Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • थाइल्याण्डको राजनीतिमा पिटाको उदय
थाइल्याण्डको राजनीतिमा पिटाको उदय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, जेठ १६, २०८०
Api Himal

थाइल्यान्डको राजनीतिमा पिटा लिम्जार्याटको उदय भएको छ । ४२ वर्षीय पिटाको नेतृत्वमा मुभ फर्वार्ड पार्टीले निर्वाचनमा सफलता प्राप्त गरेको छ।

“आज नयाँ दिन हो, अनि यो उज्यालो र आशाले भरिपूर्ण छ,” निर्वाचनको परिणामपछि उनले भने । झन्डै एक दशक सेनाबाट समर्थनप्राप्त शासनलाई मतदाताहरूले अस्वीकार गरेका छन् । अन्य दलभन्दा मुभ फर्वार्ड पार्टीलाई धेरै मत र सिट दिएका छन्। राजधानी बैङ्ककमा उनको पार्टीले ३३ मध्ये ३२ सिट जितेको छ ।
      
मे १४ मा थाइल्यान्डमा भएको आमनिर्वाचनमा पाँच सय सिटको संसद्मा उनको पार्टीले १५१ सिट जितेको छ । वर्तमान प्रधानमन्त्री प्रयुथ चानओचाको युनाइटेड थाई नेसन पार्टीले मात्र २३ सिट जित्यो ।

सन २००६ को सैन्य ‘कु’मा सत्ताच्युत गरिएका थाक्सिन सिनावात्राको पार्टी फिउ थाई दोस्रो स्थानमा खुम्चियो। सो पार्टीका नेता चोलानन श्रीकाएयुले प्रधानमन्त्रीमा पिटालाई नै समर्थन गर्ने घोषणा गरेका छन् ।

पिटाले आठ दलीय गठबन्धनसँग पूर्ण बहुमत रहेको घोषणा गरेका छन् । पाँच सय सिटको संसद्मा आफूहरुसँग ३१३ सिट रहने उनको भनाइ छ। पिटा मुभ फर्वार्ड पार्टीका नेता हुन् ।

Nepal Oil Corporation

यो पार्टी उदार विपक्षी पार्टी हो। पिटाको जन्म राजनीतिक सम्पर्क भएको एउटा धनी परिवारमा भएको हो। उनका बुबा पोङसाक कृषि मन्त्रालयका सल्लाहकार थिए भने काका पदुङ अर्बपति तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राका सहयोगी थिए।

हार्वर्ड युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय छात्रवृत्ति पाउने उनी पहिलो थाई विद्यार्थी हुन् । ११ वर्षको हुँदा उनी न्युजिल्यान्ड गए । जहाँ उनी कृषि कर्म गर्ने स्थानीय एक परिवारसँग बसे । न्युजिल्यान्डको विद्यालयमा पढ्दै गर्दा राजनीतिमा आफ्नो रुचि जागेको उनले बताए। 

बैङ्ककस्थित ट्यामसाट विश्वविद्यालयबाट स्नातक गरेका उनले स्नातकोत्तर तहको पढाइ हार्वर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा गरे । त्यसबाहेक उनले एमआइटीबाट एबीए पनि गरे ।

थाई युवामा उनी अत्यन्त लोकप्रिय छन्। टिकटकमा उनी झनै भाइरल छन् । उनको मुद्दा छ–सैन्यकरणको अन्त्य, एकाधिकारको अन्त्य र विकेन्द्रीकरण। राजनीतिमा प्रवेश गर्नुअघि उनले बहुराष्ट्रिय कम्पनीहरुमा बिजनेस एक्जिक्युटिभका रुपमा काम गरे।

सन २०१७ देखि २०१८ सम्म उनले थाइल्यान्डको राइड तथा फुड डेलिभरी एप ग्य्राब थाइल्यान्डको कार्यकारी निर्देशक भए।२००६ मा बुवाको निधनपछि टाट पल्टिन लागेको एग्रिफुड नामक कम्पनीको सीईओ भएर पनि उनले काम गरेका थिए।

