Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • अब मलाई बिर्सिदेउ...
अब मलाई बिर्सिदेउ...
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, माघ २८, २०७९

केही बर्ष पहिले गाउँमा कमजोर बाबा आमालाई  छोडेर म उच्च शिक्षा हाँसिल गर्न काठमाडौं शहर आइपुगेँ । नयाँ जोश र उमङ्गका साथ उज्ज्वल भविष्यको लागि म पाटन क्याम्पस पढ़न शुरु गरे  भर्खरको युवा म!मनमा धेरै भावनाहरु खेल्ने गर्दथ्यो ।

धेरै कुराहरुको कल्पना गर्दै म क्याम्पस प्रवेश गरे । नयाँ ठाउँ नयाँ परिवेश,नयाँ साथीहरूसंग कहिँले रमाइलो कहिँले दुःख कहिले गाउँघरको याद कहिले आमाबाको यादमा गाउँमा बिताएको प्रत्येक क्षणहरूको याद गर्दै मेरो दिन बित्दै गयो ।

क्याम्पसबाट करिब २० मिनेटको पैंदलमा पुगिने ठाउँमा मेरो डेरा थियो । बिहान कलेज जानु आउनु, खाना पकाउनु खानु, दिउँसो केही क्षण पढ्नु, कहिले काहीँ साथीसंग नेपाली फिल्म हेर्न जानु, काठमाडौंको सुन्दर ठाउँहरु घुम्नु फेरि साँझ डेरामा आएर खाना पकाउनु ,खानु  यस्तै गरि मेरो  दिन चर्या भैरहन्थ्यो ।

एकदिन म डेरा नजिकै पसलमा (जहाँ मैले सधै मेरो खानपिनको सामान किन्थे) त्यहाँ एक सुन्दर युवतीसँग मेरो आँखा जुध्यो । म भर्खर १८ वर्षको थिए । मलाई देखेर उनी मुस्कराएर गईन् । पहिलो पल्ट मैले उनलाई त्यो पसलमा देखें । मेरो मनमा कस्तो कस्तो भयो । उनलाई मन पराए जस्तो भयो । फेरी भेटौं जस्तो भयो । म डेरामा आइसकेको थिए । मनमा धेरै कुराहरु खेल्यो । साँझमा म डेरामा नै बसिरहेको थिए ।

एक जना सानी नानी आएर मलाई एउटा कागजको टुका दिईन् । मैले केही भन्न नपाउँदै प्रभा दिदीले दिएको भनिन् । को प्रभा होला ? त्यही दिउँसो भेटेको केटी पो हो कि ? मनमा कुरा खेल्यो । त्यहाँ यस्तो लेखिएको थियो ।

म छक्क परे । खुशी पनि भए । आखिर मेरो पनि चाहाना उहीँ थियो । त्यसको भोलि पल्ट त्यहीँ सानी नानीलाई मैले पनि कागजको टुक्रामा यस्तो लेखेर पठाए प्रभा ! I love you too... म प्रेममा परिसकेको रहेछु । मलाई त कहिले भेटौ भेटौं भई हाल्यो। म पसलतिर हेरि बसिरहन्थे। त्यो दिन दिनभरि उनलाई भेटाउन सकिएन । अर्को दिन फेरी त्यही पसल नजिक हाम्रो देखादेख भयो । तर बोल्न सकिएन् । दुबै जना मुस्कुराएर बिदा भयौं । म बेचैन भए । बोल्ने हिम्मत भएन !

यसरी बिस्तारै पसल जाने बहानामा हामीले एक अर्कासंग दिनहुँ भेट्न थाल्यौ । कुराकानी पनि गर्न थाल्यो । उनी आफ्नी मामाको घरमा बसेर पढ्दै थिईन । राम्रो अंग्रेजी स्कुलमा कक्षा १० मा पढ्दै रहेछ । धनी परिवारकी राम्री केटी, उनको आनीबानी पनि मलाई अति मन पर्थ्यो। बिस्तारै हाम्रो बोलचाल शुरु भयो ।

भेटघाट बाक्लिदै गयो । हामी एकअर्कालाई प्रेम गर्न थाल्यो । मैले उनलाई आफ्नो साथमा पाउँदा संसार भुल्थे । यसरी दिनहरु बित्दै गए । मेरो पढाइ सुरू हुन लाग्यो । मलाई खासै पढ़न मन लाग्थेन् । हामी प्राय भेटिरहन्थ्यौ ।

