन चुमेको यो मुलुक उनको शासनकालपछि सङ्कटमा परेको हो ।

मुलुक सङ्कटमा परेका कारण सङ्कटमुक्त गर्न फेरि डा.महाथिरकै नेतृत्व खोजिएकाले ९३ वर्षको वृद्ध उमेरमा पनि पुनः दोस्रो पटक युवा जोशका साथ नेतृत्व सम्हाल्ने प्रयास गरे । उनी पुनः सत्तामा आएपछि अब मुलुकले नयाँ गति लिने अपेक्षा गरिएको  थियो । सत्ता गठबन्धनभित्रको विवादले दुई वर्षमै उनले राजीनामा दिए ।

तीन करोड २० लाख जनसङ्या रहेको, ३ लाख २९ हजार ८४७ वर्ग किमि क्षेत्रफलमा फैलिएको यो मुलुकमा मलाय,अङ्ग्रेजी, चिनियाँ, तमिल, तलेगु र मलालायम भाषा मुख्य रुपमा बोलिने गरिन्छ भने इस्लाम, बौद्ध, ताओ, हिन्दु, इसाई र सिक्किजम धर्मको प्रभाव रहेको छ । यहाँका पुरुषको औसत आयु ७३ वर्ष र महिलाको ७७ वर्ष रहेको छ ।

मलेसियालीहरु भाषा, धर्म र संस्कृतिमा धनी छन् । आपसमा मिलेर बसेका उनीहरुबीच फुट ल्याउने प्रयास गर्दा पछिल्ला वर्षमा जातीय तनावका घटनासमेत भए । मुलुकको नेतृत्व नै भ्रष्टाचारमा मुछियो । यो अवस्था कायम रहेमा मुलुक द्वन्द्वमा जानसक्ने सम्भावनाप्रति चिन्तित बहुसङ्ख्यक जनताले डा.महाथिरलाई पुनः नेतृत्व लिन आग्रह गरे ।

उनले सहजै स्वीकार गरी नेतृत्व लिए । तर यस पटक उनी सफल भएनन् । उनीसँगको गठबन्धन भत्काएर मुहिद्दिन यासिन प्रधानमन्त्री बने । उनले पनि सोचेजस्तो काम गर्न सकेनन् ।मुलुकको सुशासन र समृद्धिका लागि कुशल शासक चाहिन्छ ।

राजनीतिक नेतृत्व सक्षम भएन भने मुलुक पछि पर्छ । डा.महाथिरपछि मलेसियाले सक्षम नेतृत्व पाएन फलस्वरुप नेतृत्व पनि विवादमा पर्यो र पार्टीले पनि चुनाव हार्यो । चुनाव हार्नुमा नेतृत्वकै कमजोरी देखियो ।

अहिले अल्पमतको सरकार बनाएका प्रधानमन्त्री इब्राहिमले बहुमत जुटाउन चुनावमा सहभागी विभिन्न दलसँग सहकार्य र सहमति गर्नुपर्ने अवस्था छ । उनले केही गरी बहुमत जुटाउन सकेनन् भने यो सरकार पनि धेरै समय टिक्नसक्ने सम्भावना कम छ ।   
                


 

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १९:०५
##anwar #malasia
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विश्व परिवेश
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा बिहीबार, जेठ २३, २०८२
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र शनिबार, जेठ ४, २०८२
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति सोमबार, वैशाख २९, २०८२
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित सोमबार, वैशाख २९, २०८२
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा बुधबार, कात्तिक २१, २०८१
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा मंगलबार, कात्तिक २०, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्