Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • भ्रष्टाचारले थलिएको पाकिस्तान
भ्रष्टाचारले थलिएको पाकिस्तान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, जेठ ६, २०८०
pakistan
Api Himal

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई मे ९ मा  पक्राउ गरिएसँगै देशव्यापी प्रदर्शन चर्किरहँदा उनले आफूविरूद्ध लगाइएका भ्रष्टाचारका अभियोगमा निर्दोष रहेको बताएका छन् । उनको पक्राउलाई भने सर्वोच्च अदालतले गैरकानुनी भनेसँगै उनी रिहा भएका छन् ।

उनी इस्लामवादबाट पक्राउ परेयता देशभर भएका हिंसात्मक प्रदर्शनमा १० जना मारिएका छन् भने तीन सय जना घाइते भएका छन्। दुई हजारभन्दा बढी मानिस पक्राउ परेको प्रहरीले जनाएको छ । सरकारले सेनालाई राजधानीको सुरक्षा व्यवस्था कायम गर्न आह्वान गरेको छ।

उच्च अदालतका न्यायाधीशले पछिल्लो मुद्दामा खानलाई १४ दिन हिरासतमा राख्ने आदेश दिएका थिए । तर सर्वोच्च अदालतले खानको पक्राउ गैरकानुनी भएको भन्दै रिहा गर्न आदेश दियो । त्यसपछि उनी उच्च अदालतमा हाजिर भएसँगै धरौटीमा रिहा भएका छन्।

खानविरुद्ध निर्वाचन आयोगले अगाडि सारेको एक अभियोगमा उनले प्रधानमन्त्रीका हैसियतमा पाएका उपहार गैरकानुनी ढङ्गले बेचेको आरोप छ । उनीविरूद्ध औपचारिक रूपमा दर्जनौँ मुद्दा लगाइएको छ । महिनौँदेखि उनी पक्राउ हुनबाट जोगिएका थिए ।

Nepal Oil Corporation

कैयौँपटक समर्थकहरूले खानको पक्राउ रोक्नका लागि मुठभेडमा उत्रिएका थिए । उनलाई राखिएको प्रहरी गेस्टहाउसमा उच्च सुरक्षा व्यवस्था कायम गरेर त्यहीँ अदालती कारबाही समेत सञ्चालन गरिएको थियो । देशको आर्थिक सङ्कटबीच यस पक्राउले खान र सैनिकबिच नाटकीय तनाव उत्पन्न गराएको छ ।

दोषी ठहरिए उनी चुनाव लड्न सधैँका लागि अयोग्य ठहरिनेछन् । पाकिस्तानमा यस वर्षको अन्त्यतिर आमनिर्वाचन हुँदैछ । उनको पक्राउलाई लिएर खानको दल तहरिक–ए–इन्साफले आन्दोलनको घोषणा गर्यो । खानका समर्थक र सुरक्षा फौजबीच भिडन्त चलिरहँदा देशभर मोबाइल सेवा अवरुद्ध भयो ।

 खानलाई इस्लामावादस्थित अदालत परिसरबाट मे ९मा अर्धसैनिक बलका अधिकारीहरूले गिरफ्तार गरेका थिए ।
भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका थिए । इस्लामावाद प्रहरीले खानलाई अदालत परिसरबाटै अल कादिर ट्रस्टबारे मुद्दामा पक्राउ गरेको हो ।

खानलाई हिरासतमा लिएर भ्रष्टाचारका मुद्दाहरूबारे अनुसन्धान गर्ने नेसनल एकाउन्टिबिलिटी ब्युरो (एनएबी)मा पठाइएको छ । खान अर्को मुद्दाको धरौटी बुझाउन अदालत पुग्नुअघि नै एनएबी टोली त्यहाँ पुगेको थियो ।
उनीविरुद्ध अन्य थुप्रै मुद्दा चलिरहेका छन् । यद्यपि आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपले अभिप्रेरित भएको भन्दै खानले तिनलाई अस्वीकार गर्दै आएका छन् ।