उनले टेलिभिजन अभिनेत्री चुटिमा तिपनार्टसँग २०१२ मा विवाह गरेका थिए तर दुई वर्षपछि उनीसँग सम्बन्धविच्छेद भयो। उनकी एक छोरी छन् । अहिले पिटा सातवर्षे छोरी पिपिमलाई हुर्काउँदै छन् ।

उनी हरेक कार्यक्रममा छोरीलाई पनि लिएर जाने गर्छन् । सन् १९३२ यता एक दर्जन पटक सैनिक ‘कु’ भएको देशमा यो चुनावी परिणाम यो ठुलो उपलब्धि होे। 

चुनाव सम्पन्न भए पनि सरकार बनाउन त्यहाँ अझै निकै समय लाग्ने देखिएको छ । देशको शासनसत्तामा सेनाको हालिमुहाली भएकाले उक्त प्रक्रियामा बाधा आउन पनि सक्छ ।

तर, निर्वाचन परिणामाले पिटा र उनको पार्टीमा सबैको ध्यानाकृष्ट भएको छ । परिवर्तनको भोक भएका र वर्षौँको सैन्य शासनबाट भ्रममुक्त भएका युवा मतदाताहरूले उक्त पार्टीलाई रुचाएका छन् ।

सन् २०१९ मा फ्युचर फर्वार्ड पार्टीको सदस्यका रूपमा संसद्मा निर्वाचित भएसँगै पिटाले आफ्नो राजनीतिक जीवनयात्रा सुरु गरेका थिए।

उक्त पार्टीको स्थापना थाई सेनाको कट्टर आलोचक मानिने अर्बपति ट्यानाटोर्न जुङ्रुङ्किटले गरेका थिए । सन् २०१९ को चुनावमै राम्रो परिणाम हात पारेको उक्त पार्टीले थाइल्यान्डको राजनीतिमा उथलपुथल गरिदिएको थियो ।

तर, एक वर्षमै विभिन्न विवादका कारण योे पार्टी विघटन भयो र ट्यानाटोर्नलाई सांसद बन्न अयोग्य घोषणा गरियो। त्यसलगत्तै उक्त दलको उत्तराधिकारीका रूपमा मुभ फर्वार्ड पार्टी स्थापना भयो र पिटाले त्यसको नेतृत्व गरे ।

फ्युचर पार्टीमाथि प्रतिबन्ध लागेपछि त्यो वर्ष संविधान संशोधन हुनुपर्ने, नयाँ निर्वाचन हुनुपर्ने र अधिकारकर्मी र राज्यका आलोचकहरूमाथिको दुव्र्यवहार अन्त्य हुनुपर्ने मागसहित थाइल्यान्डका सडकहरूमा हजारौँ युवा ओर्लिए ।

परिवर्तनको आकाङ्क्षा र त्यस्ता थुप्रै मुद्दा अघि सारेर मुभ फर्वार्ड पार्टी चुनावमा गयो र प्रदर्शन गर्ने अगुवाहरूले सन् २०२० मा उम्मेदवारी दिए। विपक्षी सांसदका रूपमा आलोचनात्मक भाषण गर्ने भएकाले एकताका पिटालाई थाई संसद्का ‘उदीयमान तारा’ भनिन्थ्यो।

उनको पार्टीले राजनीतिमा सेनाको प्रभाव भङ्ग गर्ने र राजतन्त्रसँग सम्बन्धित कानुनहरू सुधार गर्ने वाचा गरेकाले पिटा लोकप्रिय बन्न थाले।

यस पटक पनि पिटाले राजद्रोहसम्बन्धी कानुनमा सुधार गर्नुपर्ने आफ्नो धारणा दोहोर्याएका छन् । “हामी त्यसलाई यो संसद्बाट पारित गर्छौं। राजतन्त्र र सर्वसाधारण जनताबीच कस्तो सम्बन्ध हुनुपर्छ भन्नेबारे यसलाई परिपक्व, पारदर्शी ढङ्गबाट संसद्मा बृहत् छलफल गर्छौँ,” उनले भने ।

