Top Navigation
Main Navigation
आइतबार, फागुन १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, फागुन १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • धादिङको गुर्दुममा खानेपानी कै पिरलो
धादिङको गुर्दुममा खानेपानी कै पिरलो
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, भदौ १४, २०८०

धादिङ । धादिङको धुनिबेसी नगरपालिका-७ मा पर्छ गुर्दुम गाउँ । धुनिबेसी लेकको नामले पनि परिचित छ गुर्दुम । पृथ्वी राजमार्गको नौबिसेबाट करिब तीन घण्टाको पैदल यात्रापछि पुगिने यो गाउँमा खानेपानी थाप्ने छुट्टै नियम छ। 

गाउँभरीमा एउटै मात्र धारो छ। बिहान उज्यालो नहुँदै गाउँलेहरु गाग्रो, जर्किन, बोत्तल बोकेर धारोमा पुग्छन् । अधिकांशले पहेँलो रङ्गको जर्किन बोक्छन्।

टाढादेखि आउन ढिला हुनेहरुले अघिल्लो दिन साँझ नै पानी थाप्ने भाँडा लाइनमा राखेर जान्छन् । एक घरले बढीमा चार भाँडा मात्र पानी थाप्न पाइने नियम छ।

जस्तोसुकै अवस्थामा होस् कसैले पनि पालो उछिन्न नपाइने नियमलाई सबैले पालना गर्नैपर्छ । स्थानीय शेरबहादुर तामाङ भन्छन् ‘सबैले चार चार भाँडा थाप्ने नियम छ, पुगेन भने भाँडो त्यहि थन्क्याएर भोलीपल्ट मात्रै थाप्न पाइन्छ।’

धादिङको धुनीबेसी नगरपालिका-७ गुर्दुममा अहिले पनि खानेपानी छैन । जताततै पानीको छ्यालव्याल हुनुपर्ने बर्खाको समयमा पनि एक भाँडो पानी थाप्नकै आधा रातमै उठेर लाइन बस्न दगुर्नु उनका स्थानीयको बाध्यता हो ।

 भौगोलिक हिसावले संघीय राजधानी काठमाडौबाट नजिक र नगरपालिकाभित्र पर्ने भएपनि यो गाउँ निकै विकाटमा छ। पानी, बत्ति र बाटो तीन वटैबाट ठगिएका छन् गुर्दुमका स्थानीय ।

शेर बहादुर भन्छन् ‘मध्य वर्खामा पनि हामी पानी पैँचो मागेर प्यास मेटाउनु हाम्रो बाध्यता हो । पैँचो नपाएको बेला आकासे पानीले नै प्यास मेटाइरहेका छौं।’

गर्दुम गाउँमा ६८ घरधुरीको बसोबास छ । गाउँभरीमा एउटै मात्र धारा छ । तर, पानी कहिले आउँछ टुंगो हुँदैन । धारामै पानी आएपनि धितमर्ने गरी पानी खान पाउँदैनन् ।

खोलाको पानीलाई दुईवटा मेसिनको सहायताले धारामा ल्याइने गरेको छ । बत्तीको पावरले त्यति नधान्ने भएकाले धारामा नियमित पानी आउदैन। मेसिनको सहायताले धारामा ल्याइएको पानी ६ महिना मुस्किलले खान पाइन्छ । बाँकी छ महिना खोला नै धाउनुपर्छ।

पोखरीडाँडा भन्ने ठाउँमा पानी जम्मा गर्ने एउटा सानो ट्याङ्की छ । गाउँभन्दा धेरै तलबाट मोटर लगाएर तानिएको छ। दैनिक पाँच हजार लिटर पानी ट्याङ्कीमा जम्मा हुन्छ।

त्यहि पाँच हजार लिटर पानीले ६८ घरपरिवारले बाँडिचुडी प्यास मेटाइरहेका छन् । एक घरले दैनिक अधिकतम चार भाँडो अर्थात ८० लिटरका दरले पानी भागमा पाउँछन् ।

माइक्रो हाइड्रो पावरको बत्ति प्रयोग गरेर पानी तानेको छ। विजुलीको क्षमता नभएकोले ठूलो मोटरले पानी तान्दैन । साँझ विहान घरमा बत्ति बालेको बेला मोटर चल्दैन। दिउसोभरी पानी तान्दा ५ हजार लिटर भन्दा जम्मा हुँदैन ।