गत वर्ष जुनमा पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पिडिएम) सत्तामा आएपछि पूर्वप्रधानमन्त्री खान र उनकी पत्नी बुसरा बिबीले एक घर जग्गा व्यवसायीको ५० अर्ब रुपियाँलाई कानुनी मान्यता दिएको बदलामा अर्बौँ रुपियाँ बराबरको जग्गा अधिग्रहण गरेको बताइन्छ ।

यस सम्बन्धमा आन्तरिक मामिलामन्त्री राना सनाउल्लाहले पत्रकार सम्मेलनमा पिटिआई सरकारमा छँदा ब्रिटिस नेसनल क्राइम एजेन्सीले त्यो पैसा व्यवसायी मलिक रियाजमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान पछि फिर्ता गरेको र लगत्तै खानले उनीबाट अधिग्रहण गरेको जग्गा फर्काएको आरोप लगाएका थिए ।

यसै सम्बन्धमा व्यवसायी रियाजले आफ्नो अन्य अवैध ‘मुद्दालाई ढाक्न’का लागि अल कादिर विश्वविद्यालयका लागि जग्गा उपलब्ध गराएको सरकारको आरोप छ । खानले अल कादिर विश्वविद्यालय परियोजनाका लागि सन् २०१९ को डिसेम्बर २६ मा अल कादिर ट्रस्ट दर्ता गरेका थिए ।

यस ट्रस्टमा खान र उनकी पत्नी बुसरा बिबीमात्र ट्रस्टी छन् । मन्त्रीपरिषद्ले रियाजको स्वामित्व रहेको बहरिया टाउनको बारेमा निर्णय गरेको केही दिनपछि इमरान खानले उक्त ट्रस्ट दर्ता गरेका थिए । त्यसैगरी मे ११ मा पूर्वविदेशमन्त्री एवं पाकिस्तान तहरिक–ए–इन्साफ दलका नेता शाह महमुद कुरेशी पनि  पक्राउ परेका छन् ।

गिरफ्तार हुनुभन्दा अघि उनले रेकर्ड गरेको भिडिओमा भनेका छन्, “मलाई गिरफ्तार गर्न प्रहरी आइपुगेको छ । म एउटा सन्देश दिन चाहन्छु। यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ । आज इमरान खान उनको नियन्त्रणमा छन् जसबाट उनको ज्यानलाई जोखिम छ,” उनले समर्थकहरूलाई खान रिहा नभएसम्म आन्दोलन नरोक्न पनि भनेका छन् ।

यसअघि पाकिस्तानको सेनाले सैन्य अखडाहरू र सार्वजनिक सम्पत्तिहरूमा आक्रमण गर्नेहरूविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ। खानको गिरफ्तारीको विरोधमा प्रदर्शन गरिरहेका पिटिआईका कार्यकर्ताहरूले रावलपिन्डीस्थित सेनाको मुख्यालय बाहिर पुगेर तोडफोड गरेका छन् ।

इस्लामावादमा प्रदर्शनले उग्र रूप लिएको छ । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरिरहेको छ। सोही क्रममा आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरिरहेका छन् ।

प्रधानमन्त्री शहबाज सरिफले इमरान खानले सत्ता गुमाएपछि पाकिस्तानी सेनालाई बदनाम गर्ने नीति अपनाएको आरोप लगाएका छन्। उनले भने, “सत्ता गुमाएपछि पाकिस्तानी सेनालाई संस्थाको रूपमा बारम्बार बदनाम गर्ने तपाईंको नीति रहेको छ। के तपाईंले वजिराबाद घटना हुनुअघि नै सेना, गुप्तचर निकाय र तीनको नेतृत्वलाई बदनाम गरिरहनुभएको थिएन ?”