मेरो परिक्षा सकियो । एकदिन साँझ मैले उनलाई आफ्नो डेरामा बोलाए । एक कोठामा २ जवान युवायुवती हामीले एक अर्कालाई सम्हाल्न सकेनौं । त्यसपछि त हाम्रो प्रेम झन बढी गहिरो हुँदै गयो । हाम्रो हिमचिम बढेको उनको फुपूले थाहा पाएर गाली गर्नु भएछ त्यो गाउँको केटो, डेरामा बस्ने, कहाँ, के हो केही थाहा छैन, यो उमेरमा भेटघाट गर्नु, लव गर्नु राम्रो होइन भनेर त्यस्तै के के भन्नुभयो रे ! मैले केही भनिन् । उनले नै भनिन् म जस्तो सुकै अवस्थामा पनि तिम्रो साथ छोड्दिन । म ढुक्क हुन्थे । साँच्ची हामी एक अर्कालाई अति प्रेम गर्थ्याे ।

दिन बर्ष बित्दै गयो । मेरो पहिलो बर्षको रिजल्ट बिग्रियो । घरमा बा आमालाई के भन्ने । मेरो लागि उहाँहरूले गाउमा दश नङ्ग्रा खियाउनु भएको छ । सँधै अभावमा जुधिरहेको मेरो परिवार । त्यति  हुँदाहुँदै पनि मेरो लागि दुःख गरेर क्याम्पस पढाई रहनु भएको छ ।

सोच्दा म आफै भावुक हुन्थें । केही गरेर भए पनि आमा–बा लाई खुशी राख्ने भन्ने सोच आउथ्यो । तर म यता प्रेममा अल्झिएको थिए । प्रभा नै मेरो सबै कुरा हो जस्तो लाग्थ्यो । जिन्दगी सँगै बिताउने बाचा कसम पनि हामीले गरेका थियौ । कलेज आएको पनि २ बर्ष हुन लागिसकेको थियो । एकदिन गाउँबाट खबर आयो आमा बिरामी हुनुहुन्छ भनेर।

मेरो दोस्रो बर्षको परिक्षा आउन केही महिना मात्र बाँकी थियो । म घरमा आउन साथ बा-आमासँग भेटे एक हप्ता घर बसें । हप्ता दिनसम्म प्रभालाई नदेख्दा म बेचैन थिए । आमाको त्यो अवस्थाले मलाई झन गाह्रो बनायो । बाले भन्नु भयो घर चलाउन गाह्रो भयो । भाई, बैनीको पनि खर्च बढ्न लाग्यो । यसो जागिर पाए केही गर भन्नु भयो । बाको अनुहार र आमाको त्यो बिरामी अवस्थाले मलाई विक्षिप्त बनायो ।

यस्तो अवस्थामा पनि मैले प्रभालाई दिनहुँ सम्झि रहेँ । उनको यादमा तड्पिए। मेरो उदास मुहार लिएर एक हप्ता पछि काठमाडौं फर्किए । प्रभासँग अर्को दिन भेट भयो । कति धेरै दिन भुलेर गाउमा बसेको भनेर उनले भनिन् । यति धेरै दिन तिमीसँग नदेखी नबोली बस्दा मेरो मनले मान्दैन । अब यति लामो समय मलाई नछोड भनेर भनिन् । मैले घरको समस्या बताएँ। उनले मलाई के सहयोग गर्नुपर्छ भनेर सोधिन्। वास्तवमा प्रभाले मलाई डेरामा खाने कुराहरू किनेर सहयोग गरिरहन्थी । 

मलाई आर्थिक अभावको पीडा निकै हुन्थ्यो शहरमा डेरा गरेर बस्न बिद्यार्थीलाई निकै कठिन हुन्छ । जेनतेन मैले दोस्रो बर्षको परिक्षा दिए । घरको अवस्थाले गर्दा दोस्रो बर्षको परिक्षा सकेपछि घर जाने निधो गरे । घर जाने अगाडि प्रभालाई एक पटक भेट्ने मनसाय बनाए । मेरै कोठामा उनलाई बोलाए, सारा कुराहरू उनलाई सुनाए, अंगालोमा बेरिएर जुनीजुनी नछुटिने कसम खायौं, मेरो जस्तो सुकै परिस्थितिमा साथ दिने बाचा गरिन् । गहभरी उनको आँशु देखेर म झन भावविह्वल भएँ । घरमा  निकै दिन बस्नु पर्यो, त्यो बेला न फोन, न सामाजिक संजाल केही थिएन । चिठी मात्र एउटा विकल्प थियो । गाउँ घरमा बाटो घाटो टेलिफोनको सुविधा थिएन ।

