प्रिय !!
यो दिल सायदै हिरासत थियो
जहाँ कैद गरेर
हक जताएर
कहाँ किन को कसरी के
का साङ्लोले बाँधेर लडाइएको
एउटा सम्बन्ध
र
निर्मम यातना दिने तागतको पराकाष्ठा
नाघेर तिमी माथि मेरो म म भन्दै रजाइ गर्ने
दुस्साहस गरिरहेको रहेछु प्रिय
बल्ल मैले बोध गरे।
जिवनमा कुनै निर्णय मैले लिएँ
कुनै भाग्यले लियो
बस फरक यति मात्र हो कि
भाग्यले लिएको निर्णयलाई
मैले मन नपराएरै भएँ पनि भोग्नै पर्ने
मेरो बाध्यता
र मैले गरेको निर्णयले
मेरो जिन्दगीलाई बनाएको तहस नहस
यो पनि बदल्न नसक्नु,सच्याउन नसक्नु
र
त्यहीँ निर्णयलाई
गल्ती सम्झेर आत्मसात गरेर
मृत्यु पर्खनु पनि बाध्यता
र जे भाग्यमा चाहान्छु
त्यो भाग्यले लिन नमान्नु
खै के हो मैले अझै बुझ्न बाँकी छ
अझै जिन्दगी पढ्न बाँकी छ
विरासतमा कहाँ पाइन्छर चाहेको कुरा...
जन्मनु मर्नु भेट्नु छुटिनु
यी सबै तय गर्नेले गरिसकेको कुरा हुन् ।
भेटिनुमा केही थियो होला बाँकी हिजोका केही अंश
र आज टाढिनुमा पनि केही अबश्य छ भन्नेमा म बिश्वस्त छु
यात्रा न हो कति भेटिन्छन् ,ठोकिन्छ्न र छुटिन्छ्न
तर सबैलाई आँखामा बन्द गर्न सकिँदैन
दिलको क्यानभासमा सजाउन सकिँदैन
मस्तिस्कको एल्बममा राख्न सकिँदैन
तिमी आँखामा छौँ
तिमी मस्तिष्कमा छौ
र यो दिलमा छौँ
जब सम्म म छु तिमी छौँ
बस् म हरदिन तिमीलाई झर्किन आउदिन
बस् कुनै पल बोलाउन आउदिन
र तिमीमा हक जताएर को किन के भन्न
पटक्कै आउदिन
तर पनि
म मौन भएर
चुपचाप म तिमीसँगै हुनेछु अनन्त अनन्त सम्म
अक्षर अक्षरमा शब्द शब्दमा
र
हरेक मैले लेख्ने बिधा
र
शिर्षकहरुमा
मैले हाइ भन्ने समय परिस्थिति रहेन अब
अब मैले बिदा माग्दै
बिदाईमा बाइ भने ल प्रिय !!
प्रकाशित मिति: सोमबार, चैत ५, २०८० ११:०४