ग्रामीण विजुली बिगिएको बेला एक दिन थापेको ४ भाँडो पानीले दुई/तीन दिन धान्नु पर्ने यहाँका स्थानीयको बाध्यता छ। ‘त्यो पनि हावाहुरी चलेको बेला विजुली बिग्रियो भने आकाशेपानी थापेर खानु सबैको बाध्यता हो’, स्थानीय कविता तामाङले दुख सुनाए।

गाउँको धारोमा पानी भाग नपुगेको दिन आउजाउ पाँचदेखि ६ घण्टा लगाएर पानी बोक्नु पर्छ । खोलामा पानी लिन जान सबै भन्दा नजिक घर हुनेहरु पनि अप्ठ्यारो बाटो दुई घण्टा ओरालो झर्नुपर्छ । पाखुरे, काउलेखोला, फुर्लुङडाँडाबाट झर्नेलाई त तीन घण्टा नै लाग्छ।

पानीको दुःखले न भोक लाग्छ न निन्द्रा। खानेपानी कसरी जुटाउने, बस्तुभाउलाई कहाँबाट ल्याउने भन्ने चिन्ता हरेक दिन सबैलाई छ। खाना पकाउन आकाशे पानी नै प्रयोग गर्छन् ।

खोलामा बाढी आएको बेला त्यहि आकाशेपानी खाने गरेका छन् । लुगा धुन, नुहाउन खोलामा नै जान्छन् । मैना तामाङ भन्छन्, ‘पानीको जोहो गर्दैमा एक बिहान सकिन्छ, काम गर्न पनि भ्याउँदैन ।’

घरको काम, खेतबारी, बालबच्चा हेरचाह्र, मेलापात गुर्दुमवासीको दैनिकी हो । सरकारले सहरबजारमा खानेपानी पुर्याउन करोडौंको लागतमा आयोजना सञ्चालन गरे पनि गुर्दुमवासीलाई खानेपानीको धेरै दुःख छ ।

हिउँमा त खोलाको दूषित पानी खानुपर्ने बाध्यता छ। गाउँमा खानेपानीको आयोजना सञ्चालन नहुँदा दशकौदेखि स्थानीयले खोलाको पानीले प्यास मेटाउँदै आएका छन् ।

देशमा कयौ पटक सरकार परिवर्तन भए। कयौं मन्त्री फेरिए । घरघरमा सिंहदरबारको नारा सहित दोश्रो पटक स्थानीय सरकार बदलियो तर, उमेरले ६७ नाघेकी गुर्दुमकी साइली तामाङको दैनिकी कहिल्यै बदलिएन । सानासाना बोत्तल र ग्यालिन बोकेर खानेपानी लिन खोला धाउनुपर्ने बाध्यता ज्युँ का त्युँँ छ ।

हिउँदमा त पधेरी खोलामा पानी लिन खोलामा ओरालो लाग्नेहरुको लाम हुन्छ, घर फर्कदा पनि उस्तै हुन्छ । पिठ्युमा खानेपानीको ग्यालिन नबोके तिर्खा मेटाउन पाइदैन।

पेटभरी पानी खानै नपाइ मरिने पो होकी भन्ने चिन्ता यहाँका सबैलाई छ । गाउँको बीचमा दुईवटा आहालमा आकासे पानी जमाउने गरिएको छ। बस्तुभाउलाई दिन प्रयोग गर्ने गरिएको दुई वटा मध्ये एउटा आहाल यो वर्ष सुख्खै छ ।

आहाल सुधार गर्न वरपर ढुंगाको वाल उठाउन थालेकोले आकासे पानी पनि जमाउन सकिएको छैन ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १८:३१
##dhading
प्रतिक्रिया दिनुहोस्
थप समाज
नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा शनिबार, फागुन १६, २०८२
माझी-मुसहर बस्तीमा चुनावको अत्तोपत्तो छैन
माझी-मुसहर बस्तीमा चुनावको अत्तोपत्तो छैन बिहीबार, फागुन १४, २०८२
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे बिहीबार, फागुन १४, २०८२
कविता : गाउँ-शहर
कविता : गाउँ-शहर सोमबार, फागुन ११, २०८२
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध आइतबार, फागुन १०, २०८२
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ?
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ? शनिबार, फागुन ९, २०८२
सिक्किम र झापाबीचको अमर-प्रेम
सिक्किम र झापाबीचको अमर-प्रेम शनिबार, फागुन ९, २०८२
आज ७६औँ प्रजातन्त्र दिवस
आज ७६औँ प्रजातन्त्र दिवस बिहीबार, फागुन ७, २०८२
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ?
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ? आइतबार, फागुन ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
  • नंः २ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कविता : गाउँ-शहर
  • नंः ५ नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
विचार
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शारदा बजगाईँ
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्