Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper बुधबार, चैत १५, २०७९
Nami News
Nepal Investment Mega Bank Ltd. Nepal Investment Mega Bank Ltd.
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण
Nami News
Nami News शुक्रबार, फागुन १२, २०७९
Nepal Oil Corporation Nepal Oil Corporation

अमेरिका र दक्षिण कोरियाले संयुक्त परमाणु अभ्यास गरेपछि उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गरेको छ ।

प्योङयाङले ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेर अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासलाई ‘युद्धको घोषणा’ मान्न सकिने पनि बताएको छ ।

उत्तर कोरियाली सेनाले बिहीबार बिहान चारवटा ह्वासल–२ परीक्षण गर्दै रणनीतिक क्रुज मिसाइल प्रक्षेपण अभ्यास गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार समितिले आज जनाएको छ ।

यो अभ्यासले उत्तर कोरियाका ‘शत्रु शक्तिविरुद्ध घातक आणविक प्रतिआक्रमण क्षमता’ प्रस्तुत गरेको उक्त समितिले टिप्पणी गरेको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले उक्त परीक्षणको विवरणमाथि प्रश्न गर्दै अमेरिका र दक्षिण कोरियाली निगरानीबाट प्राप्त विवरणबीचको  भिन्नता विश्लेषण भइरहेको जनाएको छ ।

हालको संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धअन्तर्गत क्रुज मिसाइल प्रक्षेपणमा उत्तर कोरियामाथि कुनै प्रतिबन्ध छैन तर बिहीबारको अभ्यासले यो साता धेरै हतियार परीक्षण भएका छन् ।

उत्तर कोरियाको अन्तरमहादेशीय ‘ब्यालिस्टिक मिसाइल’ परीक्षणलाई उत्तेजना बढाउने कार्य भन्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले त्यसको निन्दा गरेको थियो ।

प्योङयाङले आफ्नो आलोचना अनुचित एवम् असन्तुलित भएको टिप्पणी गर्दै सोल र वासिङ्टनको संयुक्त सैन्य अभ्यासको निन्दा गर्न राष्ट्रसङ्घलाई आह्वान गरेको छ । साथै प्योङयाङले आफूलाई अपरिवर्तनीय आणविक शक्ति घोषणा गरेको छ ।

अमेरिकी र दक्षिण कोरियाली संयुक्त अभ्यासले उत्तर कोरिया क्रुद्ध भएको छ । उक्त अभ्यासलाई उत्तर कोरियाले आफूमाथिको आक्रमणको पूर्वाभ्यासको रूपमा लिएको छ ।

प्योङयाङले एक विज्ञप्ति जारी गर्दै वासिङ्गटनको वैमनस्यतापूर्ण एवम् उत्तेजक अभ्यासलाई युद्धको घोषणाका रूपमा लिन सकिने जनाएको छ । साथै उसले बढ्दो सैन्य तनावको दुष्चक्रलाई रोक्न अमेरिका–दक्षिण कोरिया संयुक्त अभ्यासलाई रोकिनुपर्ने माग गरेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको कार्यालयले उत्तर कोरियाले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको छ । साथै उसले उत्तरको निन्दा गरेको छ ।

आर्थिक समस्या र खाद्यान्न समस्याबाट गुज्रिएको प्योङयाङले आणविक हतियार विकासलाई तीव्र गतिमा अघि बढाएर अन्तर्राष्ट्रिय प्रतिबन्ध निम्त्याएको टिप्पणी गरेको छ ।

उत्तर कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा गरेको लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण अमेरिकी मुख्यभूमिसम्म प्रहार गर्ने क्षमताको भएको क्षेप्यास्त्रका जानकारहरूले बताएका थिए ।

अन्तरमहादेशीय प्रहार क्षमताको उक्त क्षेप्यास्त्र गत नोभेम्बरमा उत्तर कोरियाले गरेको शक्तिशाली क्षेप्यास्त्र जत्तिकै  लामो दूरीमा प्रहार गर्ने सामथ्र्ये हुनसक्ने उनीहरूको अनुमान छ  ।

सुरक्षा विश्लेषकहरूले छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको बताएका छन् ।

दक्षिण कोरियाली विदेश मन्त्रालयले प्योङयाङको हतियार कार्यक्रमसँग सम्बन्ध भएका चार व्यक्ति र पाँच संस्थामाथि प्रतिबन्धको घोषणा गरेको छ ।

प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने क्षमताका भएका बताउँदै आएको छ ।

-एजेन्सी


 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १६:३२
##NorthKorea
प्रतिक्रिया दिनुहोस्
थप विश्व परिवेश
चीनलाई रोक्न परमाणु पनडुब्बी 
चीनलाई रोक्न परमाणु पनडुब्बी  मंगलबार, चैत १४, २०७९
विश्व सुरक्षामा थपियो चुनौती
विश्व सुरक्षामा थपियो चुनौती बुधबार, चैत ८, २०७९
अनिर्णयको बन्दी बनेको देश 
अनिर्णयको बन्दी बनेको देश  आइतबार, फागुन २८, २०७९
भूकम्पपछि टर्कीकाे चुनौती
भूकम्पपछि टर्कीकाे चुनौती सोमबार, फागुन २२, २०७९
उड्ने वस्तुले चिसियो चीन-अमेरिका सम्बन्ध
उड्ने वस्तुले चिसियो चीन-अमेरिका सम्बन्ध आइतबार, फागुन १४, २०७९
मुसर्रफ, मृत्युदण्ड र पाकिस्तान
मुसर्रफ, मृत्युदण्ड र पाकिस्तान बुधबार, फागुन १०, २०७९
अमेरिकाको टेक्सास राज्यमा अब हरेक बर्ष 'नेपाल डे' पारित
अमेरिकाको टेक्सास राज्यमा अब हरेक बर्ष 'नेपाल डे' पारित शुक्रबार, फागुन ५, २०७९
तालिवान सत्तामा मौलाउँदै आतङ्कवाद
तालिवान सत्तामा मौलाउँदै आतङ्कवाद बिहीबार, फागुन ४, २०७९
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपालमा
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपालमा सोमबार, फागुन १, २०७९
लोकप्रिय
  • नंः १ साहित्य  ज्वरो
  • नंः २ विछोडको वेदनामा रक्सीको त्यो मातै मीठो । वेहोशी मैं विताएको अन्धकार त्यो रातै मीठो ।
  • नंः ३ उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा प्रतिष्ठित व्यवसायी कार्कीको उम्मेदवारी
  • नंः ४ अलौकिक शक्तिपीठ पाथीभरा धाम
  • नंः ५ को बन्दैछ आइजिपी ?
विचार
अस्थिर जीवनशैली
अस्थिर जीवनशैली Nami News
शिक्षामा राजनीति
शिक्षामा राजनीति Nami News
तरल राजनीतिले निम्त्याएको तरलता
तरल राजनीतिले निम्त्याएको तरलता Nami News
सूचना-प्रविधि
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा Nami News
सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा
सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा Nami News
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्