Top Navigation
Main Navigation
शनिबार, फागुन १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, फागुन १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • समय
समय - स्वप्निल देवकाेटा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, जेठ १३, २०८०
Swapnil Devkota

- स्वप्निल देवकोटा

एक अथाह मरुभूमिमा हिँडिरहेका छौँ हामी सबै। न शुरुवात थाहा छ कसैलाई न त अन्त्य नै । धेरै विद्वान्हरुले आफ्ना आफ्ना तर्फबाट कोशिस गरेका छन् नगरेका पनि होइनन्, तर कतिसम्म अनुत्तरित प्रश्नहरु छन् हामी समक्ष । सबै खेल नै समय को हो अखिरमा।

को, कहाँ, कहिले, किन, कसरी, सबै उसैलाई बाहेक कसलाई नै थाहा होला यहाँ ? समय । अत्यन्त बलवान हुन्छ रे समय। हुन त हाम्रा पुर्खाहरुले मापन गर्न खोजेका हुन् यो समयलाई पनि ।

तर मलाई अझै पनि हामीले अझै पूर्ण रुपमा यसलाई मापन गरेका छौँ जस्तो लाग्दैन।  कुन बेला के हुने हो कसलाई के खबर छ र यहाँ? हामी सबै यही समय को कठपुतली न हौँ । उसले नचाई रहन्छ, हामी नाची रहन्छौँ ।

अटल रुपमा निरन्तर चलिरहन्छ यो समय । तर रमाइलो कुरा के भन्दा समयले रुप फेर्छ । आज एकथरी हुन्छ ऊ, भोलि अर्कै। कुनबेला कसको पोल्टामा उसको लागि अडान लिएर बसिदिन्छ तेसको अत्तो पत्तो छैन ।  तसर्थ अलि छलकपट पनि गर्दो रहेछ समय।

तर फेरी झन रमाइलो बात के भन्दा, कोहि एउटाको पक्षमा मात्र पनि रहदैन यो समय। कहिले कसको निम्ति अग्रसर खेलाडी बन्न पुगिदिन्छ कहिले कसको निम्ति सबसे कमजो खेलाडी बनिदिन्छ। उसको खासै ठेगान भने छैन।

तसर्थ बलवान छ यो समय।  थाक्दैन ऊ कहिले । तर अरुलाई थकाउन भने माहिर छ ऊ । दौडीरहन्छ अनि हामीलाई पनि दौडाइ रहन्छ। त्यसैले त होला एक हुल बिहानदेखि भाग दौडमा बित्छ हाम्रो जीवन । किन र के का लागि भनेर सोच्ने फेरी समय नै हुँदैन।

अचम्मको कुरा के भन्दा यो खेल सबै त्यहि समय को हुन्छ । सानो छँदा दौडन नपाएर हतार हामीलाई, ठुलो हुँदै गएपछि दौडँदैमा हतार हामीलाई, झन्-झन् ठूलो हुँदै गर्दा दौडन नपाएर हतास हामीलाई। सबै आखिर समय को खेल न हो । त्यसैले त ऊ तागतवर छ।

पहिले-पहिले भन्ने गर्थे "स्वर्ग र गर्भको बात कसैलाई थाहा हुदैन !" येही कुरालाई सायद चुनौतीको रुपमा लिन पुगिएछ। आजकल सब थाहा हुन्छ ! सुन्दै मुस्कुराउँदो हो समय । 'हेर्दै जाउँला के हुन्छ' अनि आफ्नो प्रचण्ड स्वरुपको दर्शन गराउँछ उसले। कहिले कहालीलाग्दो घटनाहरुको सामना गराइदिन्छ। कहिले अपत्यारिलो खुशीसँग मेल 
गराइदिन्छ।

चलाख छ यो समय। जे हुनु छ त्यो गराएरै छाड्छ । हामीलाई लाग्छ हामी हौ हाम्रो जीवनको लेखक, निर्माता सबै । जे पनि निर्णय लिँदैछौँ आफै लिँदैछौँ। जोडले हाँस्दो होला समय । 'तिमी चुन्दै गरे झैँ अघि बढ, चुनाउने काम म गर्दै जाउँला ! त्यहि भएर होला, फुर्सदमा सोच्दै जाँदा लाग्दै जान्छ 'एस्तो हुनु रहेछ र त मैले त्यो बेला एस्तो गरेछु।'   

