Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सिमानामा सास्ती खेपिरहेका बडुवालवासीलाई कहीँकतैबाट सहानुभूति मिलेन
सिमानामा सास्ती खेपिरहेका बडुवालवासीलाई कहीँकतैबाट सहानुभूति मिलेन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, पुस १२, २०८०

दोधारा चाँदनी, कञ्चनपुर। आफूले उपभोग गर्दै आएको जमिनको जग्गाधनी पुर्जासमेत छैनभन्दा आश्र्चय लाग्न सक्छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-३ बडुवाल टोलवासी विना जग्गाधनी पुर्जा जीवन यापन गर्न विवस छन्।

भौगोलिक विकटतासँगै अभाव र अधिकारको प्रवाह नगरी पाँच दशकभन्दा बढी समय सीमा बस्तीमा स्थानीयसित जग्गाधनी पुजा नपाएको दशकौँ वितिसक्यो।

जोगबुढा नदी पारी, नेपाल-भारत सीमासित जोडिएको बडुवाल टोलसित अभाव, गरिबी र आफूले पाउनुपर्ने अधिकारबाट वञ्चित हुनुपरेको पीडा स्थानीयवासीसित छ।

स्थानीय तहको निर्वाचनमा बडुवाल टोलबाट वडा सदस्य पदमा निर्वाचन जितेकी दोधारा चाँदनी-३ का महिला वडासदस्य लक्ष्मी रानाले सीमाको पहरेदारीमा बसेका बडुवाल टोलमा साढे ३ सय परिवारमा २० प्रतिशतको मात्रै जग्गाधनी पुर्जा भएको जानकारी दिए।

उनका अनुसार स्थानीयले २०५४ सालमा जग्गाधनी पुर्जा पाएका थिए। विसं २०७४ को निर्वाचन आसपास जोगबुढा नदीमा झोलुङ्गे पुल र नदी नियन्त्रणका लागि तटबन्ध बनेपछि बडुवाल टोलवासीले आफू नेपाली हुनुको आभाष पाएको उनको भनाइ छ।

पश्चिम भारततर्फ घनाजङ्गल र पूर्वतर्फ जोगबुढा नदीबीचको बडुवाल टोलमा अझै स्थानीयवासीको प्रमुख माग नै आफूले लामो समय भोगचलन गरेको जग्गाको पुर्जा पाउँ भन्ने छ।

“भारतबाट आउने जङ्गली हात्तीले स्थानीयको ज्यान लिँदा पनि सरकारबाट जग्गा धनी पुर्जा नभएकै कारण क्षतिपूर्ति नपाएको पीडा बडुवाल टोलवासीले भोगेको छ।” वडा सदस्य रानाले भने, “दुखः, पीडा नभनी माटोको मायाले सीमामा सङ्घर्ष गर्दै बसेका समुदायलाई कहीँकतैबाट सहानुभूति मिलेन।”

सरकारी सुविधाका नाउँमा गाउँमा कच्ची सडक, सोलार बत्ती, एउटा खोप केन्द्र, प्राथमिक तहको स्कुल र पछिल्लो समय सशस्त्र प्रहरी बलको उपस्थितिबाहेक केही छैन।

स्थानीय गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ओलीले बडुवाल टोलको अधिकांश जमिन फिल्डबुकमा कायम मात्रै रहेको बताए। “२०५४ सालमा केहीले पुर्जा पाए पनि पछि आयोग फेरि आउँछ भनेर बन्द गरेछन्”, उनले भने, “हामीलाई त कसैले सुविधा के दियौँभन्दा सबैको एक स्वर जग्गाको पुर्जा नै हो।” उनले सीमामा माटोको रक्षा गर्दै बसेका बडुवाल टोलीवासीमा पुर्जा नदिएर अन्याय गरिएको दुखेसो पोखे।

“यतिका वर्ष अभाव र पीडा नभनी सीमामा रक्षार्थ खटिँदा सुविधा दिनुपर्नेमा भएको खेतको पुर्जा नमिल्नु कहाँसम्मको दुखःको विषय हो? " उनले भने, “त्यही पुर्जा नभएको जमिनमा खेती गर्दा भारतबाट आउने जङ्गली हात्तीले समटे्न नदिएको स्थिति छ।” 

महाकाली नदी नै सीमा नदीका रुपमा हेरिए पनि कञ्चनपुरका सवालमा भने त्यो लागू हुँदैन। महाकाली पारी दोधारा चाँदनी नगरपालिका छ। दोधारा चाँदनी नगरपालिकामा पनि जोगबुढा नदी बग्छ। जोगबुढा नदी पारी यहाँ दुई  सीमा बस्ती छन्। जबडुवाल टोल र कुतियाकवर।

