Top Navigation
Main Navigation
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • गोली चल्दा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प घाइते
गोली चल्दा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प घाइते ट्रम्पमाथि भएको आक्रमणको विश्व समुदायद्वारा विरोध
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असार ३०, २०८१
Api Himal

अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित र्‍यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएको छ । उनको कानबाट रगत आएको देखिएको छ।

उनको हत्या गर्ने उद्देश्यले भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ। उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको देखिन्छ । उक्त र्‍यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन्।

गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए। आफैँले खोलेको सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा सन्देश लेख्दै ट्रम्पले आफू ‘सकुशल रहेको’ र स्थानीय स्वास्थ्य संस्थाले आफ्नो उपचार गरिरहेको उल्लेख गरेको छ।

ट्रम्पले लेखेको छ, “र्‍यालीमा सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो ।” “धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ,” उनले थपे ।

Nepal Oil Corporation

former-American-President-Donald-Trump-1720975449.jpg

उनलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच उनको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो। उक्त घटनामा एक जना सन्दिग्ध व्यक्तिलाई ‘यूएस सिक्रेट सर्भिस’का अधिकारीहरूले गोली हानेर हत्या गरिदिएको उक्त निकायका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले बताए।

उनका अनुसार गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। अमेरिकी गुप्तचर निकाय एफबीआईले ट्रम्पमाथि गोली चलाउने आक्रमणकारीको पहिचान खुलेको र उनी पेन्सिलभानियाका टोमस म्याथ्यू क्रुप्स रहेको जनाएको छ।

ती स्रोतहरूले यो आक्रमणलाई ट्रम्पको हत्याको प्रयासको रूपमा लिइएको बताउँदै घटनाको थप अनुसन्धान भइरहेको बताएका छन्।

ट्रम्पमाथि भएको आक्रमणको विश्व समुदायद्वारा विरोध

अमेरिकी रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा अमेरिकी भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली आक्रमणलाई लिएर विश्व समुदायले विरोध जनाएको छ ।

पेन्सिल्भेनिआमा आयोजित रिपब्लिकन पार्टीको र्‍यालीमा गोली प्रहार हुँदा उनी आइतबार घाइते भएको हो। विश्वका नेताहरूले आक्रमणको घटनाले आफूहरू स्तब्ध भएको प्रतिक्रिया व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले हत्या प्रयासका क्रममा घाइते हुनुभएका अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको कडा शब्दमा निन्दा गरेको उनका प्रवक्ताले बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपति बाराक ओबामा र बिल क्लिन्टनलगायत अमेरिकी राजनीतिज्ञहरूले आक्रमणको निन्दा गर्दै राजनीतिमा हिंसाका लागि कुनै स्थान नभएको बताएको छ ।

युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले पनि उक्त आक्रमणको निन्दा गरेको छ । “एक पटक फेरि, हामीले राजनीतिक प्रतिनिधिविरुद्धको हिंसा देखिरहेका छौं,” उनले भने ।

बेलायती प्रधानमन्त्री कीएर स्टार्मरले आइतबार अमेरिकी रिपब्लिकन पार्टीको चुनाबी र्यालीमा भएको दृश्य देखेर आफू स्तब्ध भएको बताए। “कुनै पनि प्रकारको राजनीतिक हिंसा हाम्रो समाजमा अस्वीकार्य छ,” उनले भने ।

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या प्रयास ‘घृणित’ भएको बताएको छ। स्कोल्जले एक्समा लेखेको छ, “अमेरिकी राष्ट्रपतिपदका उम्मेदवार डोनाल्ड ट्रम्पमाथिको आक्रमण निन्दनीय छ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यस्ता हिंसात्मक गतिविधिले लोकतन्त्रलाई खतरामा पार्छ ।”

यसैबीच, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोँले आइतबार पूर्व अमेरिकी राष्ट्रपतिको हत्याको प्रयासलाई ‘त्रासदीपूर्ण घटना’ भन्दै ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको विरोध गर्दै राजनीति र लोकतन्त्रमा हिंसाको कुनै स्थान हुननहुने बताएको छ। उनले भने, “अमेरिकी उपराष्ट्रपति ट्रम्पमाथि भएको आक्रमण दुःखद् घटना हो । राजनीति र लोकतन्त्रमा हिंसाको कुनै स्थान हुँदैन।”

त्यसैगरी, चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी रिपब्लिकन पार्टीका नेता तथा नया राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार ट्रम्पमाथि भएको गोली आक्रमणप्रति प्रतिक्रिया दिँदै घटनाको निन्दा गरेको छ ।

उनले घाइते ट्रम्पप्रति सहानुभूति प्रकट गरेको चीनको विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। “हामी लोकतन्त्रलाई चुनौती दिने कुनै पनि प्रकारको हिंसाको विरुद्धमा दृढ रहनुपर्छ,” जापानी प्रधानमन्त्री फुमियो किशिदाले पनि राजनीतिक आक्रमणको विरुद्धमा प्रतिक्रिया व्यक्त गरे ।

इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले पेन्सिलभेनियाको घटना दुःखद् भएको र यसबारे आफूले जानकारी प्राप्त गरिराखेको बताएको छ। साथै, ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले ट्रम्पमाथि भएको आक्रमणको ‘लोकतन्त्र र राजनीतिक संवादका सबै समर्थकहरूले कडा निन्दा गर्नुपर्ने’ बताएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले पूर्व अमेरिकी राष्ट्रपति सुरक्षित भएकोमा राहत व्यक्त गर्दै ट्रम्पको चुनावी कार्यक्रममा भएको डरलाग्दो दृश्यहरू देखेर स्तब्ध भएको बताएको छ ।

“यो अष्ट्रेलिया र अमेरिकीहरूले साझा रुपमा अनुशरण गर्ने लोकतान्त्रिक मूल्यमान्यता र स्वतन्त्रतामाथिको अक्षम्य आक्रमण हो,” अल्बनिजले भने। न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस लक्सनले ‘कुनै पनि देशले यस्तो राजनीतिक हिंसाको सामना गर्नु हुँदैन’ भन्दै आक्रमणको निन्दा गरेको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ट्रम्पमाथि भएको आक्रमणले आफू र पत्नी सारालाई स्तब्ध बनाएको बताए। “हामी उहाँको सुरक्षा र शीघ्र स्वास्थ्य लाभका लागि प्रार्थना गर्दछौँ,” नेतान्याहूले भने ।

यसैबीच अर्बपति एलन मस्कले ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै आक्रमणको विरोध गर्दै प्रतिक्रिया जनाएको छ। संयुक्त राज्य अमेरिकामा राष्ट्रपति, पूर्वराष्ट्रपति र उम्मेदवारहरूको कडा सुरक्षाबीच यसअघि पनि राजनीतिक हिंसाका घटनाहरू भएका छन्।

सन् १९६३ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको थियो भने सन् १९६८ मा उनका भाइ बबी केनेडीको गोली हानी हत्या गरिएको थियो। तत्कालिन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन सन् १९८१ मा हत्याको प्रयासमा गरिएको यस्तै आक्रमणमा बाँच्न सफल भएको थियो।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८१  २२:२६
##donaldtrump #america
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विश्व परिवेश
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा बिहीबार, जेठ २३, २०८२
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र शनिबार, जेठ ४, २०८२
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति सोमबार, वैशाख २९, २०८२
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित सोमबार, वैशाख २९, २०८२
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा बुधबार, कात्तिक २१, २०८१
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा मंगलबार, कात्तिक २०, २०८१
लाेकप्रिय समाचार
  • नंः १ पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
  • नंः २ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
  • नंः ५ जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्