भन्ने नै हो भने सिकारी हो समय। रमाइलो लाग्दो हो उसलाई । उसको सिकार भाग्छ, डराउँछ, चिच्याउँछ, आत्तिन्छ, मात्तिन्छ, रुन्छ, हाँस्छ, अनि सम्हालिए जस्तो गर्छ, फेरी लड्छ अनि अन्ततः समयको त्यो जालमा फस्छ जहाँबाट निस्किन गाह्रो नै छ। त्यसैले त ऊ चक्रव्युह रच्छ। अनि हामी पनि एक-एक गर्दै त्यस चक्रव्युहलाई तोड्न खोज्छौ अनि बिस्तारै त्यसमै भुलिन्छौँ अनि समय बितिदिन्छ ।

सारै महँगो पनि छ यो समय वास्तवमा। तर अथाह रुपमा हामी यसलाई खर्चिन्छौ । कहिले के को नाममा त कहिले के को नाममा। हामीलाई लाग्छ टन्नै छ समय हामीसँग । वेवास्ता गर्दै मोजमा भुलिन्छौँ। अनि एक दिन खर्चिने समय हुँदैन। अनि हामी आफै अत्तालिन्छौ । आफैलाई दोष लगाउँछौ ।

बडो जाली छ यो समय। आफूलाई मनपर्ने काम गर्दा, मनपर्ने व्यक्तिलाई भेट्दा सुटुक्क छिटो-छिटो अघि बढिदिन्छ ऊ। आफूलाई झर्को लाग्दा, आलश्य हुँदा फेरी सुस्त रुपमा हिँडिदिन्छ । सब उसकै मर्जी हुन्छ त्यो बेला ।

जान्नै पर्ने कुरा उसलाई हाम्रो खाँचो हो? कि हामीलाई उसको खाँचो हो ? हेर्दै जाने हो भने दुवै एक अर्कामा निर्भर छौँ हामी ।  हामी नभए ऊ चल्न सक्दैन अनि ऊ नभए हामी ।  तर यो सबमा अलि खतरा चाहिँ ऊ नै छ । उसकै इशारामा हामी बन्धक भएर अघि बढिदिन्छौँ।

माया पनि गर्छ तर समयले कहिले कहिँ। नसोचेको बेला अचानक तातो तातो मिठो खबर हाम्रो अगाडी पस्किदिन्छ । हाम्रो जीवनमा खुशीको बहार छरिदिन्छ। तर धेरै उम्लिएको पानी पोखिए झैँ हामी उम्लिँदै गर्दा पोखाइ पनि दिन्छ । त्यस्तै परेमा घोप्ट्याइ नै दिन्छ। 

अनि उसको सामू न निहुरिएर सुख? शक्तिसाली छ ऊ । त्यसैले उसलाई आफ्नो पक्षमा राखी रहन जरुरि नै छ । उलाई खुशी परिरहनु जरुरी छ। अरुलाई मद्दत गरेर हुन्छ कि, आफूलाई मद्दत गरेर हुन्छ, अरुलाई माया गरेर हुन्छ कि, आफूलाई माया गरेर हुन्छ, उसलाई आफ्नो मित्र बनाउने अटुटको शिश सबैद्वारा जारि नै छ। खासमा भन्नु पर्दा तर यो गर्ने कसरी? यो भने सधै रहश्य नै रहनेछ।


 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १०:४६
##swapnildevkota
प्रतिक्रिया दिनुहोस्
थप समाज
माझी-मुसहर बस्तीमा चुनावको अत्तोपत्तो छैन
माझी-मुसहर बस्तीमा चुनावको अत्तोपत्तो छैन बिहीबार, फागुन १४, २०८२
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे बिहीबार, फागुन १४, २०८२
कविता : गाउँ-शहर
कविता : गाउँ-शहर सोमबार, फागुन ११, २०८२
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध आइतबार, फागुन १०, २०८२
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ?
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ? शनिबार, फागुन ९, २०८२
सिक्किम र झापाबीचको अमर-प्रेम
सिक्किम र झापाबीचको अमर-प्रेम शनिबार, फागुन ९, २०८२
आज ७६औँ प्रजातन्त्र दिवस
आज ७६औँ प्रजातन्त्र दिवस बिहीबार, फागुन ७, २०८२
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ?
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ? आइतबार, फागुन ३, २०८२
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा आइतबार, फागुन ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः २ श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
  • नंः ३ बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ कविता : गाउँ-शहर
विचार
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्