Top Navigation
  • Contact
Main Navigation
आइतबार, असार ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
आइतबार, असार ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • भूकम्पले क्षति पुर्याएपछि त्रिपालमा प्रशासनिक सेवा 
भूकम्पले क्षति पुर्याएपछि त्रिपालमा प्रशासनिक सेवा  जाजरकोटको सेतो दरवार
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, फागुन २१, २०८०
white palace jajarkote

जाजरकोट । १८५२ मा निर्माण भएको जाजरकोटको सेतो दरबारमा गत कात्तिक १७ गते गएको भूकम्पबाट क्षति भएपछि जिल्ला प्रशासन कार्यालयको सेवा त्रिपालबाट सुरु भएको छ।

प्रशासन कार्यालयमा रहेको खुल्ला चौरमा त्रिपाल टाँगेर सेवा सुरु भइरहेको प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिएको हो।

हाल सेतो दरबारबाट परिचित २ वटा ठूला दरवार भूकम्पले छिया, छिया भएपछि खुल्ला आकाशमा सेवा प्रवाह गर्नुपरेको छ।

त्यस्तै प्रमूख जिल्ला अधिकारीको आवास पनि भत्किएका कारण जिल्ला कारगारमा बसाई सरेको छ। प्रशासनको कामलाई सहजता ल्याउनका लागि खुल्ला चौरमा अस्थायी टहरा निर्माणको काम समेत जारी रहेको छ।

बिभिन्न संघ संस्थाको सहयोगमा उक्त संरचना निर्माण हुन लागेको हो। अहिले त्रिपालमा सेवा दिँदा पानी ,हावाका कारण भारी समस्य थपिएपछि अस्थायी संरचना निर्माण गर्न लागिएको हो।

दैनिक सेवाग्राहीको भिड हुने प्रशासनमा सेवा लिनका लागि ठाउँको भारी अभाव हुँदै आएको छ। साँघुरो ठाउँमा त्रिपालमा बसेर काम गर्दा आफूहरु समस्यामा रहेको कर्मचारीहरु बताउँछन्। तत्कालिन राजाले ६० हजार रुपैयाँमा उक्त दरबारहरु सरकारलाई बिक्री गरेका  थिए।

विसं १९९० माघ २ गते गएको भूकम्पबाट क्षति व्यहोरेको जाजरकोट दरबारले फेरि गत कात्तिक १७ गते शुक्रबार फेरी भूकम्पमा परी क्षति व्यहोर्नु परेको हो।

हाल जिल्ला प्रशासन कार्यालय रहेको यो दरबार विसं १८५२ मा निर्माण गरिएको थियो। ‘सेतो दरबार’ भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रोपटक हो।

यसअघिका दुईवटा भुइँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए। दुवैपटक दरबार पुनःनिर्माण गरिएको थियो। केही वर्षअघि नेपाल सरकारले सूचीकृत गरेको देशका एक सय पर्यटकीय गन्तव्यभित्र सेतो दरबार अर्थात् जाजरकोट दरबार पनि परेको छ।

पर्यटकीय गन्तव्यका रूपमा रहेको जिल्लाको इतिहासमा भूकम्पले फेरि जोखिम निम्त्याएपछि यसको संरक्षणमा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।

यसभन्दा ९० वर्षअघि १९९० माघ २ गते नेपाल र भारत केन्द्रबिन्दु भएर गएको ८ म्याग्निच्युडको भूकम्पले जाजरकोट दरबार पूर्णरूपमा भत्किएको थियो।

उक्त भुइँचालोबाट ८ हजार ५ सयभन्दा बढी नागरिकको ज्यान गएको थियो। जाजरकोटमा भएको मानवीय क्षतिको भने तथ्याङ्क छैन। नब्बे वर्षअघिको उक्त भुइँचालोलाई दरबारमा क्षति पुर्याउने शक्तिशाली विपद्का रूपमा जाजरकोटवासीले लिन्छन्।

सेतो दरबार भनिने जाजरकोट दरबार १९९० को भूकम्प जानुभन्दा अघि १८५२ सालमा निर्माण गरिएको हो। तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलङ्गा क्षेत्रको सबभन्दा अग्लो भाग छनोट गरेर यो दरबार निर्माण गरिएको थियो।

त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो। जसलाई १८२५ सालमा राजा हरि शाहले बनाएका थिए। यो दरबार पनि अहिले सरकारी निकायको कार्यालयका रूपमा छ। यसअघि जिल्ला विकास समिति र कृषि विकास बैंकका कामकाज हुने रातो दरबारमा संघीयतापछि जिल्ला समन्वय समितिको कार्यालय छ।

रातो दरबार बनेको २७ वर्षपछि राजा इन्द्रनारायणले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता ठानेर अर्को दरबार बनाएको जाजरकोट दरबार इतिहासका जानकार राजेन्द्रविक्रम शाहले बताए।

जाजरकोट दरबारले दोस्रोपटक भूकम्पीय क्षति भोगेको २०४५ सालमा हो। उदयपुर केन्द्रबिन्दु रहेको उक्त वर्षको ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पले दरबारको पश्चिम भाग (जसलाई पश्चिम नाल भनिन्थ्यो) मा क्षति पुगेको थियो।

यसलाई २०५१ सालमा पुनःनिर्माण गरिएको हो । त्यो भूकम्पले दरबारमा क्षति पुगे पनि मानवीय क्षति भने जाजरकोटमा नभएको शाहले बताए।

तीन पटक भूकम्पीय क्षति भोगेको जाजरकोट दरबारबाट इन्द्रनारायणपछिका सात जना राजाले शासन गरेका थिए । यो दरबारबाट शासन चलाउने अन्तिम राजा प्रकाशविक्रम शाह थिए। इन्द्रनारायणभन्दा अघिका जाजरकोटी राजा हरि शाहदेखि गजेन्द्रनारायण शाहसम्मले रातो दरबारबाट शासन चलाएका थिए।

जाजरकोटको राज्य सञ्चालन हुने सेतो दरबार र रातो दरबारमार्फत २०१७ सालदेखि नै सरकारी कामकाज हुँदै आएका थिए। प्रकाश विक्रमदेखि पछिका राजा २०१७ देखि नै ती दरबारमा बस्न छोडेका थिए।

२०१७ सालमै जाजरकोटी राजा प्रकाश विक्रम शाहले नेपाल सरकारलाई रु ६० हजारमा जाजरकोट दरबार बेचेका थिए । त्यसपछि यो सरकारी सम्पत्तिका रूपमा परिणत भएको शाह बताउँछन्।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १७:२२
##whitepalace #palace #jajarkot #nepal
प्रतिक्रिया दिनुहोस्
थप समाज
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द बुधबार, जेठ २७, २०८३
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते मंगलबार, जेठ १९, २०८३
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण सोमबार, जेठ १८, २०८३
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति आइतबार, जेठ १७, २०८३
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन शनिबार, जेठ १६, २०८३
पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा
पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा बुधबार, जेठ १३, २०८३
कटारी प्रादेशिक अस्पतालमा संकट सुरु
कटारी प्रादेशिक अस्पतालमा संकट सुरु बुधबार, जेठ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
  • नंः २ नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
  • नंः ३ च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
  • नंः ४ परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
  • नंः ५ हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्