Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • दक्षिण कोरियालाई परमाणु पनडुब्बी
दक्षिण कोरियालाई परमाणु पनडुब्बी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, वैशाख २०, २०८०
Api Himal

अमेरिकाले दक्षिण कोरियालाई परमाणु पनडुब्बी दिने भएको छ । अमेरिकी राष्ट्रपति जोए बाइडेन र दक्षिण कोरियाली समकक्षी योन सुक न्योलले अमेरिकी पारमाणविक क्षमतायुक्त पनडुब्बी दक्षिण कोरियामा तैनाथ गर्ने लगायतका सहमति गरेका छन् ।

पछिल्लो सम्झौता उत्तर कोरियाली आक्रमणको सामना गर्न अमेरिकाले दक्षिण कोरियालाई गरिरहेको सहयोग मध्येकै एक हो।

अमेरिकी सहयोगपछि दक्षिण कोरियाले परमाणु अस्त्र कार्यक्रम अघि नबढाउने सहमति गरेको छ । वासिङ्टन घोषणा नाम दिइएको उक्त सम्झौतापछि आफ्नो देश र दक्षिण कोरियाबीच जारी सहकार्य थप मजबुत भएको अमेरिकी राष्ट्रपति बाइडेनले बताए।

दुई देशबीच परमाणु शक्ति, साइबर सहकार्य, जलवायु परिवर्तन र युक्रेन युद्ध लगायतका विषयमा छलफल भएको छ। योनले अमेरिकी सहयोगीहरूलाई बाह्य आक्रमणको सामना गर्न र परमाणु अस्त्र सहित आफ्नो सैन्य शक्ति प्रयोग गर्न अमेरिकाले “अभूतपूर्व” प्रतिबद्धता जनाएको बताए ।

Nepal Oil Corporation

उत्तर कोरियाले हालसम्मकै धेरै क्षेप्यास्त्र परीक्षण गरेसँगै बढ्दो पारमाणविक चुनौतीको चिन्तामाझ अमेरिका र दक्षिण कोरियाको यो घोषणा आएको हो। “प्रतिकार्य क्षमता बढाउने यो कदम दक्षिण कोरियाले बढाएका गतिविधिको प्रतिक्रियामा आएको हो,” बाइडेनले भने ।

दुई देशबीच नयाँ सम्झौताका लागि कैयौँ महिनायता छलफलहरू चलिरहेको थियो। यो सहमति अनुसार अमेरिकाले आफ्नो प्रतिकार्य गतिविधि थप देखिने गरी अघि बढाउने ।

सन् १९८० को दशकको सुरुदेखि नपठाएको अमेरिकी पारमाणविक ब्यालेस्टिक अस्त्रयुक्त पनडुब्बीसहित रणनीतिक अस्त्रहरू नियमित रूपमा दक्षिण कोरिया पठाउने छ । दुवै पक्षले रणनीतिक योजनाबारे छलफलका लागि एउटा पारमाणविक परामर्श समूह पनि बनाउने भएका छन् ।

दक्षिण कोरियाका राजनीतिज्ञहरूले लामो समयदेखि उत्तर कोरियाविरुद्ध कहिले र कुन अवस्थामा परमाणु अस्त्र प्रयोग गर्ने भन्नेबारे अमेरिकी योजनामा आफूहरूलाई पनि सहभागी गराउन वासिङ्टनलाई दबाब दिइरहेका थिए।

उत्तर कोरियाले आफ्नो परमाणु अस्त्रको सङ्ख्या र क्षमता विस्तार गरिरहँदा दक्षिण कोरियामा भने अमेरिकी राष्ट्रपति बाइडेनले आफूलाई थाहै नदिई परमाणु अस्त्र चलाउने चिन्ता बढिरहेको थियो ।

अमेरिकाले यो मामिलामा आफ्नो देशलाई बेवास्ता गर्ने चिन्तामाझ दक्षिण कोरियाले आफ्नै परमाणु अस्त्रहरू विकास गर्नुपर्ने माग भइरहेको थियो ।

गत जनबरीमा राष्ट्रपति भएपछि योनले अमेरिकी नीति निर्माताहरूसँग यो विषय छलफलका लागि उठाएका थिए । त्यस लगत्तै अमेरिकाले वाचाहरू दोहोर्याएर मात्रै काम नहुने महसुस गर्दै ठोस प्रस्ताव अघि बढाउने तय गर्याे ।

यो पारमाणविक परामर्श समूहले दक्षिण कोरियाको सरकारले खोजिरहेको आफ्नो संलग्नताको माग सम्बोधन गर्ने देखिए पनि यसले सर्वसाधारणमा रहेको त्रास मत्थर गर्छ वा गर्दैन भन्ने अझै प्रस्ट छैन ।

यदि उत्तर कोरियाले आक्रमण गरिहाल्यो भने त्यसको प्रतिरक्षामा परमाणु अस्त्र प्रयोग गर्ने वा नगर्नेबारे अमेरिकासँगको यो सहमतिमा केही उल्लेख छैन ।

