Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • बाइडेनले छिट्टै भियतनाम भ्रमण गर्ने
बाइडेनले छिट्टै भियतनाम भ्रमण गर्ने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, साउन २५, २०८०
Joe Biden
Api Himal

अमेरिकी राष्ट्रपति जो बाइडेनले भियतनामको हनोईसँगको सम्बन्ध सुधारगर्ने प्रयासअन्तर्गत आफू छिट्टै भियतनाम जाने बताएको छ।

न्यू मेक्सिकोमा एक सम्बोधनमा बाइडेनले भने, “म चाँडै नै भियतनाम जाँदैछु । भियतनाम हाम्रो सम्बन्ध परिवर्तन गर्न र साझेदार बन्न चाहन्छ।”

“हामी आफैलाई गतिशीलता परिवर्तन गर्ने यस्तो स्थितिमा पाउँछौं, जहाँ (संसारभरि) यी सबै परिवर्तनहरू एक मौका र समयमा भइरहेको छ,” उनले भने।

संयुक्त राज्य अमेरिका र भियतनामबीच घनिष्ठ व्यापारिक सम्बन्ध रहेको छ भने दुवै देशले यस क्षेत्रमा चीनको बढ्दो शक्तिप्रति चिन्ता व्यक्त गरेका छन्।

Nepal Oil Corporation

दक्षिण चीन सागरमा चीनको व्यापक सामुद्रिक दाबीलाई लिएर बेइजिङ र दक्षिणपूर्वी एसियाली राष्ट्रहरू, विशेष गरी भियतनाम र फिलिपिन्सबीच वर्षौंदेखि द्वन्द्व बढ्दै गएको छ ।

गत अप्रिलमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन जापानमा भएको जी–सेभेनका विदेशमन्त्रीहरूको बैठकमा भाग लिन जाने क्रममा हनोईको भ्रमण गरेको वेला वासिङ्टन र हनोईले कूटनीतिक सम्बन्ध सुधारगर्ने प्रतिबद्धता जनाएका थिए।

भियतनामी नेताहरूसँगको भ्रमणका क्रममा ब्लिन्केनले भनेको थियो, “हाम्रो वर्तमान साझेदारीलाई अझ बलियो बनाउने यो शुभ समय हो भन्ने हामीलाई लाग्छ।”

“हामीसँग विगत १० वर्षदेखि यो व्यापक साझेदारी छ जसले धेरै विभिन्न क्षेत्रहरूमा सहयोगको अविश्वसनीय रूपमा बलियो जग सिर्जना गरेको छ। फलस्वरूप, यो अझ अगाडि बढ्नको लागि राम्रो क्षण हो भन्ने हामी (अमेरिका)लाई लाग्छ ।

ब्लिन्केन हनोईमा नयाँ अमेरिकी दूतावासको शिलान्यास समारोहमा पनि सहभागी भएको थियो । गत मार्चमा बाइडेनले भियतनामको सत्तारूढ कम्युनिस्ट पार्टीका प्रमुख गुयेन फु ट्रोङसँग कुराकानी गरेको थियो ।

यद्यपि, वासिङ्टनले भियतनामको मानव अधिकारको चिन्तालाई लिएर आपत्ति जनाएको छ । “भियतनामी जनताको पूर्ण क्षमतालाई उजागर गर्न मानव अधिकारमा भविष्यको प्रगति कसरी आवश्यक छ भन्ने कुरामा जोड दिनु जरूरी छ,” ब्लिन्केनले भने।

चीन र भियतनामबीचको लामो समयदेखिको तनावको केन्द्र दक्षिण चीन सागरलाई सजिलै अत्यन्तै खतरनाक हुनसक्ने ठाउँको रूपमा हेरिन्छ। गलत अनुमान वा दुर्घटनाले सैन्य द्वन्द्व लाई उर्जा दिनसक्छ भन्ने धेरैलाई डर छ ।

विश्लेषकहरूका अनुसार दक्षिण चीन सागरमा प्रतिद्वन्द्वीको दाबीका बावजुद महत्वपूर्ण आर्थिक साझेदार बेइजिङलाई चिढ्याउने गरी वासिङ्टनसँग सम्बन्ध सुधा गर्न हनोई बढी अनिच्छुक पनि हुन सक्छ ।

अमेरिकाको पानीमाथि कुनै क्षेत्रीय दाबी छैन, तर उसले बेइजिङलाई क्रोधित पार्दै त्यहाँ गस्ती गरिरहेको छ । वासिङ्टनले समुद्रमा ‘नेभिगेसनको स्वतन्त्रता’, जसबाट वार्षिक खरबौं डलरको व्यापार हुन्छ, सुनिश्चित गर्न यस्तो कदम चालेको बताएको छ।

संयुक्त राज्य अमेरिकाले हालैका महिनाहरूमा चीनसँग सम्बन्ध सुधार गर्ने प्रयास पनि गरेको छ । यसै क्रममा ब्लिन्केनले जूनमा चीन भ्रमण गर्नुभएको थियो।

यद्यपि, सन् २०२३ को सुरूमा एक कथित चिनियाँ जासूसी बेलुनलाई अमेरिकी युद्धक विमानले गोली हानेर खसालेपछि ब्लिन्केनको अङ्ग्रेजी बर्षको प्ररम्भमा तय भइसकेको भ्रमण रद्द भएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०८:३५
##joebiden #america
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विश्व परिवेश
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा बिहीबार, जेठ २३, २०८२
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र शनिबार, जेठ ४, २०८२
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति सोमबार, वैशाख २९, २०८२
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित सोमबार, वैशाख २९, २०८२
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा बुधबार, कात्तिक २१, २०८१
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा मंगलबार, कात्तिक २०, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्