सेना वाधक बनेन भने अब पिटा देशको ३०औँ प्रधानमन्त्री बन्नेछन् । “हाम्रा सपना र आशा समान छन् । अनि सँगै मिलेर हाम्रो प्यारो थाइल्यान्ड राम्रो बन्न सक्छ र आजैदेखि काम गरे परिवर्तन सम्भव हुने हामी विश्वास गर्छौँ,” उनले जोड दिए। 

पिटाले आफू प्रधानमन्त्री बन्नेमा ढुक्क रहेको बताएका छन् तर थाइल्यान्डमा प्रधानमन्त्री बन्न चुनाव जित्नु मात्र काफी छैन । संवैधानिक राजतन्त्र भए पनि थाइल्यान्डमा राजपरिवारको आलोचना गर्दा १५ वर्षसम्म जेल सजाय हुनसक्छ ।

गत केही वर्षमै दुई सयभन्दा बढी मानिसलाई यही कानुनका आधारमा मुद्दा चलाइएको छ। पिटा र उनको पार्टीले त्यो कानुन परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जसका कारण युवा उनीप्रति आकर्षित छन् ।

तर सो कानुनलाई बदल्नै हुन्न भन्नेहरुको सङ्ख्या पनि ठूलो छ । चुनावमा तेस्रो स्थानमा आएको ७० सिट भएको भूमजयथाई पार्टीले यो कानुन बदल्न तयार नरहेको भन्दै गठबन्धन छाडेको थियो । यसैकारण पिटाको गठबन्धनसँग पर्याप्त बहुमत भए पनि उनलाई प्रधानमन्त्री बन्न नदिने खेल हुने चिन्ता धेरैमा छ ।

थाइल्यान्डमा २०१४ को सैन्य ‘कु’ पछि बनाइएको संविधानअनुसारपाँच सय सदस्यीय तल्लो सदन र २५० सदस्यीय सिनेटले संयुक्त रुपमा प्रधानमन्त्रीको चुनाव गर्नुपर्छ । तर अहिले सिनेटका सबै सदस्य ‘कु’ पछि सत्ता हत्याएका जर्नेलहरुले नियुक्त गरेका हुन्।

त्यसैले संयुक्त रुपमा मतदान हुँदा आमनिर्वाचन जितेकै नेता प्रधानमन्त्री चुनिने निश्चित भने छैन । २०१९ को चुनाव फिउ थाई पार्टीले जितेको थियो।

तर भएजति सबै सिनेटरले प्रधानमन्त्रीमा प्रयुथलाई नै समर्थन गरे र उनै प्रधानमन्त्री रहे। अहिले पनि कतिपय सिनेटरले पिटालाई समर्थन नगर्ने बताइसकेका छन् । 

वर्तमान प्रधानमन्त्री तथा तत्कालीन सेना प्रमुख प्रयुथको नेतृत्वमा भएको सैन्य ‘कु’ पछि नौ वर्ष थाइल्यान्डको शासनमा सेनाकै हालिमुहाली चल्यो।

मुभ फर्वार्ड पार्टीको प्रगतिशील एजेन्डाहरुले सैन्य सत्ताबाट दिक्क भएका मानिसहरुको प्रतिनिधित्व गर्छ । गठबन्धनमा भएका हरेक पार्टीको यो कानुनलाई लिएर आआफ्नै अडान छन् । पिटाले साझा धारणा बनाउन गठबन्धनबीच सम्झौतामा हस्ताक्षर हुने बताएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०७:४३
##pitalimjaroenrat
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विश्व परिवेश
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा बिहीबार, जेठ २३, २०८२
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र शनिबार, जेठ ४, २०८२
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति सोमबार, वैशाख २९, २०८२
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित सोमबार, वैशाख २९, २०८२
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा बुधबार, कात्तिक २१, २०८१
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा मंगलबार, कात्तिक २०, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्