ab malai birsideu11jpg1676132253.jpg

त्यसैले प्रभालाई चिठी पठाएँ । तर चिठीको उत्तर आएन । दुई महिना पछि म काठमाडौं आएँ । केही दिनसम्म पनि प्रभालाई भेट्न सकिन् । पसले दाइकोमा जाँदा थाहा पाएँ । प्रभा त आफ्नो आमा बाबासँग हङकङ गएछ ! म झसङ्ग भए । कोहीसँग केही समाचार पनि छोडेको छैन। हाम्रो सम्बन्ध बारे त्यहाँ केही साथीभाई र पसले दाइ अनि मेरो घरभेटीलाई थाहा थियो । सबैले मलाई गिज्ज्याई रहेको जस्तो अनुभव भयो। मैले केही देखिन ! म दिनभरि सोचेँ कम्तीमा पनि उनको साथीलाई त केही खबर छोड्नुपर्छ ।

मैले जोसँग सोधेपनि केही उत्तर पाईन्, कसैले उनको बारे भन्न सकेनन् । मलाई काठमाडौं शहरमा कति पनि बस्न मन लागेन् । प्रभा बिनाको दिन, रात मलाई एकदमै अपुरो लाग्यो । माया गर्मीको दिन र जाडोको रात जस्तै पिडादायी हुन्छु भनेर मैले पढेको थिए । मलाई त्यस्तै भयो ।

प्रेम पानीको फोका जस्तै हो भनेर पढेको थिए । मलाई त्यस्तै लाग्यो । केही समय अगाडीसम्म प्रभाको प्रेम पाएर म संसारकै खुशी युवक हुँ भन्ने लाग्यो तर आज । तैपनि आशा गरेँ । प्रभाले मलाई चिठी पठाउने । मेरो सामु आउने भन्ने यति आशा गर्दागर्दै पनि मलाई शहर बस्न मन लागेन । म शहरको डेरा छोडेर सामानहरु साथीको डेरामा लगि फर्किएँ । घर फर्किएको भोलि पल्ट नै मैले प्रभाको चिठी पाए । खुशीको सिमा रहेन् ।

हतार-हतार घर गएर चिठी खोलेर हेरेँ उनले एक वाक्यमा यस्तो लेखेको रहेछ (अब मलाई बिर्सि देउ...) प्रभाले पठाएको चिठ्ठीमा यति मात्र लेखेको पाए । मेरो भर्खरैको खुशी चिठी हेर्न साथ दुःख मा परिणत भयो । मैले केही बुझिन् । मैले किन, किन किन किन, मात्र भनि रहेँ । साँच्चै भन्नु पर्दा मलाई छाँगाबाट खसे जस्तो भयो । सारा जमिन हल्यो । मेरो होश हरायो । मैले केही बुझ्न सकिन हिजोसम्म त आशा थियो। तर आज सबै चकनाचुर भयो । मैले आफैलाई सम्हाल्न सकिन ।

त्यसपछि म उनको यादमा रक्सी, चुरोट, गाँजा सबै सेवन गर्न थाले । उनलाई बिर्सु भन्दा झन् झन् उनको मायाको याद बढेर आयो । उनलाई गाली गरेँ । घृणा गरे पनि माया भने मनले गरिरहँ । माया न त हो मनले कहाँ मान्दो रहेछ र । प्रेमले खुशी हैन दुःख दिँदो रहेछ । म प्रेममा पागल भएको रहेछु प्रेमले मलाई मानसिक रुपमा विक्षिप्त बनायो । त्यसैले दिपकजी वास्तवमा यो प्रेम गर्नु नहुँदो रहेछ ।

निस्वार्थ प्रेम पाऊन गाह्रो रहेछ । यसरी एक होनहार युवा आफ्नो प्रेम कथा मलाई रुदै सुनाइरहेको थियो । उनको प्रेम कथा सुनेर म पनि यति भावुक भएकि डाँको छोडेर रोएको पत्तै पाईन् । उसलाई सम्झाए माया प्रेम, मिलन विछोड़ यो सब भाग्य बिधाता हो भनेर ! उ अझै पनि प्रभाको यादमा रोईरहेको थियो । अनि एकनासले बर्बराई रहेको थियो प्रभा तिमी मलाई बिर्सि देउ, म तिमीलाई बिर्सन सक्दिन् ।

– दिपक विवश आँशु, हाल मलेशिया

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  २१:५५
##deepakbiwashaanshu
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्