तर चार दशकपछि परमाणु अस्त्रसहितको अमेरिकी पनडुब्बी दक्षिण कोरिया जानु भनेको अमेरिकाले त्यस्तो अवस्थाको जिम्मा लिन आफू तयार रहेको ऐक्यबद्धता जनाएको छ ।

अमेरिकाले त्यसको बदलामा दक्षिण कोरियालाई परमाणु अस्त्ररहित र त्यस्तो अस्त्रको विकास गर्न नहुने पक्षमा पैरवी गर्ने राष्ट्रकै रूपमा कायम राख्न खोजेको छ ।

अमेरिकाले अरू देशहरूले पनि उसकै बाटो पछ्याउन सक्ने चिन्ताका कारण पनि दक्षिण कोरियालाई परमाणु शक्तियुक्त राष्ट्र बन्नबाट रोक्ने कोसिस गरिरहेको छ ।

तर दक्षिण कोरिया आफैँ परमाणु शक्ति बन्नुपर्ने पक्षमा वकालत गरिरहेका दक्षिण कोरियाली प्राज्ञिक, वैज्ञानिक र सत्ताधारी दलका सदस्यहरूले यसलाई कसरी लिन्छन् भन्ने अझै प्रस्ट छैन ।

उता उत्तर कोरियाले भने दक्षिण कोरियालाई परमाणु पनडुब्बी दिने अमेरिकाको निर्णयको विरोध गरेको छ । उसले यो कार्यले कोरिया प्रायद्वीपमा आणविक होडबाजी बढ्ने चेतावनी दिएको छ ।

उत्तर कोरिया परमाणु शक्ति सम्पन्न मुलुक हो । उसले अमेरिकाले आफ्नो मुलुकमाथि आक्रमण गर्न नसकोस् भनेर परमाणु हतियार बनाएको हो । यो हतियारले दक्षिण कोरिया र जापानको सुरक्षा खतरामा परेको छ ।

जापान र दक्षिण कोरियाले परमाणु सुरक्षा खोजिरहेका छन् । अमेरिकाले दक्षिण कोरियालाई परमाणु पनडुब्बी दिने भएपछि जापान पनि आशावादी बनेको छ । अब जापानले पनि अमेरिकी परमाणु पनडुब्बी पाउने विषयमा चर्चा सुरु भएको छ।

छिमेकी उत्तर कोरिया परमाणु अस्त्र सम्पन्न मुलुक हो । उसको परमाणु कार्यक्रमबाट दक्षिण कोरिया असुरक्षित बनेको छ । कुनै पनि बेला दक्षिण कोरियामाथि आक्रमण हुनसक्ने भएकाले त्यहाँ अत्याधुनिक हातहतियारसहित अमेरिकी सेना तैनाथ छ ।

तर पनि उत्तर कोरियाले बारम्बार आक्रमणको धम्की दिँदै आएको छ । जापानबाट सन् १९४५ मा स्वतन्त्र भएको कोरिया तीन वर्ष पछि विभाजित भयो ।

उत्तर कोरियामा कम्युनिस्ट शासन छ भने दक्षिण कोरियामा लोकतान्त्रिक शासन छ । यी दुई मुलुकबीच सन् १९५० देखि १९५३ सम्म युद्ध भयो।

युद्धबाट ठूलो जनधनको क्षति भयो । अन्तर्राष्ट्रिय मध्यस्थतामा युद्ध त रोकियो तर शान्ति सन्धि भएन जसले गर्दा प्राविधिक रुपमा दुवै मुलुक युद्धकै अवस्थामा छन् ।

त्यसैले गर्दा दुई कोरियाबीच तनाव छ । यो तनाव हटाउन शान्ति सन्धि गर्नुपर्नेमा सो कार्य हुन नसक्दा परिस्थिति जटिल छ।

पछिल्लो समय अमेरिकाले दक्षिण कोरियालाई परमाणु पनडुब्बी दिने सहमतिले उत्तर कोरियासँग प्रतिवाद गर्न सहज हुने आशा बढेको छ । तर यो समस्याको समाधान भने होइन ।

उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमण गर्ने खतरा टरेको छैन । उसले चाहेको खण्डमा जुनसुकै बेला दक्षिण कोरियामाथि परमाणु हतियार प्रयोग गर्ने खतरा छ ।

त्यसैले यो अवस्था आउन नदिन दुई कोरियाबीच वार्ता गरी समास्याको स्थायी समाधान खोज्नु आजको प्रमुख आवश्यकता हो। युद्ध समस्याको समाधान होइन । शान्ति, मेलमिलाप र प्रगतिका लागि दुई छिमेकी मिल्नु नै उत्तम विकल्प हो। 


 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १८:५५
##nuclearsubmarine
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विश्व परिवेश
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा बिहीबार, जेठ २३, २०८२
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र शनिबार, जेठ ४, २०८२
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति सोमबार, वैशाख २९, २०८२
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित सोमबार, वैशाख २९, २०८२
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा बुधबार, कात्तिक २१, २०८१
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा मंगलबार, कात्तिक २०, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्