दोधारा चाँदनी नगरपालिका-१० मा पर्ने कुतियाकवर बस्तीमा ४२ विपन्न समुदायको लामो समयदेखि बसोबास रहे पनि स्थानीयको हातमा अझै जग्गाधनी पुर्जा नपुगेको स्थानीय बहादुर सिंह सुनारको भनाई छ।

“जोगबुढा र महाकाली नदीले कुतियाकवर कटान गर्दै सीमा बस्ती नै बिलीन हुने चिन्ता भइसक्दा पुर्जा मिलेन”, उनले भने, “पुर्जाको आसैआसमा सीमा बस्तीबाट कटान र डुबानको समस्याले एक सयभन्दा बढी परिवार नै पलायन भएको विगत छ।”

त्यसैगरी दोधारा चाँदनी नगरपालिका-३ का वडासदस्य लक्ष्मी रानाले भूमि आयोगमार्फत पुनः बडुवाल टोललगायत वडामा पुर्जा वितरणका लागि नापी आउन लागेको जानकारी दिए। “यही पुस २२ गते नापी आउने भनेर वडामा पत्राचार भइसकेको छ”, उनले भने, “आशा छ सीमाबस्तीदेखि सबैले जग्गाधनी पुर्जा पाउनेछन्।”

उनले सीमामा सिपाहीको भूमि निभाएका सीमाबस्तीका स्थानीयलाई राज्यबाट थप सहुलियतका कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए। “सीमामा बसेकाले अझै बिजुली देख्न नपाएको पीडा नै हाम्रो बस्तीमा छ”, उनले भने, “गाउँमा केही समयअघि लगाएको सोलार बत्ती पनि केही बिग्रिसके।”

त्यसैगरी अढाइ दशकदेखि बडुवाल टोलमा बस्दै आएका स्थानीय कमला सुनारले भारतीय जङ्गलबाट हरेक वर्ष आउने हात्तीबाट प्रताडित हुँदा पनि राज्यबाट कुनै चासो नदिइएको गुनासो पोखे।

“न जमिनको पुर्जा छ नत जमिनमा लगाएको अन्नबाली नै भित्र्याउन सक्ने अवस्था छ”, उनले भने, “हुँदाहुँदा घरभित्रको राखिएका धानका बोरासमेत हात्तीले खाइदिए।” उनले छिमेकी सीता सुनारले हात्तीकै डरले अठार कट्ठा जमिन बाझै छाडेको बताए।

“भारतीय सीमावर्ती जङ्गल छेउमै जमिन छ, हात्तीलाई नियन्त्रण गर्नसक्ने कुनै साधन नै भएन।” उनले भने, “हात्तीले सखाफ पार्नुभन्दा त नलगाउनु नै बेस सम्झेर खेत नै बाँझो राखियो।” सीमामा हात्तीहरु बस्तीमा आउन नदिन तारबारको व्यवस्था गरिदिन उनले आग्रह गरे।

“पुर्जा नभएको जमिन कमाएको दशकौँ हुँदा पनि व्यवस्थापन नहुँदा राज्यबाट पाइने अरु सुविधा÷सेवाबाट वञ्चित हुँदा हाम्रो अवस्थामा पनि सुधार आउन बाधा पुग्यो”, उनले भने, “जमिन बैंकमा राखेर ऋण लिएर कारोबार वा अन्य कुनै काम गर्ने चाहना सपनामै सीमित रह्यो।”

त्यसैगरी अर्का स्थानीय द्रोपती आउजीले सीमामा बिना सुविधा माटोको माया गरेर बस्दा पनि राज्यले बेवास्ता गरेको दुखेसो पोखे। “अन्धकार बस्तीमा पनि कुनै सुख सुविधा नभनेर मुलुकको सीमा अतिक्रमणबाट जोगाऔँ”, उनले भने, “न बालबालिकाले राम्रो शिक्षादिक्षा पाए नत घर अग्रजले कुनै ज्याला मजदुरी नै।”

उनले गाउँका अधिकांश पुरुष भारतीय बजारमा रोजगारीका लागि जानुपर्ने बाध्यता विद्यमान रहेको बताए। “पुरुष भारत गएर ज्याला मजदुरी गरेनन् भने घरमा जीविका चलाउन मुस्किल पर्छ”, उनले भने, “आखिर सीमाका पहरेदार भनेर कहिलेसम्म गर्व गरेर बस्ने ?।” 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १०:००
##dodhara #chandani #kanchanpur
प्रतिक्रिया दिनुहोस्
थप समाज
तथ्य जाँच र फिचर लेखनमा पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
तथ्य जाँच र फिचर लेखनमा पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट सोमबार, असार ८, २०८३
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द बुधबार, जेठ २७, २०८३
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते मंगलबार, जेठ १९, २०८३
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण सोमबार, जेठ १८, २०८३
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति आइतबार, जेठ १७, २०८३
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन शनिबार, जेठ १६, २०८३
पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा
पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा बुधबार, जेठ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
  • नंः २ च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
  • नंः ३ परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्