गत वर्ष वजिराबादमा एक बन्दुकधारीले इमरान खानमाथि गोली प्रहार गरेका थिए र खान घाइते भएका थिए ।
गत वर्ष खान सत्ताच्युत भएका थिए। त्यसयता उनले समयअगावै निर्वाचन गरिनुपर्ने भन्दै अभियान चलाउँदै आएका छन्। गत नोभेम्बर महिनामा एउटा र्यालीको क्रममा इमरान खानमाथि गोली प्रहार गरिएको थियो ।

घटनामा उनी बाँच्न सफल भएका थिए। पाकिस्तानमा यसै वर्षको अन्त्यतिर आमनिर्वाचन हुने तय भएको छ । सत्ताबाट बाहिरिएयता खानविरुद्ध दर्जनौँ मुद्दा चलाइएका छन् ।

‘आफ्नो हत्या गर्ने षड्यन्त्र’ भइरहेको भन्दै खानले एक वरिष्ठ सैनिक अधिकारीमाथि आरोप लगाएका थिए । सेनाले सो आरोपलाई आधारहीन लगाएको भन्दै सेनाले उनलाई चेतावनी दिएको थियो ।

खानले विगतका असफल प्रयासपछि पनि सरकार आफूलाई जेलमा राख्न दृढ रहेको र पाकिस्तानमा ‘जङ्गली राज’ आरोप लगाउँदै आएका थिए। उनले अधिकारीहरूले आफूलाई पक्राउ गरेर आफ्नो दललाई आउँदो निर्वाचनमा सहभागी हुन रोक्न चाहिरहेको दाबी गरेका छन् । “म जेलमा भए वा नभए पनि उनीहरूले मेरो दललाई जित्न रोक्न सक्ने छैनन्,” उनले भने।

पदमा रहँदा राज्यका उपहारहरू बेचेको आरोप खानमाथि छ । तर उनले त्यस्तो आरोप र मुद्दा राजनीतिक मनसायले प्रेरित रहेको दाबी गर्दै आएका छन्। पाकिस्तानमा सन् १९६२ देखि हालसम्म भ्रष्टाचारलगायत विभिन्न आरोपमा सात जना पूर्वप्रधानमन्त्रीलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा पूर्वप्रधानमन्त्रीहरु हुसेन साहिद सुरवर्दी, जुल्फिकर अली भुट्टो बेनजिर भुट्टो, नवाज सरिफ, साहिद खकान अब्बासी, सहवाज सरिफ र इमरान खान छन् ।

सन् १९४७ मा भारतबाट अलग भई बनेको पाकिस्तानमा लोकतन्त्र मजबुत हुन सकेन । राजनीतिक दल र सेनाबीच सधै तिक्तता रहँदै आएको छ। सन् १९५८ मा सेनाले सत्ता हातमा लिएपछि सैनिक सत्ता र नागरिक सत्ताबीच द्वन्द्व हुने गरेको छ।

अयुब खानको नेतृत्वमा सन् १९५८ देखिको सैनिक सत्ता सन् १९७१ सम्म रह्यो । दोस्रो पटक सन् १९७७ देखि १९८८ सम्म जियाउल हकको नेतृत्वमा सेनाले सत्ता चलायो । तेस्रो पटक सेना प्रमुख पर्वेज मुसर्रफले १९९९ देखि २००८ सम्म सत्ता हातमा लिए।

विवादास्पद कास्मिरको विषयलाई लिएर भारतसँग तीन पटक युद्ध गरेको पाकिस्तानका लागि राजनीतिक अस्थिरताले विकास पक्रिया अवरुद्ध हुँदै आएको छ । सन् १९४८, १९६५ र १९९९ मा भारतसँग युद्ध भयो तर समाधान निस्केन।      
    
   
 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विश्व परिवेश
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा बिहीबार, जेठ २३, २०८२
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र शनिबार, जेठ ४, २०८२
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति सोमबार, वैशाख २९, २०८२
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित सोमबार, वैशाख २९, २०८२
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा बुधबार, कात्तिक २१, २०८१
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा मंगलबार, कात्तिक २०, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्