Top Navigation
Main Navigation
शनिबार, जेठ ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, जेठ ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • पहिलो राष्ट्रिय शान्ति सम्मेलन फिलिपिन्समा 
पहिलो राष्ट्रिय शान्ति सम्मेलन फिलिपिन्समा 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, माघ २, २०७९

शान्तिको लागि एकता स्थापना गर्न पहिलो राष्ट्रिय शान्ति सम्मेलन फिलिपिन्समा हुने भएकाे छ ।

उक्त पहिलो राष्ट्रिय शान्ति सम्मेलन जनवरी २५,२०२३ (बुधवार)  फिलिपिन्स इन्टरनेशनल कन्भेन्सन सेन्टर (पिआइसीसी) मा हुने तय भएको हाे।

कार्यक्रममा सांसद, विश्वविद्यालयका अध्यक्ष तथा शिक्षाविद्, युवा तथा महिला अगुवाहरु, सञ्चारमाध्यम, धर्मगुरु, नागरिक समाज संगठन लगायत विभिन्न क्षेत्रबाट १ हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ।

मार्कोस प्रशासनको एजेन्डा अनुरूप शान्तिको माध्यमबाट राष्ट्रियए कताको प्राप्तितर्फको रोडम्याप स्थापना गर्ने उद्देश्यले “शान्तिले एक राष्ट्र, एक भविष्य निर्माण गर्छ–शान्ति यहाँ छ” भन्ने नाराकासाथ उक्त शान्ति सम्मेलन सुरु हुनेछ ।

Peace Agreement1673884910.jpg

यस कार्यक्रमको माध्यमबाट, राष्ट्रिय शान्ति दिवस विशेष छुट्टीको रुपमा सम्भावित घोषणाको लागि राष्ट्रपति बोङ्बोङ मार्कोसलाई एक प्रस्ताव प्रस्तुत गरिनेछ।

उक्त कार्यक्रमको आयोजना र नेतृत्व उच्च शिक्षा आयोग (चेद) का आयुक्त डा रोनाल्ड एडमाटको अध्यक्षतामा भएको स्थानीय शान्ति संस्था, भोलिन्टर इन्दिभिजुअल्स फर पिस (भिआइपी) ले गरेको हो।

सो कार्यक्रम दक्षिण कोरियाका शान्ति अधिवक्ता र युद्ध दिग्गज ली म्यान-हीको अध्यक्षतामा दक्षिण कोरियामा आधारित एनजीओ, हेभेन्ली कल्चर वल्ड पिस रिस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) को सहभागिताको साथ अन्तर्राष्ट्रिय बन्यो ।

एचडब्लुपीएलसँग भिआइपी र चेदको साझेदारीमार्फत, राष्ट्रिय स्तरमा शान्ति शिक्षाको परिचय र अन्तर्राष्ट्रिय स्तरमा शान्ति गतिविधिहरूको सहयोगलाई अगाडि बढाइएको छ।

९२ वर्षीय एचडब्लुपीएलका अध्यक्ष जनवरी २४ एचडब्लुपीएल शान्ति दिवसको ९औं वार्षिकोत्सवको स्मरणमा फिलिपिन्स आउँदैछन्।

HWPL and VIP signing a Memorandum of Agreement (2019)1673884910.jpg

स्थानीय समुदायहरूबीच मेलमिलापलाई बढावा दिन २०१४ मा जनरल सान्तोस शहरमा हस्ताक्षर गरिएको नागरिक नेतृत्वको शान्ति सम्झौताको सम्झनामा प्रत्येक वर्ष शान्ति दिवस मनाइन्छ।

सम्मेलनको एक दिन अघि, उनी मनिलाको प्लाजा असुनसियन, मलाटेमा ११औं शान्ति स्मारकको अनावरण समारोहमा पनि उपस्थित भइ मन्तव्य दिने तयारीमा छन्।

पहिलो पूर्णसत्रमा दुवै आयोजक संस्थाका अध्यक्षहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापनाका लागि हासिल गरेका उपलब्धि र योजनाहरू प्रस्तुत गर्न मन्तव्य दिने छन् ।

यस सत्रमा उपराष्ट्रपति साराडुटेर्टेलाई पनि बोल्न आमन्त्रित गरिएको छ । पछि दिउँसो, प्राज्ञ र युवा, धार्मिक अगुवा, सांसद तथा गैरसरकारी संघ संस्था, सञ्चारमाध्यम र महिला अगुवा गरी पाँच क्षेत्रीय समूहको समानान्तर सत्र हुनेछ।

प्रत्येक सत्रमा, प्रत्येक क्षेत्र समूहबाट एक संकल्प प्रस्तुत गर्न खुला फोरम पछि मन्तव्यहरु हुने छन्। यी प्रस्तावहरूलाई एकीकरण गरी दोस्रो पूर्ण अधिवेशनमा राष्ट्रपति समक्ष पेश गरिनेछ।

यसबाट राष्ट्रिय एकता र दिगो विकास हासिल गर्ने फिलिपिन्सको संकल्पलाई बलियो बनाउने शान्ति निर्माण र द्वन्द्व रोकथामका लागि समग्र दृष्टिकोण सहितको राष्ट्रिय शान्ति ढाँचाको निर्माण गरिनेछ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १८:३८
##leemanheelee #peace
प्रतिक्रिया दिनुहोस्
थप विश्व परिवेश
सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता
सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता बुधबार, जेठ २०, २०८३
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ?
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ? मंगलबार, वैशाख ८, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी मंगलबार, फागुन १९, २०८२
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण आइतबार, फागुन ३, २०८२
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा आइतबार, पुस २७, २०८२
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार
  • नंः २ कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
  • नंः ३ जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
  • नंः ४ स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ?
  • नंः ५ कांग्रेस लास र दासको पार्टी होइन, त्यै हिम्मतमा त्यै नैतिक धरातलमा उभिएर आज बोल्न सकिरहेका छौं ।
विचार
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas NamiNews- नामीन्यूज
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्